वीरगन्ज। यहाँ जारी राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगीताको ६ राउन्डको खेलमा विभिन्न उमेर समुहका खेलाडीले अग्रता बनाएका छन्।
होटेल क्लासिक बैंकेटमा जारी प्रतियोगितामा १६ र १८ बर्ष भित्रका उमेर समुहमा ६ राउन्डमा पुरुषोतम सिलवाल अग्र स्थानमा छन । दोस्रो स्थानमा आदयन्ता काफ्ले र तेस्रो स्थानमा अनुषा गौतम छन । यो उमेर समुहमा २४ जना सहभागी भएका छन ।
यस्तै ८ र १० बर्ष भित्रका उमेर समुहमा अग्रिम जैन्सु अग्र स्थानमा छन । हार्दिक पन्त दोस्रो स्थानमा र साहस श्रेष्ठ तेस्रो स्थानमा छन । यसमा १० जना खेलाडी सहभागी रहेका छन ।
त्यस्तै प्रतियोगिताको १२ देखि १४ बर्षको उमेर समुहमा ६ राउन्डमा अनुप जंग शाह अगाडि छन । दोस्रो स्थानमा कृशान्त घिमिरे र अविन पान्डे तेस्रो स्थानमा छन ।
यस्तै छात्रा तर्फ ६ राउन्डमा पुर्णिामा गुरुङ अग्र स्थानमा छिन दोस्रो स्थानम इशा गिरि र तेस्रो स्थानमा श्रीस्टी साह छिन । प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।
सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर रामकिशोर सिंह परागले बताए ।
१० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।
उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।
सोमबार देखि सुरु भएको मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिपको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले गरेका थिए ।
नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट मा.वि.को मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा जारी प्रतियोगीता बिहीबार सम्म चल्ने छ ।