नेपाली चेस खेलाडीलाई विदाई, भोलि रसिया जाँदै


काठमाडौं।  पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंको नेतृत्वमा छ जनाको नेपाली चेस टोलिलाई विदाई गरिएको छ। उनीहरू रसियाको मनिसियास्क, खान्तिमा अप्रिल २० देखि ३० तारिखसम्म सञ्चालन हुने एशियन सिटिज चेस टिम च्याम्पियनसिप खेल्न भोलि बिहान त्यसतर्फ प्रस्थान गर्नेछन्।

नेपाली चेस टोलिमा शुश्रुत दहाल, गोविन्द श्रेष्ठ , इन्द्रकुमार बस्नेत, सागर श्रेष्ठ र अफिसियलमा सजल कार्कि रहेका छन्।

उक्त प्रतियोगितामा सहभागीता जनाउने नेपाली राष्ट्रिय चेस खेलाडीहरुलाई आज एक अवसर पारेर राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ्गले आफ्नो कार्यकक्षवाट बिदाइ गरेका छन्। उनले खेलाडीलाई बिदाइ गर्ने क्रममा अनावश्यक २१६ राष्ट्रिय खेलसंघहरुको अस्वाभाविक संख्यालाई आवश्यक ६० संख्यामा विद्यमान गराएको जानकारी गराएका छन्।

सदस्यसचिव घिसिङ्गले अब खेलकर्मीहरुले खेलको चौतर्फी बिकासका लागि लागिपर्नु पर्ने भन्दै खेलाडीहरुको गुनासो श्रवण गर्ने क्रममा राखेपले खेल बिमा शुरु गरिसकेको जानकारी गराएका छन्। उनले खेल संघहरु लाई लक्षित गर्दै थपे ‘’पदमा बस्ने र खेल गतिविधि नगर्ने’’ कुरा सुन्न नपरोस् ।

एशियन चेस फेडेरेसनको स्विकृतिमा रसियन चेस फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा नेपाली टोलि सहित जम्मा ११ देश इरान, इराक, कजाकिस्तान, मलेसिया, मंगोलिया, ओमान, पालेस्टाइन, श्रीलंका, यमन र आयोजक राष्ट्र रसिया रहेका छन्। सिङ्गापुरले जितेको पहिलो प्रतियोगिता सन् १९७९ हङकङवाट शुरु भएको थियो भने सन् २०१९ मा इरानले जिते पश्चात् कोभिडको कारण रोकिएको थियो ।

एशियन सिटिज चेस टिम च्याम्पियनसिपका विजेताले युएस डलर ६ हजार , उपविजेताले ४ हजार ५ सय र तृतीय हुने टोलिले ३ हजार ५ सय हात पार्नेछन् । ब्यक्तिगत वोर्डका विजेता खेलाडीहरुले गोल्ड मेडल, सिल्बर मेडल र ब्रोञ्ज मेडल प्राप्त गर्ने छन्। सहभागी टोलिको स्थानीय ब्यवस्थापन आयोजकले प्रदान गर्नेछ भने हवाई टिकट र दर्ता शुल्क खेलाडी स्वयंको रहेको छ। रजिष्ट्रेशन शुल्क महासंघले प्रदान गर्नेछन्।
गत पौष २३-२८ गते सम्म ललितपुरमा सञ्चालन भएको तुल्सिलाल स्मृति राष्ट्रिय चेस टिम च्याम्पियनसिपका विजेता दोलखा होम्सलाई सहभागी जनाउन नेपाल बुद्धिचाल महासंघले स्वीकृति प्रदान गरेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।
आजै राष्ट्रिय खेलकुद परिषद प्राङ्गणमा खेलाडीहरुलाई वरिष्ठ खेल पत्रकार श्रीबिक्रम भण्डारी , नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट , केन्द्रीय सदस्य राजु ताम्राकार लगायतले बिदाइ गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *