Category: मनोरंजन

  • श्रम संस्कृति पार्टीको चेसमा राई च्याम्पियन

    श्रम संस्कृति पार्टीको चेसमा राई च्याम्पियन

    ललितपुर। पाभिलियन्स चेस एकेडेमीको आयोजनामा ललितपुरको सातदोबाटोस्थित एसजीपीए भवनमा सम्पन्न ‘श्रम संस्कृति पार्टी बिलो १७०० फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता’ को उपाधि राजकुमार राईले जितेका छन्।

    ९ चरणको प्रतिस्पर्धापछि राईले ८ अंक जोड्दै उपाधि हात पारेका हुन्। समान ८ अंकसहित पञ्चकुमार साहु दोस्रो तथा अबिन पाण्डे तेस्रो भए। प्रतियोगितामा मादन राई ७.५ अंकसहित चौथो स्थानमा रहे।

    त्यस्तै जनकराज जोशी ७ अंकसहित पाँचौँ, अग्रिम सैँजु छैटौँ, प्रचण्ड राम्टेल सातौँ, महमद जनिल अल सैयाद आठौँ, सबिन उदास नवौँ र सुन्दर श्रेष्ठ दशौँ स्थानमा रहे।

    प्रतियोगितामा बिलो १७०० रेटिङका १८३  खेलाडीहरू सहभागी भएका थिए। प्रतियोगितामा विभिन्न उमेर समूह, महिला, सिनियर, अनरेटेड तथा पाभिलियन्स चेस एकेडेमीका विद्यार्थीका लागि समेत छुट्टाछुट्टै विधामा पुरस्कारको व्यवस्था गरिएको थियो।

    प्रतियोगिताको कुल पुरस्कार राशि १ लाख ६ हजार ५ सय रुपैयाँ रहेको थियो। मुख्य विधामा प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार तथा चौथोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

    नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा आयोजित प्रतियोगिताले नयाँ तथा युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै नेपाली बुद्धिचालको विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको थियो।

  • आईएसएल दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न

    आईएसएल दोस्रो संस्करणका लागि खेलाडी अक्सन सम्पन्न

    काठमाडौं। इन्डोर सुपर लिग (आईएसएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सोमबार सम्पन्न भएको छ। काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

    साेमबार अनमोल ब्याङ्क्वेट संखमुलमा सम्पन्न अक्सनमा सहभागि हुने टिमले मार्की खेलाडीसहित आफ्नाे टिम तयार गरेका हुन्।

    पहिलो संस्करणमा आठ टोली सहभागी भएकोमा यस पटक दुई नयाँ टोली थपिएका छन्। साथै, टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको आयोजकले जनाएको छ।

    आईएसएलका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले प्रतियोगिताप्रति दर्शक र क्रिकेटप्रेमीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्दै दोस्रो संस्करणलाई पहिलोभन्दा थप व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने बताए।

    प्रतियोगिता आगामी भदौ १७ गतेदेखि सञ्चालन हुनेछ। पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो। आयोजकका अनुसार फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।

    अक्सनपछि १० वटै टोलीले आफ्नो १० सदस्यीय अन्तिम टोली टुंग्याएका छन्। यस्तै साेहि अवसरमा काठमाडौं स्पोर्ट्स इभेन्ट्सले खेलकुद क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप काठमाडाैं जिल्ला क्रिकेट संघका सचिव किरण रानालाई लाइफटाइम अचीवमेंट अवार्डबाट सम्मान गरेको छ। साथै, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई एक बर्षका लागि संस्थाको ब्रान्ड एम्बेसडर घोषणा गरेकाे छ।

    काठमाडौं कैलाश किंग्स
    सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी।

    सुदूरपश्चिम टाइगर्स
    रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार।

    पोखरा वारियर्स
    अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री।

    माया हेटौंडा रोयल्स
    ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ।

    मिक्समाण्डु
    उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी।

    बुटवल एम्पायर
    भुवन काक्री (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र बिष्ट, सुमन विश्वकर्मा र लक्की कडायत।

    ललितपुर अलस्टार्ज
    विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री।

    लुम्बिनी योर्कर्स
    रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा।

    जनकपुर किंग्स
    आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेश कुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन बिष्ट।

    विराटनगर ब्याटालियन
    रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव।

  • गुजरात जिएम चेसमा नेपाली खेलाडी उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित

    गुजरात जिएम चेसमा नेपाली खेलाडी उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित


    काठमाडौं। अहमदाबाद, भारतमा जुन १ देखि ८, २०२६ सम्म सम्पन्न चौथो गुजरात इन्टरनेशनल ओपन ग्रान्डमास्टर्स चेस प्रतियोगिता क्याटेगोरी ‘ए’ मा नेपालका क्यान्डिडेट मास्टर पुरूषोत्तम सिलवालले उत्कृष्ट प्रदर्शन गरेका छन्।

    पुरुषोत्तम सिलवाल(२०३८) ले १० चरणको प्रतिस्पर्धामा ६ अंक जोड्न सफल भएका छन् । यससँगै उनी उत्कृष्ट दोस्रो विदेशी प्लेयर घोषित भएर नेपाली नगद रु. १६ हजार पुरस्कार हात पारेका छन् ।
    प्रतिस्पर्धामा उत्कृष्ट विदेशी प्रथम उज्वेकिस्तानका सिएम कमत्या कुभोज मिराज र तेश्रोमा स्कटल्याण्डका सिएम बोग्गारापु कृतन घोषित भएका छन् ।

    सिलवालले शुरुको खेलमा ११ ओैं वरियताका रुसी ग्रायन्ड मास्टर सभचेन्को बोरिसलाई स्तब्ध पारेका थिए। रुसी जिएम भर्खरै उडिसामा सम्पन्न कीट अन्तर्राष्ट्रिय चेस प्रतियोगिताका विजयी खेलाडी हुन् ।

    नेपाली राष्ट्रिय उपविजेता सिलवालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा रसियन जिएम सभचेन्को बोरिस(२४७८),  स्कटल्याण्डका सिएम बोग्गारापु कृतन(२१९७), नागा वेङ्कटा(१९३९), पल्किन कौर(१८८०) लाई पराजित गर्न सफल भएका छन्।

    नेपाली खेलाडी सिलवालले स्लोभाकियाका जिएम मानिक मिकुलास(२३०१), भारतीय एफएम आर्नभ अग्रवाल(२२३८), एफएम अंकित राय(२२३०), सिएम शेर्ला प्रथमेश(२११८) सँग बराबरी खेलेर महत्त्वपूर्ण अंक जोडेका थिए।

    उनले आफू भन्दा उच्च वरियता प्राप्त इजरायली अन्तर्राष्ट्रिय मास्टर लेभिन गाइ(२४८७) र भारतका एफएम सिद्धान्त गवाइ(२२८१) सँग पराजित भएका थिए।

    प्रतियोगितामा पुरुषोत्तमको प्रदर्शन फिडे रेटिङ (२२९७) रह्यो भने उनले (२०३८) मा (१२४) रेटिङ बढाउन सफल भए। ग्रायन्ड मास्टर स्तरको स्पर्धामा ६ अंक जोड्नु निकै सफलता हो। शुरुमा १६२ ओैं स्थानबाट खेलेर ६८ ओैं स्थानमा सिलवालले प्रतियोगिता टुङ्ग्याएका छन् ।

    यसअघि ओडिसामा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पनि ८० रेटिङ बढाएका पुरुषोत्तमले गुजारातमा थप १२४ रेटिङ बढाउदै आफ्नो रेटिङ २२३८ पुर्‍याएका छन् ।

    ३०६ जना खेलाडीहरुको सहभागीता रहेको  प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसिया, इजरायल, स्लोभाकिया, फिलिपिन्स, आर्मेनिया लगायत २३ राष्ट्रहरुको सहभागी रहेको थियो।

    प्रतियोगिताको उपाधि इजरायलका आईएम बेनी आइजेन्बर्ग (२४६६)ले ८ अंकसहित जिते। भियतनामका आईएम गुयेन क्वोक हाइ(२४२२) दोस्रो तथा भारतका जिएम अभिजित गुप्ता(२५४०) तेस्रो स्थानमा रहे।

    विशेषगरी उच्चस्तरीय ग्रान्डमास्टर्स प्रतियोगितामा उल्लेखनीय रेटिङ वृद्धि गर्नु नेपाली बुद्धिचालका लागि उत्साहजनक उपलब्धि रहेको प्रवक्ता ताम्राकारले जनाए ।

  • अध्यक्ष र महासचिवले अविश्वास प्रस्तावको सामना गर्ने

    अध्यक्ष र महासचिवले अविश्वास प्रस्तावको सामना गर्ने


    हेटौंडा। नेपाल बुद्धिचाल महासंघको कार्यसमिति वैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा भोलि जेष्ठ १० गते आइतबारका दिन क्लब हेटौंडा, हेटौंडा-४, मकवानपुरमा गर्ने भएको छ।

    गत बैशाख १२ गते अध्यक्ष हेराकाजी महर्जन तथा महासचिव धरमबहादुर लामा विरुद्ध बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले ४० जना साधारणसभाका प्रतिनिधिहरुको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव निवेदन पेश गरेका थिए।

    यसै अविश्वास प्रस्ताव माथि वैशाख ३० गते बसेको वैठकले विधानको परिच्छेद ७ दफा २२ उपदफा २ मा स्पष्ट रूपमा उल्लेखित “उपदफा १ बमोजिम दर्ता हुन आएको अविश्वासको प्रस्ताव माथि छलफल र निर्णयका लागि सम्बन्धित कार्यसमितिले ३५ दिन भित्र विशेष साधारणसभा बस्ने गरि सूचना दिनु पर्नेछ।” भन्ने व्यवस्था अनुसार मिति, समय र स्थानको निर्णय भएको थियो ।

    पुनश्चः केन्द्रीय कार्यसमितिले बहुमतद्वारा अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्नका लागि बिशेष साधारणसभा मकवानपुरको हेटौंडामा गर्ने निर्णय भएको थियो। यद्यपि सो स्थानका सम्बन्धमा केहीले लिखित असहमति  जनाएका थिए।

    विशेष साधारणसभामा पर्यवेक्षकको निष्पक्ष भूमिकाका लागि आफ्नो छाता संस्थाहरु वर्ल्ड चेस फेडेरेशन तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित जानकारी पेश गरिएकोमा फिडे डेलिगेट अमित खन्नालाई नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामा तथा सचिवालय सदस्य बालाराम पुनद्वारा हेटौंडामा स्वागत गरिएको छ।

    यसै सम्बन्धमा राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधिवाट खेल संघको वृहत्तर बिकासका लागि विशेष साधारणसभामा आइपुग्ने अध्यक्ष हेराकाजीले बताए।

    विधानको परिच्छेद ३ दफा १० उपदफा ५ को (घ) अनुसार साधारणसभामा कम्तिमा ५१% सदस्य उपस्थित भए पछि सभाको गणपुरक संख्या मानिनेछ। नपुग भएमा ३३% सदस्यलाई गणपुरक मानिनेछ। तर दोस्रोमा पनि संख्या नपुग भएमा तेस्रो आह्वानमा उपस्थित संख्यालाई नै गणपुरक मानिनेछ। यसरी आह्वान गरिएको विधिलाई नै विधानले मान्यता दिएको छ।

    नेपाल बुद्धिचाल महासंघका साधारणसभा सदस्य ११८ जना मध्ये ७ जना प्रतिनिधिहरुले कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने जानकारी गराउदै हेटौंडामा सम्पन्न हुने सभाका लागि सहमत सहित शुभकामना सन्देश पठाएका छन्।

    अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाई प्रतिनिधि र विफल गर्न एकतिहाई प्रतिनिधि आवश्यक रहने विधानको व्यवस्था रहेकोमा शनिबार साँझसम्म  हेटौंडामा ५२ जना उपस्थित भइसकेको र यो क्रम जारी रहेको प्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन्।

    उता प्रस्तावको पक्षमा हस्ताक्षर गर्नु हुने प्रतिनिधि साथीहरूलाई लामो इतिहास बोकेको नेपाल बुद्धिचाल महासंघलाई गतिशील बनाउन आफ्नो भूमिकामा पुनर्विचार गर्नुहुन अध्यक्ष महर्जनले आह्वान गरेका छन्।

  • शाह र पुरी बने चेस च्याम्पियन 

    शाह र पुरी बने चेस च्याम्पियन 


    भक्तपुर। बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक प्रायोजना रहेको दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह तथा दानिसा पुरी विजयी भएका छन्।

    भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा जारी तुल्सीलाल स्मृती यस प्रतियोगिताको सबै खेल जितेर सतप्रतिशत ९ अंकका साथ अभिक शाह राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन्।

    कडा प्रतिस्पर्धा बिच सम्पन्न चेस खेलमा चार जना खेलाडीले समान ७ अंक बनाए पनि टाइब्रेक ४९.५ प्वाइन्टका आधारमा सार्थक श्रेष्ठ दोस्रो, ४९ प्वाइन्टले प्रथिक सुवेदी तेस्रो, ४७ प्वाइन्टले सिएम पुरुषोत्तम सिलवाल चौथो तथा ४३ प्वाइन्टका आधारमा समीप गौतम पाँचौ स्थान ओगट्न सफल भएका छन्।

    यस्तै समान ६.५ अंक जोड्ने क्रममा संगम कटुवालले टाइब्रेक ४९.५ प्वाइन्टका आधारमा छैटौं  र प्रशान्त गौतमले ४५ टाइब्रेक प्वाइन्टले सातौं स्थान सुरक्षित गरेका छन्।

    क्रमशः समान ६ अंक सोही टाइब्रेक प्वाइन्टका आधारमा सत्यम शर्मा आठौं, सन्दिप तामाङ नवौं तथा महमद जसिम अल सईद दशौं बन्न सफल भएका छन्।

    ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा तथा भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापनमा सम्पन्न ७ चरणको खेलमा दानिसा पुरिले ६ अंक बनाउदै छात्रातर्फ राष्ट्रिय जुनियर चेस च्याम्पियन बनेकी छिन् ।

    यसैगरी राधिका पौडेलले ५.५ अंक जोडेर टाइब्रेकका आधारमा दोस्रो स्थान प्राप्त गरेकी छिन् भने समान ५.५ अंक जोडेर पनि एञ्जल महर्जन तेस्रो स्थानमा सिमित भइन्। पूर्णिमा गुरुङ ५ अंक प्राप्त गर्दै चौथो बनीन् ।

    यस्तै समान ४.५ अंक टाइब्रेक प्वाइन्ट अनुसार प्रज्ञा पन्त पाँचौ, उज्जीभनी कँडेल छैटौं, सनम श्रेष्ठ सातौं, प्रकृति न्यौपाने आठौं  स्थानमा रहिन्।

    हालै काजकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय खेलमा व्यक्तिगत विधा तर्फ पदक प्राप्त गर्न सफल निहाना श्रेष्ठले ४ अंक बनाउदै नवौं स्थान तथा ४ अंक मै सिमित श्रेषा दुवालले दशौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेकी छिन्।

    नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, बचन देउजा, महासंघ केन्द्रीय सदस्य निरञ्जन प्रजापति लगायतले अभिक शाहलाई नगद रु. ३० हजार तथा दानिसा पुरिलाई नगद रु. १५ हजार पुरस्कार, मेडल, ट्रफी प्रदान गर्नुका साथै विभिन्न उमेर समूह युवा १०, युवा १२, युवा १४, युवा १६ र युवा १८ वर्षका उत्कृष्ट खेलाडीहरूलाई कूल नगद १ लाख ५५ हजार ५ सय पुरस्कृत गरेका छन् ।

  • आइपिएलमा गुजरात र चेन्नईको खेल शुरु

    आइपिएलमा गुजरात र चेन्नईको खेल शुरु


    अहमदाबाद। इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिले गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच अहमदाबादमा खेल शुरु भएको छ। टस जितेको चेन्नईले फिल्डिङ रोजेपछि गुजरात ब्याटिङमा उत्रिएको छ।

    गुजरात शीर्ष दुई स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ भने चेन्नई प्लेअफ पुग्ने झिनो आशा कायम राख्न मैदान उत्रिनेछ।

    चेन्नईलाई प्लेअफ पुग्न आजको खेल जित्नु अनिवार्य छ। त्योसँगै राजस्थान रोयल्स र पञ्जाब किंग्सले आफ्ना अन्तिम खेल हार्नुपर्नेछ भने कोलकाता नाइट राइडर्सले बाँकी दुई खेलमध्ये एकभन्दा बढी जित्न नहुने अवस्था छ।

    यदि चेन्नई पराजित भए लगातार तेस्रो सिजन प्लेअफ पुग्न असफल हुनेछ। यता गुजरात भने ५ सिजनमध्ये चौथोपटक प्लेअफ पुगिसकेको टोली हो। आजको जितले उसलाई शीर्ष दुईमा पुग्न थप बलियो बनाउनेछ।

    चेन्नईका कप्तान ऋतुराज गायकवाडमाथि दबाब बढिरहेको छ। यस सिजन उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। अर्कोतर्फ सञ्जु सामसनले भने टोलीका लागि राम्रो प्रदर्शन गरेका छन्। सामसन आइपिएल करियरमा दोस्रोपटक ५ सय रन पूरा गर्न केवल २३ रन टाढा छन्।

    गुजरातका स्टार स्पिनर राशिद खान पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन्। पछिल्लो खेलमा कोलकाताविरुद्ध महँगो साबित भएका राशिद आज पुनरागमन गर्न चाहन्छन्।

  • क्षितिज भण्डारी र कृतिसरा अधिकारी च्याम्पियन

    क्षितिज भण्डारी र कृतिसरा अधिकारी च्याम्पियन

    काठमाडौं।  काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतिस्पर्धाको दुबै विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी च्याम्पियन बनेका छन्।

    राष्ट्रिय प्रतियोगिताको रापिड खेलमा २१३६ रेटेट खेलाडी क्षितिज भण्डारीले ९ चरण स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाम गरेका छन्। भण्डारीले व्यक्तिगत ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को रेटिङ पर्फमेन्स गर्न सफल रहे।

    यस्तै ब्लिट्ज विधामा पनि मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक जोडेर राष्ट्रिय विजेता बनेका छन्। शीर्ष २२३३ रेटेड खेलाडी भण्डारीले व्यक्तिगत २६ रेटिङ बढाउदै २६५१ रेटिङको सर्वोत्कृष्ट खेल पर्फम गरेका छन्। महिला राष्ट्रिय रापिड तर्फ १७५९ रेटेड कृतिसरा अधिकारीले एकल ६ अंक जोडेर राष्ट्रिय विजेता बनिन्।

    झापाकी कृतिसराले व्यक्तिगत २१.८ रेटिङ वृद्धि गर्दै १९१० रेटिङ बराबरको खेल पर्फम गरेकी छिन्। चौथो वरियताकी १६६७ रेटेड कृतिसराले ब्लिट्ज विधा तर्फ ६.५ अंक बनाउदै व्यक्तिगत ४० रेटिङ सुधार गरेकी छिन्। उनले ७ चरणको स्पर्धामा २०१० रेटिङ पर्फम गर्न भ्याईन्।

    यससँगै राष्ट्रिय विजेता भण्डारीले नगद रु. ५० हजार पुरस्कार प्राप्त गरेका छन् भने महिला विजेता अधिकारीले नगद रु. १५ हजार पुरस्कार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

    यसैगरी रापिड खेलमा दोलखाका २११३ रेटेड खेलाडी आशिष् फूँयालले एकल ८ अंक बनाउदै द्वितीय स्थान हासिल गर्न सफल बनेका छन्। आशिषले नगद रु. २५ हजार पुरस्कार ग्रहन गरेका छन्। यस्तै झापाका १९९७ रेटेड पूर्व नेपाल च्याम्पियन राजन सुवेदी ७ अंक उत्कृष्ट ४९ प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय स्थान ओगटेका छन्। राजनले नगद रु. १५ हजार प्राप्त गरे।

    यता राष्ट्रिय ब्लिट्जमा ललितपुरका १९५७ रेटेड खेलाडी सुरोज महर्जनले ७.५ अंक उत्कृष्ट ४७.५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान ओगट्दै नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन्।

    यस्तै दोलखाका १६८१ रेटेड खेलाडी कविन्द्र सिवाकोटीले समान ७.५ अंक जोडेर तृतीय स्थानमा रहँदै नगद रु. ८ हजार हात पार्न सफल बनेका छन्। राष्ट्रिय चेस प्रतियोगितामा विभिन्न जिल्लावाट एकसय अस्सि जना खेलाडी सहभागी भएका मध्ये ५३ जनाले विभिन्न विधामा कूल नगद रु. ३ लाख पुरस्कार प्राप्त गरेका छन्।

