Category: क्रिकेट

  • कृष्णको ह्याट्रिकसहित आयोजक रातोको शानदार जित

    कृष्णको ह्याट्रिकसहित आयोजक रातोको शानदार जित


    उत्तम रिजाल, झापा । कृष्ण शाक्यले ह्याट्रिकसहित ४ गोल गरेपछि आयोजक दमक लखनपुर भेट्रान रातोले एभरेष्ट भेट्रानमाथि शानदार जित हात पारेको छ। उसले गणेश लावतीसहित पुर्व स्टार खेलाडीहरूले भरिएको एभरेष्टलाई ६-० को विशाल अन्तरमा पराजित गरेको हो ।

    आयोजक रातोले पहिलो हाफको आठौं मिनेटमा कृष्ण शाक्यको गोलबाट अग्रता लिएको थियोे । उनले प्रहार गरेको कर्नर विपक्षी गोल किपरले भेउनै पाएनन् । त्सपछि एडिशनल टाईममा कृष्णकै गोलबाट आयोजक रातोले पहिलो हाफमा दुई शुन्यको अग्रता लिएको थियोे ।

    पहिलो हाफमा दुई शुन्यको अग्रता दिलाएका कृष्ण दोश्रो हाफमा त्यतिमै रोकिएनन्। उनले थप दुई गोल गरे भने सुबास आङथुपो र दिपेन गिरीले थप गोल गरे । गिरीले टिमका लागि छैटौं गोल गरेका थिए । खेलको म्यान अफ द म्याच ह्याट्रिककर्ता कृष्ण शाक्य भए ।

    उनले नगद २१ सयसहित ट्रफी हात पारे । जितसँगै आयोजक रातो प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ।

    बिहीबार पहिलो खेलमा आयोजक निलो र दुधे भेट्रान तथा दोश्रो खेलमा धरान र युनाईटेड भेट्रान बिराटनगर आमनेसामने हुनेछन् ।

    झापाको कमल ५ मा जारी प्रतियोगिताको विजेताले । नगद एक लाख एक हजार एक सय एघार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाप्त गर्नेछ।

    प्रतियोगिताको आयोजना दमक लखनपुर भेट्रान फुटबल क्लबले गरेको हो। प्रतियोगिताको khelkudtimes ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।

  • गोदावारीमा उपत्यकाब्यापी अन्तर पालिका फुटबल हुने

    गोदावारीमा उपत्यकाब्यापी अन्तर पालिका फुटबल हुने


    ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाले प्रथम उपत्यकाब्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको आयोजना आयोजना गर्ने भएको छ। गोदावरी नगरपालिका वडा नं. १० स्थित ताहाखेल , झ्यालेन्टारमा रहेको रङ्गशालामा खेलाइने फुटबल प्रतियोगिता राष्ट्रिय योजना आयोगको प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको छ।

    मेयर कप फुटबल प्रतियोगितामा काठमाडौंका ९ स्थानीय तह, ललितपुरका ५ र भक्तपुर १ टिम गरि कूल १५ टिमको सहभागीता रहने छ। सम्बन्धित स्थानीय तहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने यस फुटबल खेलले स्थानीय खेलाडीहरुको खेल स्तर उकास्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा टेवा पुर्‍याउने उदेश्य बोकेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी गराएका छन्।

    मेयर गजेन्द्र महर्जनका अनुसार नगरपालिकाले आम नागरिकको जनजीवन सहज बनाउने र सरल पहुँच दिने, बिकास निर्माण साथै दैनिक सेवा सुविधा बाहेक पनि रचनात्मक क्रियाकलाप मार्फत नगरपालिकालाई परिचित गराउन प्रतियोगिताको आयोजना गर्न लागेको बताएका छन्। उनका अनुसार प्रतियोगिता बैशाख १५ गते देखि प्रारम्भ गरिने भएको छ।


    कूल बजेट खर्च ४८ लाख रहेको जानकारी दिदै मेयर गजेन्द्र महर्जनले विजेता टिमलाई नगद रू. ५ लाख, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेता टोलिले नगद रु. ३ लाख , मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्। यसका साथै अनुशासन टोलिलाई रु. ५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वार्ड, सर्वाधिक र उत्कृष्ट प्रशिक्षकलाई रु. २५/२५  हजार नगदले सम्मान गर्ने छन्।


    यसै सन्दर्भमा प्रतियोगिता वडा नं. १४ का अध्यक्ष निरोज वज्राचार्य संयोवक रहने गरि विज्ञहरुको प्रतियोगिता कार्यान्वयन समिति पनि गठन गरिएको जानकारी गराएका छन्। समितले १५ टिम , ३ सय फुटबल खेलाडी, ८ निर्णायक र १०१ स्वयंसेवक र सहयोगीहरु छनौट गरेका छन्।

    गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार अन्तर नगरपालिका मेयर कपको उदघाटन बैशाख १५ गते नेपाली काँग्रेस पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ।

  • वीरगन्जमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी

    वीरगन्जमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी


    वीरगन्ज। यहाँ जारी राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीताको ६ राउन्डको खेलमा विभिन्न उमेर समुहका खेलाडीले अग्रता बनाएका छन्।

    होटेल क्लासिक बैंकेटमा जारी प्रतियोगितामा १६ र १८ बर्ष भित्रका उमेर समुहमा ६ राउन्डमा पुरुषोतम सिलवाल अग्र स्थानमा छन । दोस्रो स्थानमा आदयन्ता काफ्ले र तेस्रो स्थानमा अनुषा गौतम छन । यो उमेर समुहमा २४ जना सहभागी भएका छन ।

    यस्तै ८ र १० बर्ष भित्रका उमेर समुहमा अग्रिम जैन्सु अग्र स्थानमा छन । हार्दिक पन्त दोस्रो स्थानमा र साहस श्रेष्ठ तेस्रो स्थानमा छन । यसमा १० जना खेलाडी सहभागी रहेका छन ।

    त्यस्तै प्रतियोगिताको १२ देखि १४ बर्षको उमेर समुहमा ६ राउन्डमा अनुप जंग शाह अगाडि छन । दोस्रो स्थानमा  कृशान्त घिमिरे र अविन पान्डे तेस्रो स्थानमा छन ।

    यस्तै छात्रा तर्फ ६ राउन्डमा पुर्णिामा गुरुङ अग्र स्थानमा छिन दोस्रो स्थानम इशा गिरि र तेस्रो स्थानमा श्रीस्टी साह छिन । प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।

    सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर रामकिशोर सिंह परागले बताए ।

    १० वर्ष मुनिको खेलमा १०  जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।

    उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।

    सोमबार देखि सुरु भएको मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिपको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गरेका थिए ।

    नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा जारी प्रतियोगीता बिहीबार सम्म चल्ने छ ।

  • नेपाली चेस खेलाडीलाई विदाई, भोलि रसिया जाँदै

    नेपाली चेस खेलाडीलाई विदाई, भोलि रसिया जाँदै


    काठमाडौं।  पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंको नेतृत्वमा छ जनाको नेपाली चेस टोलिलाई विदाई गरिएको छ। उनीहरू रसियाको मनिसियास्क, खान्तिमा अप्रिल २० देखि ३० तारिखसम्म सञ्चालन हुने एशियन सिटिज चेस टिम च्याम्पियनसिप खेल्न भोलि बिहान त्यसतर्फ प्रस्थान गर्नेछन्।

    नेपाली चेस टोलिमा शुश्रुत दहाल, गोविन्द श्रेष्ठ , इन्द्रकुमार बस्नेत, सागर श्रेष्ठ र अफिसियलमा सजल कार्कि रहेका छन्।

    उक्त प्रतियोगितामा सहभागीता जनाउने नेपाली राष्ट्रिय चेस खेलाडीहरुलाई आज एक अवसर पारेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले आफ्नो कार्यकक्षवाट बिदाइ गरेका छन्। उनले खेलाडीलाई बिदाइ गर्ने क्रममा अनावश्यक २१६ राष्ट्रिय खेलसंघहरुको अस्वाभाविक संख्यालाई आवश्यक ६० संख्यामा विद्यमान गराएको जानकारी गराएका छन्।

    सदस्यसचिव घिसिङ्गले अब खेलकर्मीहरुले खेलको चौतर्फी बिकासका लागि लागिपर्नु पर्ने भन्दै खेलाडीहरुको गुनासो श्रवण गर्ने क्रममा राखेपले खेल बिमा शुरु गरिसकेको जानकारी गराएका छन्। उनले खेल संघहरु लाई लक्षित गर्दै थपे ‘’पदमा बस्ने र खेल गतिविधि नगर्ने’’ कुरा सुन्न नपरोस् ।

    एशियन चेस फेडेरेसनको स्विकृतिमा रसियन चेस फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा नेपाली टोलि सहित जम्मा ११ देश इरान, इराक, कजाकिस्तान, मलेसिया, मंगोलिया, ओमान, पालेस्टाइन, श्रीलंका, यमन र आयोजक राष्ट्र रसिया रहेका छन्। सिङ्गापुरले जितेको पहिलो प्रतियोगिता सन् १९७९ हङकङवाट शुरु भएको थियो भने सन् २०१९ मा इरानले जिते पश्चात् कोभिडको कारण रोकिएको थियो ।

    एशियन सिटिज चेस टिम च्याम्पियनसिपका विजेताले युएस डलर ६ हजार , उपविजेताले ४ हजार ५ सय र तृतीय हुने टोलिले ३ हजार ५ सय हात पार्नेछन् । ब्यक्तिगत वोर्डका विजेता खेलाडीहरुले गोल्ड मेडल, सिल्बर मेडल र ब्रोञ्ज मेडल प्राप्त गर्ने छन्। सहभागी टोलिको स्थानीय ब्यवस्थापन आयोजकले प्रदान गर्नेछ भने हवाई टिकट र दर्ता शुल्क खेलाडी स्वयंको रहेको छ। रजिष्ट्रेशन शुल्क महासंघले प्रदान गर्नेछन्।
    गत पौष २३-२८ गते सम्म ललितपुरमा सञ्चालन भएको तुल्सिलाल स्मृति राष्ट्रिय चेस टिम च्याम्पियनसिपका विजेता दोलखा होम्सलाई सहभागी जनाउन नेपाल बुद्धिचाल महासंघले स्वीकृति प्रदान गरेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।
    आजै राष्ट्रिय खेलकुद परिषद प्राङ्गणमा खेलाडीहरुलाई वरिष्ठ खेल पत्रकार श्रीबिक्रम भण्डारी , नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट , केन्द्रीय सदस्य राजु ताम्राकार लगायतले बिदाइ गरेका छन्।

  • नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन असारमा हुने

    नेपाल लोकतान्त्रिक खेलकुद संघको अधिवेशन असारमा हुने


    ललितपुर। नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक आज केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको छ। लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले संघको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने तय गरेको छ।


    नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिले निर्दिष्ट गरेको अधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरु गरेका छन्। नेपाली खेलकुदको समग्र बिकास र प्रवर्द्धनमा टेवा पुर्‍याउन देवेन्द्र कुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठण गरेको हो।

    समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल,महासचिव द्वय सुवोध प्रधान र दिपक गुरुङ्ग, सचिवमा मषिण जोशी, वीर बहादुर खड्का, बखत बहादुर शाही, राजु बिक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल रहेका छन्।

    कार्य सम्पादन समितिका सदस्यहरुमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेर प्रकाश सिं, विष्णु क्षेत्री, बेद प्रसाद वन, राम थारु, मुक्ति बहादुर रेग्मी, तुलसि थापा, जनक सिंह साउद, बिश्वमान गुरुङ्ग रहेका छन्। संघको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरेका छन्।

    बैशाख २१ गते नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा बैशाख १४ देखि १९ गते सम्म राष्ट्रब्यापी गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। वीर गणेहमान सिंह बुद्धिचाल प्रतियोगिता गर्न कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ। त्यसैगरी २१ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गर्ने र विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ।

    बैठकले नेपालका विभिन्न खेल भातृ संगठनहरु संग सहकार्य गरि खेलकर्मीहरुको मनोबललाई उच्च बनाउदै खेलकुद क्षेत्रमा देखिएको सुस्तता निवारण गर्ने तर्फ पहल गर्ने निर्णय गरेको छ। खेलकुदको माध्यमवाट राष्ट्र र अन्तर्राष्ट्रिय तह सम्म खेलाडीहरुको उपस्थिति जनाउदै नेपाल राष्ट्रको गरिमा उच्च पार्ने तर्फ पहलिकदम लिने समेत निर्णय गरेको छ।
    केन्द्रीय बैठकले नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य सुनिल गुरुङ्गका पिता बिल बहादुर गुरुङ्गको चैत २७ गते हुन गएको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ।

  • नेपाल बुद्धिचाल महासंघको साधारणसभा सम्पन्न 

    नेपाल बुद्धिचाल महासंघको साधारणसभा सम्पन्न 


    ललितपुर। नेपाल बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिस्ठानमा सम्पन्न भएको छ। नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष धन बहादुर वोगटीको सभापतित्वमा शुरु भएको साधारणसभामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले उदघाटन गरेका थिए।

    नेपाल बुद्धिचाल महासंघ साधारणसभा बन्द शत्रमा महासचिव धरम बहादुर लामाले वार्षिक प्रतिवेदन पेश गरेका थिए। उनले विधानमा उल्लेख हुन अत्यावश्यक बुदाँहरुलाई थप गरेर संशोधन प्रस्ताव पेश गरेका थिए। यस्तै कोषाध्यक्ष तारा बहादुर रानाभाटले आर्थिक प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा उठेका विभिन्न सुझावहरुलाई संकलन गरेर प्रस्तावहरु सर्वसम्मत पारित गरेका छन्।

    विशेष साधारणसभाको बन्दशत्रमा खालि रहेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदको लागि निर्वाचन भएको थियो। निर्वाचनमा नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र अखिल नेपाल खेलकुद महासंघको तर्फवाट अध्यक्ष पदमा हेराकाजि महर्जन, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षका लागि राजाबाबु रौनियारको उम्मेदवारी दर्ता गराएका थिए।

    नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फवाट अध्यक्ष पदमा प्रविण भँडेल र उपाध्यक्ष पदमा माधव प्रसाद प्रधानलाई अघि सारेका थिए।बुद्धिचाल महासंघको निर्वाचनमा सात प्रदेशका ३५, ५५ जिल्लाका ५५ , कार्यसमितिका २१ पदाधिकारी, टेक्निकल २, राष्ट्रिय च्याम्पियन २ र राखेप मनोनीत २ गरि ११८ जनाको सभा मध्ये जम्मा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष ईलामका दिपेन राई निर्विरोध निर्वाचित भएका छन्।

    अध्यक्ष महर्जन 

    पूर्व अध्यक्ष हेरा बहादुर स्थापित महासंघको अध्यक्ष रहँदा कार्य समितिमा प्रवेश गरेका हेराकाजी महर्जन त्यसअघि बुद्धिचालका राष्ट्रिय खेलाडी थिए । २०५५ सालबाट खेलाडी जीवन शुरु गरेका उनले भारतमा २९ राष्ट्रले प्रतिस्पर्धा गरेको पाश्र्वनाथ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा अनरेटेडतर्फ उपाधि जितेका थिए । त्यसै सोहि वर्ष आसाममा सम्पन्न भएको जुगल किशोर अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा पनि उपविजेता बनेका थिए ।

    बुद्धिचालको अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका महर्जनले तुर्किमिनिस्तानमा भएको एशियन इण्डोर चेस च्याम्पियनसिप, ४३ औं चेस ओलम्पियाड र न्युजिल्याण्डमा एशियन भेट्रान चेस च्याम्पियनसिपमा डेपुटी चिफ निर्णायकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै उनी सन् २०११ मा फिडे आर्विटर हुनुका साथै २०१८ मा इन्टरनेशनल आर्विटर बनेका थिए ।

    खेलाडी जीवनदेखि नै सक्रिय रुपमा बुद्धिचाल खेलको विकासमा होमिएका महर्जन त्यसपछि महासंघको सचिव, महासचिव, उपाध्यक्ष हुँदै २०८० सालको वैशाखमा सम्पन्न साधारण सभामार्फत वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसै महर्जनले २०७२ देखि २०७६ सम्म ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारीमा समेत सम्हालेका थिए ।

    महासंघको अध्यक्षबाट राजीनामा दिएपछि बुद्धिचाल खेलको विकासमा पुर्याएको योगदानलाई कदर गर्दै महासंघको कार्य समितिले आगामी समयमा पनि बुद्धिचाल खेलमा साथ सहयोगको अपेक्षा सहित वर्तमान अध्यक्ष गौतमलाई बिदाई गरेको थियो ।

    महासंघको कार्यवाहक अध्यक्षको पद भार ग्रहण गर्दै महर्जनले बुद्धिचाल खेलको विकास र विस्तार गर्ने कार्यमा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए । बुद्धिचाल खेलमा महर्जन कुशल रणनीतिज्ञको रुपमा परिचित छन् । महर्जनले विषम परिस्थितिमा रहेको बुद्धिचाल खेललाई नेपालमा विकास र विस्तार गर्न विशेष भूमिका निर्वाह गरेका थिए ।

    देशकाल परिस्थिति अनुसार बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका महर्जनबाट आगामी दिनमा बुद्धिचाल खेलको श्रीबृद्धिमा प्रभावशाली व्यक्तित्वको रुपमा देखा पर्ने अपेक्षा गरिएको छ ।””

    अध्यक्ष पदको लागि भएको निर्वाचनमा हेराकाजि महर्जन विजयी भएका छन्। हेराकाजि महर्जनले ४९ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्द्वी प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए। उपाध्यक्ष पदकोलागि भएको निर्वाचनमा बुटवलका माधव प्रसाद प्रधान विजयी भएका छन्। प्रधानले ४२ मत प्राप्त गरेका थिए भने बारा जिल्लाका  राजाबाबुले ३६ प्राप्त गरेका छन्।

    नेपाल बुद्धिचाल महासंघको नवौं साधारणसभा पश्चात् २० जनाको कार्य समितिले अध्यक्ष हेराकाजि महर्जनको नेतृत्वमा बाकी रहेको ३ वर्षे कार्यकाल पूरा गर्नेछन्। जसमा संस्था सञ्चालनमा कुशल मानिने महासचिव धरम बहादुर लामाको सहकार्य रहनेछ।

    नेपाल बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा उपाध्यक्ष धन बहादुर वोगटीको अध्यक्षतामा मूल आयोजक समिति गठण गरि राजु ताम्राकारको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति गठण गरेको थियो। यसैगरी उपमहासचिव मोनालिसा खम्बूको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, निरञ्जन प्रजापतिको संयोजकत्वमा मसलन्द उपसमिति, रमिला पोखरेलको संयोजकत्वमा मञ्च तथा हल व्यवस्थापन उपसमिति र दिपेन राईको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठण गरेको थियो।

  • नेपाल बुद्धिचाल महासंघको साधारणसभा बिहिवारदेखि

    नेपाल बुद्धिचाल महासंघको साधारणसभा बिहिवारदेखि


    काठमाडौं।  नेपाल बुद्धिचाल महासंघको नवौं तथा विषेश  साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा चैत  २९ र ३० गते हुने भएकोछ।

    सातै प्रदेश र ५५ जिल्लाका गरि ११८ जना प्रतिनिधिहरुको सहभागीता रहने साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गर्नेछ भने रिक्त रहेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको पदपूर्ति निवार्चन प्रक्रियाबाट गर्नेछ ।

    उक्त साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष धन बहादुर बोगटीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ भने  राजु ताम्राकारको संयोजकत्वमा आवास व्यवस्थापन उप समिति गठन गरेकोछ।

    त्यसैगरी उप महासचिव मोनालिसा खम्वुको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति , निरन्जन प्रजापतिको संयोजकत्वमा मसलन्द उप समिति , मञ्च तथा हल व्यवस्थापन उप समितिमा रमिला पोखरेल र  दिपेन राईको संयोजकत्वमा स्वयमसेवक उप समिति गठन गरेकोछ।

    अध्यक्षमा हेराकाजी, वरिष्ठतम् उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षमा राजाबाबुको उम्मेदवारीको तयारी  रहेको छ। उक्त साधारणसभा रिक्त हुने अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष ललितपुरका  हेराकाजी महर्जन , वरिष्ठ उपाध्यक्ष पदमा इलामका दिपेन राई र उपाध्यक्ष पदमा बाराका राजाबाबु रौनियारले उम्मेदवारी दिने तयारी गरेका छन्।

    नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र  अखिल नेपाल खेलकुुद महासंघका पदाधिकारीहरुको संयुक्त बैठक पछि सो निर्णयमा पुगेको हो।

    साथै  साधारणसभामा  सर्वसम्मत रुपमा  पदाधिकारीको निर्वाचन सम्पन्न गर्न अरु सबै पक्षसंग छलफल गर्नको लागि नेपाल बुद्धिचाल महासंघका महासचिव तथा नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका धरम बहादुर लामा , नेपाल खेलकुद महासंघका उप महासचिव अनिल रिजाल, नारायणदास गमाल  र अखिल नेपाल खेलकुद महासंघका दिपेन राईलाई जिम्मेवारी दिइएकोछ।

  • अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश जैसवालको अग्रता 

    अन्तर्राष्ट्रिय बुद्धिचालमा रुपेश जैसवालको अग्रता 


    बुटवल। बुटवल उपमहानगरपालिकाको बेलबास-१६ मा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफएम रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन्।

    सात चरणको खेल सकिदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गरेका थिए भने भारतका सुदिर कुमार सिन्हा संग बराबरी खेल्दै शिर्ष ६.५ अंक जोड्न सफल भएका छन्। रुपेशले १९६९ रेटिङ्गवाट खेल प्रारम्भ गरि सात चरणको खेलमा ३० रेटिङ्ग वृद्धि गर्न सफल बनेका छन् । उनको रेटिङ्ग पर्फोमेन्स २१३८ रहेको छ।
    कर्णेल उजीर सिंह स्मृति चेस खेलमा नेपालका सिएम सजिन महर्जन पाँच खेलमा जीत दर्ता र दुई खेल बराबरी खेल्दै ६ अंक बोकि दोश्रो स्थान ओगट्न सफल रहे। महर्जनले अमेरिकन वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपाली भवेष डंगोरिया र गोविन्द खड्का माथि विजय प्राप्त गरेका थिए भने उदियमान सुदिप तामाङ र भमरतका दिव्यांशु संग बराबरी खेलेका थिए। महर्जनले १९६८ रेटिङ्गवाट प्रतिस्पर्धा गरि ९.६ रेटिङ्ग वृद्धि गरेका छन्। उनको रेटिङ्ग पर्फोमेन्स १९३० रहेको छ।
    बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको मेयर कपमा विदेशी खेलाडी सुधिर कुमार सिन्हा र रिशव निसादले पनि ६/६ अंक बनाउदै सजिन संगै संयुक्त दोश्रो स्थानमा उभिएका छन्। भारतका सुधिर कुमार सिन्हाले पाँच जित दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसाद एक खेलमा पराजित भइ ६ खेलमा जित निकालेका छन्। सुधिरको रेटिङ्ग पर्फोमेन्स २०४८ रहेको छ भने रिशवको रेटिङ्ग पर्फोमेन्स २००२ रहेको छ।
    प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सिएम एमडि जमाल उद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय छ जना खेलाडीहरु संगै संयुक्त तेश्रो स्थानमा उभिएका छन्। जमाल संगै ५.५ अंक जोड्ने खेलाडीहरुमा भारतका विपुल सुभासि, नेपालका सिएम कृष्णथापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन्।
    भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात गर्दै ५ अंक बनाएर महिला मध्ये अगाडि रहन सफल भइरहेका छन्। उनले १९०३ रेटिङ्गवाट खेल शुरु गरि २.४ रेटिङ्ग वृद्धि गरेकि हुन्। उनको रेटिङ्ग पर्फोमेन्स भने १८३० मा झर्न पुगेको छ। उनी संगै अन्य बीस जना खेलाडीहरुले ५/५ अंक बनाउदै खेललाई निरन्तर दिइरहेका छन्।
    अन्तर्राष्ट्रिय प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले कूल १० लाख १ हजार पुरस्कार राशीका लागि १४२ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेको जानकारी गराएका छन्। प्रधानका अनुसार ५० जना खेलाडीले विभिन्न विधामा पुरस्कार पाउने छन् भने प्रतियोगिताको अन्तिम खेल भोलि सकिने र मेयर खिलराज पाण्डेले पुरस्कार वितरण गर्नेछ।

  • तीन नेपाली खेलाडी अग्रस्थानमा 

    तीन नेपाली खेलाडी अग्रस्थानमा 


    बेलबास। कर्णेल उरजिर सिंह थापा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन सम्पन्न चौथौं चरणको खेल सम्ममा नेपालका सुदिप तामाङ , एफएम रुपेश जैसवाल र सिएम पुरुषोत्तम चौलागाईं ४/४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। ४ अंक हासिल गर्नेमा भारतका सुधिर कुमार सिन्हा, डब्लूएफएम बृष्टि मुखर्जी र रिसब निसद रहेका छन्।

    बुटवल उपमहानगरपालिकाको पुरस्कार राशी सहयोगमा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सिएम सजिन महर्जन, भारतका दिव्याशं कुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंक सहित संयुक्त दोश्रो स्थानमा उभिन सफल बनेका छन्।
    नेपालका प्रशान्त गौतम, तिर्थ बहादुर बिके, सिएक कृष्णथापा, आशिष् फूँयाल, गोविन्द खड्का, बिनोद नाल्मि, बिक्रम वैश्य, सुनिल बहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मण कुमार सेठ, सुदेश श्रेष्ठ, राम बहादुर क्षेत्री, सुरज महर्जन, शिवम् कुमार बिके, शिखर रेग्मी, चमन गहमगर, बिकास बराल, अशोकमोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले ३/३ अंक जोड्दै संयुक्त तेश्रो स्थान ओगट्न सफल बनेका छन्।

    नेपालको बुटवल अर्घाखाँची पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा उच्च रेटेड बंगलादेशका खेलाडी सिएम एमडि जमाल उद्दिन, अमेरिकन खेलाडी वेभर सिया, भारतका सुभमषी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष,  दिलिप त्रिपाठी, आशुतोष कुमार लगायत ३३ जना खेलाडीहरुले ३ अंक बनाउदै तेश्रो स्थानमा भाग जमाउन सफल बनेका छन्।

    हिजोवाट शुरु रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल १५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए। त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।

    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्। मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल चैत २७ गते सम्पन्न हुनेछ भने उत्कृष्ट अंक हुनेलाई विजेत घोषणा गर्नेछन्।

  • बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल शुरु 

    बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल शुरु 


    बुटवल। बुटवल उपमहानगरपालिकाको सहयोगमा कोलोनेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आजवाट शुरु भएको छ। रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका गरी १५० खेलाडीहरुको सहभागीता रहेको छ।

    बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै अमेरिकाको शैन्य समूहसंग सामान्य हतियार बोकि चतुर्‍याइँका साथ युद्ध गरेर अमरत्व प्राप्त गरेका कोलोनेल उजिन सिंह थापाको स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएकोमा बुटवल उपमहानगरपालिकाका साथीहरूलाई बधाई ज्ञापन गरेका छन्।

    उदघाटन समारोहका सभापति माधव प्रधानले लामो समय पछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुन: सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गरेका छन्। उनले प्रतियोगिताका विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए।

    त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।

    अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्।

    नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जनको उपस्थितिमा सम्पन्न पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्णथापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे,एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १ /१ अंक जोड्न सफल बनेका छन्।

    अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव,  सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो शुरुवाट गरेका छन्।

    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल खेलाइने छ। २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरी विजेताको छनौट गर्नेछन्।