Category: समाचार

  • अध्यक्ष कप भलिबलको उपाधि याङवरकलाई

    अध्यक्ष कप भलिबलको उपाधि याङवरकलाई


    सारताप। पाँचथरको फाल्गुनन्द गाउँपालिकाको ईम्बुङमा सम्पन्न दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाले जितेको छ।

    उसले आयोजक फाल्गुनन्द गाउँपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। डिफेन्डिङ च्याम्पियन याङवरकले फाल्गुनन्दलाई २५-१५, २३-२५, २५-२३, १४-२५ र १५-१२ ले पाखा लगाउँदै लगातार दोश्रो पटक उपाधि हात पारेको हो ।

    पराजयसँगै गत वर्षको पराजयको बदला लिदै उपाधि हत्याउने दाउमा रहेको फाल्गुनन्दको सपना चकनाचुर भएको छ। जितसँगै याङवरकले नगद एक लाख १५ हजारसँगै ट्रफी हात पार्यो भने फाल्गुनन्दले नगद ५५ हजार हात पार्यो । त्यस्तै कुम्मायक गाउँपालिका तेश्रो भयो । उसले नगद २५ हजारसँगै ट्रफी हात पार्यो । उसले मिक्लाजुङलाई पराजित गर्दै तेश्रो स्थान हात पारेको हो । प्रतियोगिताको आयोजना फाल्गुनन्द गाउँपालिकाले गरेको हो ।

  • युथ च्याम्पियन पुरुषोत्तमको एकल अग्रता

    युथ च्याम्पियन पुरुषोत्तमको एकल अग्रता


    काठमाडौं। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा संचालन भइरहेको नेेेशनल चेस च्याम्पियनसिप दोस्रो दिन युथ च्याम्पियन पुरुषोत्तम सिलवाल ३ अंक सहित एकल अग्रता लिएको छन्।
    पुरुषोत्तमले दोस्रोपटक चरणको खेलमा पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारीलाई पराजित गरे भने तेस्रो चरणको खेलमा पनि पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठला माथी सहज जीत निकाले ।
    त्यसैगरी अर्का युवा खेलाडी श्रुसुरत दाहलले पनि आफ्नो अपराजित यात्रा
    जारी राख्दै साढे २ अंक सहित पुरुषोत्तमलाई पछ्याइ रहेका छन्।
    पहिलो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई बराबरीमा रोकेका श्रुसुरतले दोस्रो चरणको खेलमा राजन सुबेदीलाई हराउन सफल भए भने तेस्रो चरणको खेलमा सिएम मिलान लामालाई प्रतिस्पर्धात्मक खेलमा बाजि मारे।
    काठमाडौका मिलन लामा , क्षितिज भण्डारी , झापाका राजन सुवेदी र प्रकाशि नेपालको २ अंक रहेका छन्।
    त्यसै काठमाडौका प्रेम महर्जन , ललितपुरका सुरोज महर्जन , धनुषाका सुशील चौधरी र दोलखाका राजीव कार्कीले १ अंक जोडेका छन्।
    प्रतियोगितामा खराव प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल
    दोस्रो चरणको खेलमा राजिव कार्की र तेस्रो चरणको खेलमा क्षितिजसंग पराजित भए। उको ०. ५ अंक रहेको छ भने केशव श्रेष्ठले खाता खोल्न सकेको छैन।
    वोमेनतर्फ
    राउन्ड रोविन प्रणालीमा भइरहेको प्रतियोगितामा महिलातर्फ काठमाडौकि सिन्दिरा जोशी, रिया श्रेष्ठ , मोरङकी शान्ति धिमाल र कास्कीकि पूजा भण्डारीले ३ अंक जोडेर संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन्।
    सिन्दिराले दोस्रो र तेस्रो चरणको खेलमा पर्साका सुशीला गुरुङ र भक्तपुरका सविना गुजलाई निरास पारेका थिए भने रियाले तेस्रो चरणमा काठमाडौका विनिता कपालीलाई पन्छाए भने दोस्रो चरणको खेलमा भक्तपुरका प्रसन्न खोविनायोलाई हराउन सफल भए।
    त्यसैगरी राम्रो प्रदर्शनी गरिरहेकी शान्तिले दोस्रो र तेस्रो चरणमा भक्तपुरका श्रया दुवल र सुशीला गुरुङलाई पराजित गरिन् भने पूजाले प्रसन्न खोविनाय र सुशीला गुरुङलई हराइन् ।
    झापाकी पूनम प्रसाईं र कृतिसारा अधिकारी २ अेक रहेको छ भने विनिता कपाली, सुशीला गुरुङको १ अंक रहेका छन्।
    लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध सुबोध शेर्पालीले हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. किर्तिपुर काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।
    च्याम्पियनसिपमा खुल्लातर्फ तीन जना र महिलातर्फ उत्कृष्ट चार जना हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औ चेस ओलम्पियाडमा सहभागीता निश्चित गर्नेछन्।

