तीन नेपाली खेलाडी अग्रस्थानमा 


बेलबास। कर्णेल उरजिर सिंह थापा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन सम्पन्न चौथौं चरणको खेल सम्ममा नेपालका सुदिप तामाङ , एफएम रुपेश जैसवाल र सिएम पुरुषोत्तम चौलागाईं ४/४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। ४ अंक हासिल गर्नेमा भारतका सुधिर कुमार सिन्हा, डब्लूएफएम बृष्टि मुखर्जी र रिसब निसद रहेका छन्।

बुटवल उपमहानगरपालिकाको पुरस्कार राशी सहयोगमा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सिएम सजिन महर्जन, भारतका दिव्याशं कुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंक सहित संयुक्त दोश्रो स्थानमा उभिन सफल बनेका छन्।
नेपालका प्रशान्त गौतम, तिर्थ बहादुर बिके, सिएक कृष्णथापा, आशिष् फूँयाल, गोविन्द खड्का, बिनोद नाल्मि, बिक्रम वैश्य, सुनिल बहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मण कुमार सेठ, सुदेश श्रेष्ठ, राम बहादुर क्षेत्री, सुरज महर्जन, शिवम् कुमार बिके, शिखर रेग्मी, चमन गहमगर, बिकास बराल, अशोकमोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले ३/३ अंक जोड्दै संयुक्त तेश्रो स्थान ओगट्न सफल बनेका छन्।

नेपालको बुटवल अर्घाखाँची पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा उच्च रेटेड बंगलादेशका खेलाडी सिएम एमडि जमाल उद्दिन, अमेरिकन खेलाडी वेभर सिया, भारतका सुभमषी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष,  दिलिप त्रिपाठी, आशुतोष कुमार लगायत ३३ जना खेलाडीहरुले ३ अंक बनाउदै तेश्रो स्थानमा भाग जमाउन सफल बनेका छन्।

हिजोवाट शुरु रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल १५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए। त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्। मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल चैत २७ गते सम्पन्न हुनेछ भने उत्कृष्ट अंक हुनेलाई विजेत घोषणा गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *