नेपालका रुपेश जैसवालले जिते वडा अध्यक्ष कप चेसको उपाधि 


राजु ताम्राकार, ललितपुर। दुई दिने वडा कप खुल्ला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका एफएम रुपेश जैसवालले जितेका छन्। भारत र नेपालका शीर्ष खेलाडी विच कडा प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलवाट एकल ८ अंक जोडेर विजेता बनेका हुन्।


पूर्व नेपाल च्याम्पियन समेत रहेका रुपेश जैसवालले आठौं चरणको खेलमा भारतका विनायक सिंह यादव माथि जित गर्दा गर्नु नै उपाधिको दावेदार बनेका हुन्। रुपेशले उपाधि जिते सँगै आकर्षक ट्रफि , गोल्ड मेडल, प्रमाणपत्र र नगद २५ हजार हात पार्न सफल भएका छन्।
यसैगरि भारतका विनायक सिंह यादवले ७.५ अंक प्रोग्रेसिभ प्वाईटका आधारमा उत्कृष्ट द्वितीय स्थान प्राप्त गरेका छन्। उनले शिल्भर मेडल र नगद १५ हजार प्राप्त गरेका छन्। समान ७.५ अंक बनाएर पनि कट वान प्रोग्रेसिभ प्वाइन्टका आधारमा पुरुषोत्तम सिलवाल तृतीय स्थान ओगट्न सफल भएका छन्। उनले ब्रञ्ज मेडेल सहित नगद १० हजार प्राप्त गरेका छन्।


यस्तै चौथो स्थानमा क्षितिज भण्डारी, पाँचौमा कमल श्रेष्ठ, छैटौंमा सुरोज महर्जन, सातौंमा सजिन महर्जन, आठौंमा राजेन्द्र बज्राचार्य, नवौंमा राजेन्द्रप्रसाद श्रेष्ठ र दशौं स्थानमा सन्देश श्रेष्ठ रहेका छन्।
उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, द्वितीय अश्विना आचार्य, तेस्रो सोनी डंगोल , वेष्ट ललितपुर सानुभाई महर्जन, द्वितीय बद्रीलाल नेपाली, वेष्ट महालक्ष्मी अशोकमोहन श्रेष्ठ, द्वितीय राजन पुरी, बेष्ट भेट्रान नवीन तण्डुकार, द्वितीय पूर्णराज खड्का, उत्कृष्ट १८ सय रेटेड गोविन्दप्रसाद पौडेल, द्वितीय गणेश बहादुर थापा, १६ सय रेटेड आभाष तिवारी, द्वितीय राजेन्द्र श्रेष्ठले प्राप्त गरेका छन्।


यस्तै उत्कृष्ट नव प्रवेशी खेलाडी सुदीन नेपाल, द्वितीय भारतका रसिद मोहम्मद, यू १८ मुहान नरसिंह श्रेष्ठ, प्रज्वल चौलागाईं, यू १६ सम्यक श्रेष्ठ, सिभम कुमार शाह, यू १४ हर्षबर्धन राठी, कसिभ कार्की, यू१२ ओस्कार पन्थी र द्वितीय अग्रिम शैंजु बने।
उत्कृष्ट विद्यालयका छात्रा प्रथम निकिता चौधरी, द्वितीय लक्कि लिम्बू , तेस्रो इन्शु ओलि , उत्कृष्ट १४ मुनि सागर रिजाल प्रथम, अदित यख्खा द्वितीय, प्रतीक ढुङ्गेल तृतीय स्थानमा रहे भने यू १४ माथि कृजन तामाङ्ग प्रथम, रोशन्त सुवाल द्वितीय र समुयल मगर तृतीय बन्न सफल भएका छन्। प्रतियोगिताका प्रमुख निर्णायक एफए सोराज ताम्राकारले विजेताको नाम घोषणा गरेका हुन्।


महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित शशम्भू चौरमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वडा अध्यक्ष जयकृष्ण बोगटीले देशै भरीका २१४ जना सहभागी खेलाडीलाई न्यानो आतिथ्य प्रदान गरेको र प्रतियोगिता प्रत्येक वर्ष निरन्तर आयोजना हुने बताए।
प्रमुख अतिथि नगर प्रमुख हरीगोविन्द श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। उनले स्थानीय खेलाडीको प्रोत्साहन गर्न महालक्ष्मी नगरका विजयीहरुलाई नगरपालिकाको तर्फवाट थप पुरस्कार प्रदान गरिने जानकारी गराएका छन्।
समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाको युवा , खेलकुद तथा शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल, महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य निरञ्जन प्रजापति, रमिला पोखरेल, शशील चौधरीको विशेष उपस्थिति रहेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *