नेशनल चेस च्याम्पियनसिप सुरु


काठमाडौं। शनिबारदेखि नेेेशनल चेस च्याम्पियनसिप सुरु भएको छ। आज सम्पन्न भएको  खुल्लातर्फ नेपाल च्याम्पियन फिडे मास्टर  क्षितिज भण्डारी, युथ च्याम्पियन पुरुषोत्तम सिलवाल, सिएम मिलन लामा  मास्टर, धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले सफलता हात पारी १ /१ अंक जोडेका छन्।

क्षितिजले निकै नै प्रतिस्पर्धामक खेलमा पुर्व नेपाल च्याम्पियन काठमाडौका केशव श्रेष्ठलाई पराजित गरे।

त्यसैगरी पुरुषोत्तमले दोलखाका राजिव कार्की माथि सफलता हात पारे भने मिलनले काठमाडौका प्रेम महर्जन हराएका थिए।  शुसिलले झापाका प्रकाश नेपाललाई  पन्छाउन सफल भए भने राजनले ललितपुरका सुरोज महर्जनलाई निरास पारे।

वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल उत्कृष्ट  लयमा रहेका श्रुसुरत दाहालले  बराबरीमा रोके र अंक बाँड्न बाध्य बनाए।

राउन्ड रोविनको प्रणालीमा संचालन भइरहेको प्रतियोगितामा महिलातर्फ पुर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल  कास्कीका पूजा  भण्डारी , काठमाडौका विनिता कपाली , रिया श्रेष्ठले र पर्साका सुशिला गुरुङले जित निकालेका छन्।

सिन्दिराले भक्तपुरका श्रेया दुवाल  पराजित गरिन् भने शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट भएकी झापाकि कृतिसारा अधिकारीलाई हराउन सफल भइन भने विनिताले अन्शु प्रजापति माथी जीत हात पारे।

त्यसैगरी रियाले झापाकी पूनम प्रसाईंलाई र सुशिलाले भक्तपुरकि सविना गुज:लाई पराजित गरिन्।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्वमा सम्पन्न भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र वरिष्ठ संगितकार शंम्भुराज बाँसकोटाले संयुक्तरूपमा चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरे।

आफ्नो मन्तव्य राख्दै घिसिङले  बुद्धिचाल खेल व्यवसायीक तर्फ अगाडि बढेको र लोकप्रिय खेेल रहृको बताउनु भयो भने नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले बुद्धिचाल खेलको विकासको लागि विद्यालय स्तरबाटै हुने भएकोले यो  खेललाई  राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्नु पर्ने कुरामा जोड दिनसभयो।
कार्यक्रमका बिशिस्ट अतिथी बरिस्ठ संगीतकार एवं गायक शम्भुजीत बास्कोटाले चेस खेलको माध्यमबाट नेपालाई विश्वसामु चिनाउने खेलाडीहरू असली रूपमा राष्ट्रको गौरव रहेको उल्लेख गरे ।

छ दिनसम्म संचालन हुने प्रतियोगितामा नेशनल बीबाट छनौट भएका खुल्लातर्फ र महिलातर्फ   ९/ ९ जना र  जना २३औ नेशनल  नेशनल च्याम्पियनसिपका ३/३ जना गरि  २४ जना खेलाडीहरुको सहभागीता रहेको छ।

च्याम्पियनसिपमा खुल्लातर्फ तीन जना र महिलातर्फ उत्कृष्ट चार जना हंगेरीको  बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औ चेस ओलम्पियाडमा सहभागीता निश्चित गर्नेछन्।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने  हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर,  ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् । प्रतियोगिता नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा भएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *