राजु ताम्राकार, भक्तपुर। नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शुरु भएको नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता तेस्रो दिन ६ चरणको खेल सम्पन्न भएको छ।

सूर्य विनायक नगरपालिका,भक्तपुरको प्रमुख प्रायोजनमा चलिरहेको चेस प्रतिस्पर्धामा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र दोलखाका आशिष् फूँयालले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन्।
यसअघि पाँचौ चरणमा एफएम रुपेश जैसवाल सँग बराबरी खेलेका उदीयमान पुरुषोत्तम सिलवालले ललितपुरका सुरोज महर्जनलाई कठिन खेलमा पञ्छाउन सफल भएका छन् ।
खुल्ला तर्फ मकवानपुरका सिएक मिलन लामा, रौतहटका एफएम रुपेश जैसवाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, भक्तपुरका निकेा कुसाथाले समान ४.५ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन्।
सिएम मिलनले भक्तपुरका राजेश कक्षपतिलाई हारको स्वाद चाखाए भने एफएम रुपेश सँग बराबरी खेलेका छन्। रुपेशले यसअघिको खेलमा पुरुषोत्तम सँग पनि बराबरी नै खेलेका थिए। एफएम रिजेन्द्रले आशिष् सँग हारेर अर्को खेलमा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। निकेनले धनुषाका सुशील चौधरीलाई पखा लगाउदै आशिष् सँग बराबरी गरेका छन्।
२५ औं राष्ट्रिय प्रतियोगिता छनौट हुने क्रममा छ जना पुरुष खेलाडीले ४ अंक बनाउदै सम्भावना जगाइरहेका छन्। ९ जना खेलाडी छनौट हुने स्पर्धामा काठमाडौंका सुरज सिंह, ललितपुरका सुरज महर्जन, धनुषाका सुशील चौधरी, शुशन आचार्य, काठमाडौंका प्रेमकृष्ण महर्जन र सिएम पुरुषोत्तम चौलागाईं रहेका छन्।
बाचामारी स्थित होटल सिटि गाउँमा चलेको महिला तर्फ किर्तिपुरकी बिनिता कपालि ५.५ अंक जोडेर एकल अग्रता बनाउन सफल भएकी छिन्। उनले पाँचौ चरणमा काठमाडौंका रिया श्रेष्ठ र छैटौं चरणमा दानिशा पुरिमाथि जीत दर्ता गर्दै अपराजित रहे।
यसैगरी चितवनकी लक्ष्मी कँडेल ५ अंकका साथ दोश्रो स्थानमा उभिएकी छिन्। उनले आज बाँकेकी ईशा गिरि र झापाकी पुनम प्रसाईंलाई पराजित गरेकि थिईन। लक्ष्मी सँग हारेकी ईशाले पर्साकी शुशीला गुरुङ विरुद्ध जीत प्राप्त गर्की छिन्।
बुद्धिचाल प्रतिस्पर्धामा अब्बल विधा क्लासिकल १ घण्टा ३० मिनेट र ३० सेकेण्ड इन्क्रिजमेण्ट स्टाण्डर्ड खेल हो। भोलि महिला तर्फ अन्तिम खेल हुनेछ भने खुल्ला तर्फ बिहान ९ बजे सातौं र आठौं चरणको खेल दिउँसो ३ बजे सञ्चालन हुनेछ। प्रतियोगितामा ४० पुरुष र १८ महिला राष्ट्रिय खेलाडी सहभागी रहेका छन्।


यसअघि बिनिता कपालिले एञ्जेल महर्जन, लक्ष्मी कँडेल, पुनम प्रसाईं विरुद्ध जीत दर्ता गरेकी थिईन भने ईशासँग बराबरी खेल खेलेकी छिन्। उनले पाचौं चरणको खेल ओलम्पियाड खेलाडी रिया श्रेष्ठ सँग प्रतिस्पर्धा गर्ने छन्।
झापाकी पुनम प्रसाईं सँगै किर्तिपुरका बिनिता कपालि, पर्साका शुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरि, नयुमा मगर र निहाना श्रेष्ठले १ – १ अंक जोडेका छन्।
यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित दर्ता गर्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन्।
प्रतिस्पर्धामा समान ७ अंक बनाएर काठमाडौंका १८७६ रेडेट सिएम भगवतीप्रसाद शर्मा चौथो, १७९५ रेटेड सुरज सिंह पाँचौ, बनेपाका १८३२ रेटेड राहुल चौ प्रधान छैटौं, शांखुका १७६४ रेटेड पूर्णनारायण अवाले सातौं स्थानमा रहँदै प्रतियोगिता सम्पन्न गरेका छन्।