  • नेशनल चेस च्याम्पियनसिप सुरु

    नेशनल चेस च्याम्पियनसिप सुरु


    काठमाडौं। शनिबारदेखि नेेेशनल चेस च्याम्पियनसिप सुरु भएको छ। आज सम्पन्न भएको  खुल्लातर्फ नेपाल च्याम्पियन फिडे मास्टर  क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा  मास्टर, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता हात पारी १ /१ अंक जोडेका छन्।

    क्षितिजले निकै नै प्रतिस्पर्धामक खेलमा पुर्व नेपाल च्याम्पियन काठमाडौका केशव श्रेष्ठलाई पराजित गरे।

    त्यसैगरी पुरुषोत्तमले दोलखाका राजिव कार्की माथि सफलता हात पारे भने मिलनले काठमाडौका प्रेम महर्जन हराएका थिए।  शुसिलले झापाका प्रकाश नेपाललाई  पन्छाउन सफल भए भने राजनले ललितपुरका सुरोज महर्जनलाई निरास पारे।

    वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट  लयमा रहेका श्रुसुरत दाहालले  बराबरीमा रोके र अंक बाँड्न बाध्य बनाए।

    राउन्ड रोविनको प्रणालीमा संचालन भइरहेको प्रतियोगितामा महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल  कास्कीका पूजा  भण्डारी , काठमाडौका विनिता कपाली , रिया श्रेष्ठले र पर्साका सुशिला गुरुङले जित निकालेका छन्।

    सिन्दिराले भक्तपुरका श्रेया दुवाल  पराजित गरिन् भने शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट भएकी झापाकि कृतिसारा अधिकारीलाई हराउन सफल भइन भने विनिताले अन्शु प्रजापति माथी जीत हात पारे।

    त्यसैगरी रियाले झापाकी पूनम प्रसाईंलाई र सुशिलाले भक्तपुरकि सविना गुज:लाई पराजित गरिन्।

    लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा सम्पन्न भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र वरिष्ठ संगितकार शंम्भुराज बाँसकोटाले संयुक्तरूपमा चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरे।

    आफ्नो मन्तव्य राख्दै घिसिङले  बुद्धिचाल खेल व्यवसायीक तर्फ अगाडि बढेको र लोकप्रिय खेेल रहृको बताउनु भयो भने नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेलको विकासको लागि विद्यालय स्तरबाटै हुने भएकोले यो  खेललाई  राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्नु पर्ने कुरामा जोड दिनसभयो।
    कार्यक्रमका बिशिस्ट अतिथी बरिस्ठ संगीतकार एवं गायक शम्भुजीत बास्कोटाले चेस खेलको माध्यमबाट नेपालाई विश्वसामु चिनाउने खेलाडीहरू असली रूपमा राष्ट्रको गौरव रहेको उल्लेख गरे ।

    छ दिनसम्म संचालन हुने प्रतियोगितामा नेशनल बीबाट छनौट भएका खुल्लातर्फ र महिलातर्फ   ९/ ९ जना र  जना २३औ नेशनल  नेशनल च्याम्पियनसिपका ३/३ जना गरि  २४ जना खेलाडीहरुको सहभागीता रहेको छ।

    च्याम्पियनसिपमा खुल्लातर्फ तीन जना र महिलातर्फ उत्कृष्ट चार जना हंगेरीको  बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औ चेस ओलम्पियाडमा सहभागीता निश्चित गर्नेछन्।

    नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने  हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर,  ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा भएको हो।

  • नेशनल चेस च्याम्पियनसिप जेठ १९ देखि हुने

    नेशनल चेस च्याम्पियनसिप जेठ १९ देखि हुने


    काठमाडौं। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेशनल चेस च्याम्पियनसिप यहि जेठमा हुने भएको छ । आयोजकले बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यहि जेठ १९ देखि २४ गतेम्म आयोजना हुने जानकारी गराएको हो ।

    काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा ६ दिनसम्म चल्ने च्याम्पियनसिपमा २४ औं खुल्ला र नवौं महिलातर्फ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा १२र१२ जना खेलाडी सहभागी हुनेछन् ।

    यस प्रतियोगिताका लागि केही साताअघि मात्र सम्पन्न भएको नेशनल बी च्याम्पियनसिपबाट पुरुष र महिलातर्फ समान ९(९ जना खेलाडी छनोट भएका थिए ।

    जसमा पुरुषतर्फ पुरुषोत्तम सिलवाल, मिलन लामा, केशव श्रेष्ठ (क्यान्डिडेट मास्टर), ललितपुरका सुरोज महर्जन, झापाका प्रकाशचन्द्र नेपाल, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी, दोलखाका राजिव कार्की र काठमाडौंका श्रुसुरत दाहाल छन् ।

    त्यस्तै महिलातर्फ झापाकी कृतिसारा अधिकारी, काठमाडौंकी सिन्दिरा जोशी, रिया श्रेष्ठ, कास्कीकी पूजा भण्डारी, काठमाडौकी विनिता कपाली, भक्तपुरकी अंशुदिल प्रजापति, झापाकी पूनम प्रसाईं, भक्तपुरकी श्रेया दुवाल र सविना गुज रहेका छन् ।

    त्यसैगरी २३ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता रुपेश जैशवाल, उप विजेता क्षितिज भण्डारी र सुरवीर लामा तथा सातौं राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत महिलातर्फका विजेता फिडेमास्टर सुजना लोहनी, उप विजेता सुशीला गुरुङ र शान्ति धिमालले पनि यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

    नेपालका चर्चित खेलाडी सुरवीर लामा थाईल्याण्ड र सुजना लोहनी हाल अष्ट्रेलियामा रहेको कारण उनीहरुको स्थानमा बैकल्पिक खेलाडीको रुपमा खुल्लातर्फ सुशील चौधरी र प्रसन्न किवनायोले खेल्ने आयोजकले जनाएको छ ।

    यस प्रतियोगिताको विजेताले आगामी फिडे जोन ३.२ चेस च्याम्पियनसिप तथा कन्टिनेन्टलमा सहभागीता जनाउन पाउने छन् । त्यसैगरी यसै प्रतियोगिताबाट २०२४ मा हंगेरीको बुढापेस्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पुरुषतर्फ तीन र महिलातर्फ ४ गरि नेपालको तर्फबाट उत्कृष्ट ७ जना खेलाडी छनोट हुनेछन् ।

    नेपाल बुद्धिचाल महासंघका अनुसार चेस ओलम्पियाडमा नेपालको तर्फबाट महिला र पुरुष दुवैतर्फ समान ५र५ जना खेलाडी सहभागी हुनेछन् । जसमा उच्च रेटेड खेलाडी खुल्लामा विवेक लामा र महिलामा सुजना लोहनी तथा फिडे मास्टर रुपेश जैशवाल २३ औं राष्ट्रिय प्रतियोगिताको विजेताका रुपमा छनोट भइसकेका छन् ।

    प्रत्येक वर्ष आयोजना हुने नेशनल च्याम्पियनसिपमा शीर्ष ३ मा रहने खेलाडीले आगामी वर्ष हुने २५ औं खुल्ला तथा दशौं महिला राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्नेछन् भने अन्य खेलाडीले नेशनल बी मा प्रतिस्पर्धा गर्न पाउने छन् । यस च्याम्पियनसिपको अनुमानित खर्च १३ लाख ५० हजार रहेको छ ।

    च्याम्पियनसिपको मुख्य प्रायोजन दिव्यांश मल्टी प्रोडक्सनले गर्नेछ भने सह(प्रायोजकमा रुक्मणी टुर्स एण्ड ट्राभल्स रहेको छ । यस्तै प्रायोजकमा नेपाल टेलिकम, वर्ल्ड लिङ्क कम्युनिकेसन र प्रभु बैंक रहेको लुम्बिनी इभेन्ट म्यानेजमेन्टका अध्यक्ष सुबोधराज सेर्पालीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । अध्यक्ष सेर्पालीले मुख्य प्रायोजक र प्रायोजकहरु प्राय सबै गत संस्करणकै भएको प्रस्ट पारेका थिए । प्रतिायेगिताको गत संस्करण पनि होटल ले हिमालयमै संचालन भएको थियो ।

    त्यस्तै प्रत्रकार सम्मेलनमा बोल्दै नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले ओलम्पियाडमा सहभागी हुने खेलाडीहरुलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाइने बताएका छन् । विगतको संस्करणमा नेपाली खेलाडी ओलम्पियाडको पदक नजिक पुगेपनि पदकबाट भने बञ्चित रहँदै आएको स्मरण गर्दै अध्यक्ष महर्जनले यो पटक नेपाली खेलाडीले ओलम्पियाडमा उपाधि जित्ने गरि तयारी गर्ने बताए । त्यसका लागि महासंघले खेलाडीलाई प्रशिक्षण लगायत आवश्यक सहयोग गर्ने समेत महर्जनले खुलासा गरे । कार्यक्रमको संचालन महासंघका सदस्य राजु ताम्राकारले गरेका थिए ।

  • ९ जना महिला खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट 

    ९ जना महिला खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट 


    भक्तपुर। ९ औं राष्ट्रिय महिला ‘बी’ चेस च्याम्पियनसिप अन्तर्गत ७ चरणको अन्तिम छनौट खेल सम्पन्न भएको छ। भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं स्थानीय व्यवस्थापनमा भएको ४ दिनको प्रतिस्पर्धा मार्फत ९ जना महिला खेलाडी छनौट हुन सफल भएका छन् । यसै खेलवाट थप दुई जना खेलाडी वैकल्पिक रुपमा छानेका छन्। नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी योजना अनुसार जेष्ठ १९ गते देखि काठमाडौंको ले हिमालयनमा हुने २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका लागि छनौट भएका विजेताले च्याम्पियन ट्रफी र बाकीले मेडल प्राप्त गर्ने छन्।

    भक्तपुरको सूर्य विनायक नगरपालिकाको प्रायोजनमा सम्पन्न सातौं चरणको खेल पश्चात् कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी ६ अंक प्राप्त गरि पहिलो हुन सफल भएका छन्। पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी ५.५ अंक, काठमाडौंका रिया श्रेष्ठ र पोखराका पूजा भण्डारी ४.५ अंक हासिल गर्दै छनौटमा परेका छन्।
    क्लासिकल ९० मिनेट खेल मार्फत काठमाडौंका बिनिता कपाली, भक्तपुरका अंशुदिल प्रजापति, झापाका पुनम प्रसाईं, भक्तपुरका श्रेषा दुवाल र सविना गुज ४/४ अंक बनाएर छनौट हुन सफल बनेका छन्। दुई वैकल्पिक खेलाडीहरुमा ३.५ अंक जोडेर भक्तपुरका प्रश्ना किबानायो र रुपन्देहीका नमन सेढाई मौकाको प्रतिक्षामा रहने छन्।
    सूर्य विनायक रिसोर्ट चुनदेवीमा सञ्चालन भइरहेको खुल्ला छनौट तर्फ आठौं चरणको खेल सकिदा युवा खेलाडी पुरुषोत्तम सिलवाल ६.५ अंक जोडेर एकल अग्रता कायम गरिरहेका छन्। काभ्रेका क्याण्डिडेड मास्टर मिलन लामा र एरिना इन्टरनेशनल मास्टर शुश्रुत दहाल ६ अंकका साथ संयुक्त दोश्रो स्थानमा जमेका छन्।
    लुम्बिनी इभेण्ट म्यानेजमेण्टले महासंघसँग मिलेर संयुक्त आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपमा छनौट हुन घम्साघम्सि गरिरहेका प्रेमकृष्ण महर्जन, सिएम केशब श्रेष्ठ, सुशील चौधरी, प्रकाशचन्द्र नेपाल, सिएम पुरुषोत्तम चौलागाईं, लोकसागर साम्भा, रिसोन थापा, राजीव कार्की र  सुरोज महर्जन ५.५ अंक बोकेर संयुक्त तेश्रो स्थानमा पकड बनाइ रहेका छन्।

    नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु, मोष्ट वीन नियममा स्वीस लिग ९ चरणको खेल बिहान ९ बजे शुरु हुने जानकारी गराएका छन्।

    पुरस्कार वितरण तथा समापन समारोहमा सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाको प्रमुख अतिथि रहनेछ।

  • झापाकी कृतिसरा अधिकारी महिला राष्ट्रिय खेलमा छनौट 

    झापाकी कृतिसरा अधिकारी महिला राष्ट्रिय खेलमा छनौट 


    भक्तपुर। भक्तपुरको सूर्य विनायक नगरपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फ झापाकी कृतिसरा अधिकारी राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएकी छन् । उनी  यही जेठ १९ गते देखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन । उनी ६ चरणको खेलवाट ५ जित र १ मा बराबरी नतिजा निकाल्दै ५.५ अंकका साथ १ खेल अगावै छनौट हुन सफल भएकी छिन्।


    त्यस्तैगरी ५ अंक बनाएकी पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, ४ अंक बनाएका पोखराकी पूजा भण्डारी र काठमाडौंकी युवा रिया श्रेष्ठ पनि छनौटमा परेका छन्। कूल ९ जना छनौट हुने महिला खेलाडीहरुमा बिनिता कपाली, रुपन्देहकि नमन सेढाई र झापाकी पुनम प्रसाईं ३.५ अंक जोडेर छनौटको नजिक पुगेका छन्। ३ अंक हुनेमा भक्तपुरका अन्सु दिल प्रजापती , प्रश्ना किबानायो र चितवनकी लक्ष्मी कँडेललाई भोलि हुने अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ।
    नेपाल बुद्धिचाल महासंघको क्यालेण्डर राष्ट्रिय छनौट नेशनल बी प्रतियोगितामा काठमाडौका युवा तथा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल सतप्रतिसत जित निकाल्न सफल भएका छन्। उनले ६ चरणको खेलवाट ५.५ अंक हासिल गर्दै खुल्ला तर्फ एकल अग्रता कायम गरेका छन्। यससंगै राष्ट्रिय प्रतियोगिताका लागि सिलवाल निश्चित छनौटमा परेका छन्।
    भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापन एवं सहआयोजनामा चलिरहेको पुरुष समूह तर्फ दोलखाका राजीव कार्की, झापाका प्रकाशचन्द्र नेपाल, कोसि प्रदेश च्याम्पियन एआईएम शुश्रुत दहाल, लोकसागर साम्भा, काभ्रेका सिएम मिलन लामा, रौतहटका सुशील चौधरी, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी र झापाकै भुपेन्द्र निरौला ४.५ अंक संकलन गर्न सफल भएका छन्। खुल्ला तर्फ ९ चरणको खेल पश्चात् छनौट हुने ९ जना खेलाडीहरुको निर्णय हुनेछ।
    प्रतियोगिताका संयोजक एवं निर्णायक निरञ्जन प्रजापतिले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सातौं चरणको खेल भोलि बिहान ९ बजे शुरु हुने र १० गते समापन हुने जानकारी गराएका छन्।

  • यू १५ चेस च्याम्पियनमा सिलवाललाई अग्रता 

    यू १५ चेस च्याम्पियनमा सिलवाललाई अग्रता 


    भक्तपुर। नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न भएको छ । राष्ट्रिय ‘बी’ चेस छनौट  प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला राष्ट्रिय शिर्ष खेलाडी बिच चौथो चरणको खेल प्रतिस्पर्धात्मक रुपमा चलिरहेको छ।

    भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय ब्यबस्थापनमा सञ्चालन भएको राष्ट्रिय ‘बी’ छनौट प्रतियोगिता मार्फत दुबै समूहका ९/९ जना खेलाडीहरु जेष्ठ १९ गते देखि काठमाडौंमा शुरु हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनौट हुनेछन्।

    सूर्य विनायक रिसोर्ट गपलि भक्तपुरमा सम्पन्न तेश्रो चरणको खेल पश्चात् यू-१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र उदियमान खेलाडी सिएम मिलन लामा ३/३ अंक जोडेर अग्रस्थानमा उभिएका छन्। पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदी माथि विजय हासिल गरेका छन्। सिएम केशव श्रेष्ठले आशानारायण लवट, सुदिप तामाङ्ग र सोम आले माथि जित दर्ता गरेका छन् भने सिएम लामाले अविक शाह, गणेश दुवाल र सजिन महर्जनलाई माथ दिन सफल बनेका छन्।

    सूर्य विनायक नगरपालिकाको प्रायोजन रहेको राष्ट्रिय बी छनौट प्रतियोगितामा एआईएम शुश्रुत दहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष् फूँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर खेलवाट २.५ अंक प्राप्त गर्दै संयुक्त दोश्रो स्थानमा शुरक्षित भएर बसेका छन्।

    प्रतियोगिताको चौथो चरणमा मिलन र केशब, पुरुषोत्तम र निकेन, चौलागाईं र थापा, आशीश र शुश्रुत, प्रेम र प्रकाश, गणेश र राजीव प्रतिस्पर्धा गरिरहेका छन्।

    महिला तर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराबी पूजा भण्डारी सतप्रतिसत जित निकाल्दै ३ /३ अंकका साथ पहिलो स्थानमा रहन सफल भएका छन्। कृतिसराले नमन सेढाई, लक्ष्मी कँडेल र सिन्दिरा जोशी माथि जित निकालेकी थिइन भने पूजा भण्डारीले एञ्जेल महर्जन, पुनम प्रसाईं र विनिता कपालीलाई पराजित गरेकी छिन्। चौथो चरणको खेल कृतिसरा र पूजाको बिचमा चलिरहेको छ।

    काठमाडौंकी उदीयमान रिया श्रेष्ठ २.५ अंकमा एकल दोश्रो, पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईं, विनिता कपाली, भक्तपुरकी प्रश्ना किबानायोले २ अंक जोड्दा रुपन्देहीकि नमन सेढाई १.५ बोकेर राष्ट्रिय प्रतियोगितामा छनौट हुने वाटो पछ्याउँदै छिन्।

    प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु , मोष्ट वीन नियम लागु रहने जानाए। उनले पुरुष तर्फ ९ चरण र महिला तर्फ ७ चरणको खेल हुने बताए भने प्रतियोगिता १० गते सम्म सञ्चालन हुने जानकारी दिए।

  • काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ६ महिना प्रतिबन्ध

    काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ६ महिना प्रतिबन्ध


    झापा। काँकडभिट्टा फुटबल टे्निङ सेन्टरलाई फुटबल संघले फुटबलको सबै गतिविधिका लागि प्रतिबन्ध लगाईएको छ । झापा जिल्ला ए डिभिजन लिग फुटबलका दौरान सैनिक युथ क्लब बिरुद्धको खेलमा खेल भावना विपरित मिलेमतो भएको पाईएपछि १० हजार जरिमानासहित ६ महिनाको लागि प्रतिबन्ध लगाएको हो।

    लिगमा सैनिक विरुद्धको खेलमा काँकडभिट्टाले मिलेमतो गरेर ६-० ले खेल हारेको भन्दै शनिश्चरे फुटबल क्लबले छानबिनका लागि उजुरी दिएको थियोे । उक्त उजुरीपछि म्याच रेफ्री र म्याच कोअर्डिनेटरले पेश गरेको रिपोर्ट अनुसार खेल मिलेमतोमा पुष्टि भएसँगै काँकडभिट्टालाई यस्तो प्रतिबन्ध लगाएको हो।

    त्यस्तै सैनिक युथ क्लबलाई १० हजार जरिवाना गरेको छ। उसलाई ५ हजार अपशब्द बोलेकोमा र ५ हजार क्लबको लोगो बिनाको जर्सी लगाएर खेल खेलेको भन्दै जरिवाना तोकेको कोशी प्रदेश फुटबल संघका महासचिव तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिनुभयो ।

    त्यस्तै शनिश्चरेलाई पनि अपशब्द प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकिएको आलेले जानकारी दिनुभयो ।

    मिलेमतोकै कारण नेपाली फुटबलमा एक समय तहल्का मच्चिएको थियोे । मिलेमतोले नै खेलाडीमा खेल भावनाको विकास हुन सक्दैन । जसले गर्दा लिग फुटबल मात्रै नभएर अन्य प्रतियोगितामा समेत खेल स्तर ओरालो लागिरहेको कतिपयको भनाइ छ। यस्ता हर्कतले नेपाली फुटबल विकासतर्फ लम्कनु भन्दा ओरालो लाग्ने प्रष्ट छ ।

     

  • दोश्रो अभ्यास खेलमा पनि नेपाल विजयी

    दोश्रो अभ्यास खेलमा पनि नेपाल विजयी


    झापा। अभ्यास खेलमा व्यस्त रहेको नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै नेपालले एक खेल अगावै सिरीज हात पारेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    एक सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८ ओभर ५ बलमा एक सय ३० रनमा अल आउट भएको थियो । उसका लागि ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाउन बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    उसलाई सस्तैमा समेट्ने क्रममा गुल्शन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अभिनाश बोहराले १/१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिँदा रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।

    तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।

  • सन्दिपको आज पनि भएन फैशला, मुद्दा हेर्दाहेर्दैमा

    सन्दिपको आज पनि भएन फैशला, मुद्दा हेर्दाहेर्दैमा


    काठमाडौं। क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो ।


    क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।