राजु ताम्राकार,ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं. ९ द्वारा आयोजित दोश्रो वडा अध्यक्ष कप खुल्ला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उदघाटन गरि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले खेल आरम्भ गरेका छन्।

ललितपुर महालक्ष्मी नगर वडा नं. ९ स्थित शशम्भू चौरको सभाहलमा आज सम्पन्न पाँचौ चरण सम्मको खेलमा नेपाली खेलाडी रुपेश जैसवाल र भारतका खेलाडी विनायक सिंह यादवले सबै खेलमा जीत दर्ता गर्दै संयुक्त अग्रता लिएका छन्।
नेपालका २१२१ रेटेड शीर्ष खेलाडी एफएम रुपेश जैसवालले पाँच अंक जोड्ने क्रममा हर्षवर्धन राठी, सानुराज बज्राचार्य, दामोदर गाँइजू, पूर्णराज खड्का र कमल श्रेष्ठ माथि जीत दर्ता गरेका छन्।
भारतका १४ वर्षीय १८०२ रेटड यूवा खेलाडी विनायकले गोकर्ण धमला, देव चौधरी, धिरेन राई, सुरोज महर्जन र प्रेमकृष्ण महर्जनलाई पराजित गरेका छन्।
प्रतियोगितामा ४.५ अंक जोडेका २०७४ रेटेड आशिष् फूँयाल, २०९२ रेटेट पुरुषोत्तम सिलवाल, १९२२ रेटेड राजन पुरी र १९६६ रेटेड सिएम सजिन महर्जनले संयुक्त दोश्रो स्थान ओगट्न सफल भएका छन्।

प्रतिस्पर्धामा १५ जना खेलाडीले समान ४ अंकमा रहेर संयुक्त तेस्रो स्थानमा उभिएका छन्। जसमा राजेन्द्र बज्राचार्य, क्षितिज भण्डारी, राजेन्द्रप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, सुरोज महर्जन, प्रेमकृष्ण महर्जन, पूर्णराज खड्का, अशोकमोहन श्रेष्ठ, कविन्द्र सिवाकोटी, हर्कबहादुर चोङ्वाङ, रामहरि कार्की, गणेशमान दुवाल, सोम आले, सानुभाई महर्जन र सन्देश श्रेष्ठ रहेका छन्।
खुल्ला तर्फ १३५ जना खेलाडीहरुले सहभागीता जनाएको प्रतिस्पर्धामा ३३ जना खेलाडीले १ लाख २३ हजार नगद पुरस्कारको लागि ९ चरणको खेलमा बुद्धिको प्रदर्शन गर्ने छन्। जसमध्ये प्रथम देखि दशौं स्थानका खेलाडी, उत्कृष्ट महिला, उत्कृष्ट ललितपुर, उत्कृष्ट महालक्ष्मी, उत्कृष्ट जेष्ठ खेलाडी, उत्कृष्ट नव प्रवेशी, युवा १२, १४, १६, १८ र रेटिङ्ग १६ सय, १८ सय मुनिकाले पुरस्कार प्राप्त गर्नेछन्।
वडा नं ९ का विद्यालयहरुवाट ७९ जना खेलाडी र खुल्लामा १३५ गरि जम्मा २१४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उदघाटन समारोहमा वडा अध्यक्ष जयकृष्ण बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य माधव पौडेल, महालक्ष्मी नगरका प्रमुख प्रशासक प्रदिप पौडेल, शिक्षा तथा खेलकुद शाखाका प्रमुख चिरञ्जीवी पौडेल, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो।
खेल पूर्व प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले धेरै प्रतिस्पर्धी रहेको कारण डाइरेक्ट इन्काउन्टर , बुकोल्ज्स कट वान, कट टू, मोष्ट वीन , ब्लाक वीन नियम प्रयोग गरेको जानकारी गराएका थिए भने भोलि बाकी ४ चरणको खेल सम्पन्न भए पश्चात् समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम गरिने बताए।


प्रतियोगिता यही मंसिर ९ गतेदेखि २० गतेसम्म माङसेबुङ गाउँपालिका – ५ स्थित आत्मानन्द रंगशालामा हुने आत्म पत्रिव हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । सो फुटबल प्रतियोगितामा नेपाल र भारतका गरि ८ टिम सहभागी हुने पनि उहाँले बताउनुभयो ।

यहि कार्तिक १३ र १४ गते विगत वर्ष झैं न्हुदँको पूर्व सन्ध्यामा बुद्धिचाल खेलको मध्यमगतिमा खेलिने र्यापिड चेस खेल नेपालभाषा मंकाःखलः,यलको दबूछें भित्र हुने भएको छ।



एक लाख बराबरको जिबन बिमासहिद आयोजना गरिएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार ५ साथै उप-बिजेताले नगद २५ हजारसँगै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सिरिजका तीनै खेलमा पराजित नेपाली क्रिकेट टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। पहिलो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो।

