दमक भेट्रान्स कपको उपाधि विर्तामोडलाई

दमक रातो २-० ले पराजित
Logo
Khelkud Times बुधबार, आश्विन २१, २०८३
च्याम्पियन ट्रफीसहित विजेता टिमका खेलाडीहरु

दमक। झापाको दमकमा सम्पन्न कोशी प्रदेश स्तरीय प्रथम दमक च्यालेन्ज कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि बिर्तामोडले जितेको छ। उसले उपाधि दाबदार मानिएको आयोजक दमक रातोलाई २–० को स्पष्ट अन्तरमा पराजित गर्दै उपाधि जितेको हो।

बिर्तामोडका लागि पहिलो हाफको १८ मिनेटमा प्रवेश कटुवालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले आर्क नजिकैबाट प्रहार गरेको बलले जाली चुमेपछि बिर्तामोडले अग्रता लिएको थियो।

त्यसपछि बिर्तामोडका लागि दोस्रो गोल रबिन राईले खेलको २८औ मिनेटमा गरेका थिए। उनले गोलकिपर चम्पक केसी अगाडि बढेको मौकाको सदुपयोग गर्दै बललाई सुन्दर ढङ्गले जाली चुमाएका थिए।

पहिलो हाफमा दुई शुन्पयले पछाडी परेको दमक रातोले दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेपछि बिर्तामोडले थप गोल भने गर्न सकेन। तर आफूले पाएको अवसरलाई दमक रातोका खेलाडीहरूले सदुपयोग गर्न नसक्दा खेल बिर्तामोडले दुई शून्यले आफ्नो पक्षमा पार्दै उपाधि उचालेको हो।

जितसँगै बिर्तामोड भेटट्रान्सले नगद १ लाख १ हजार रुपैयाँ हात पारेको छ। त्यस्तै उपविजेता दमक रातोले नगद ५१ हजार प्राप्त गर्यो । प्रथम पुरस्कार दमक स्थित माया क्याफेका सञ्चालक गजेन्द्र देवानले प्रायोजन गर्नुभएको थियो।

फाइनल खेलको Man of the match विजयी टिमका प्रवेश कटुवाल घोषित भए भने उत्कृष्ट मिडफिल्डरको उपाधि विजयी टिमकै भूपेन लिम्बुले हात पार्दा उत्कृष्ट गोलकिपरको उपाधि विजयी टिमकै तीर्थ रिजालले हात पारे। उनीहरूले जनहित ३ हजार हात पारे

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने दमक रातोका तुलबहादुर मगरले प्राप्त गरे । उनले नगद ५ हजार रुपैयाँ हात पारे। गत १५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालका एक समयका चर्चित राष्ट्रिय फुटबल खेलाडीहरू तथा ए डिभिजन क्लबको खेलाडीहरुको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना दमक भेट्रान्स फुटबल क्लबले गरेको हो।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क