    रापिड खेलमा रु. २ लतख तथा ब्लिट्ज तर्फ नगद रु. १ लाख पुरस्कार प्रदान गरिएको थियो। शुक्रबार क्षेत्रपाटी क्लबले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यवाहक मेयर सुनिता डंगोलले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बुद्धिचाल खेललाई माइन्ड गेम (बौद्धिक खेल)को संज्ञा दिनुका साथै काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धनमा टेवा पुर्‍याउने उदघोष गरेका छन्।

    क्लबका अध्यक्ष गोपाल मालीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्य, काठमाडौं महानगरपालिका वडा नं. १७ वडा अध्यक्ष नवीन मानन्धर, बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

  • विद्यालय चेसको उपाधि घिसिङलाई

    विद्यालय चेसको उपाधि घिसिङलाई


    ललितपुर। ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न तलकमोहन श्रेष्ठ स्मृति अन्तर विद्यालय चेस प्रतियोगिताको उपाधि महालक्ष्मी स्पोर्ट्स एकेडेमीका जेनिस घिसिङले जितेका छन् । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा जेनिसले भ्याली पब्लिक स्कूलका प्रतिक ढुंगेल विरुद्ध पर्पेन्च्युअल ड्र गर्दै शून्य दशमलव पाँच अंकको अग्रतामा विजेता बन्न सफल भएका छन्।

    आज चलेको अन्तिम राउण्डको खेलमा ७.५ अंककासाथ कालो गोटी वाट खेल आरम्भ गरेका जेनिसले थ्रि फोल्ट रिपिटरशन गर्दै ७ अंकमा खेल्दै गरेका प्रतिक विरुद्ध फोर्स बराबरी गर्न वाध्य बनाएका थिए।

    यस सँगै जेनिसले एकल ८ अंक बनाएर शीर्ष स्थानमा खेल अन्त्य गर्दै नगद पुरस्कार रु. ६ हजार, आकर्षक ट्रफी, गोल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

    भ्याली पब्लिक स्कुलका खेलाडी प्रतीक ढुंगेलले ७.५ अंक जोडेर द्वितीय स्थानमा खेल अन्त्य गरेका छन्। प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गरेका ढुंगेलले नगद पुरस्कार रु. ४ हजार, सिल्भर मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

    समान ७.५ अंक जोडेर टाइब्रेकको आधारमा महालक्ष्मी चेस एकेडेमीका सौगात घिमिरे तृतीय स्थानमा रहन सफल भएका छन्। उनले नगद पुरस्कार ३ हजार, ब्रञ्ज मेडल तथा प्रमाणपत्र हात पारेका छन्।

    भ्याली पब्लिक स्कुलका सुविज्ञ दाहाल प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो, भ्याली कै इश्रान राज श्रेष्ठ पाँचौं, वेष्ट विङ्ग स्कूलका प्रसन्न महर्जन समान ७ अंक सहित छैठौं स्थानमा रहे।

    यस्तै महालक्ष्मी चेस एकेडेमिका आरभलाल श्रेष्ठ, अनन्त इङ्गलिस स्कूलका साहिल बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दिप श्रेष्ठ तथा भ्याली पब्लिक स्कुलका इशान राज श्रेष्ठ समान ६.५ अंक हासिल गर्दै क्रमशः दशौं स्थानमा रहँदै नगद पुरस्कार बाँडेका छन्।

    यसैगरी छात्रा तर्फ ७ अंक जोडेर फ्युचर स्टार्स एकेडेमिका शीर्ष १७३५ रेटेड खेलाडी ग्लोसि श्रेष्ठ प्रथम भइन्। आर्श्री आचार्य ६ अंक बनाइ द्वितीय, बालकुञ्ज इङ्लिस स्कूलका इन्सु ओलि ५.५ अंक तृतीय, श्रृंगेरि स्कूलका ईशा घिमिरे ५ अंक चौथो तथा महालक्ष्मी एकेडेमीका शुभश्री श्रेष्ठ पाँचौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गरिन्।

    महालक्ष्मी चेस एकेडेमीले आयोजना गरेको दुई दिने अन्तर विद्यालय बुद्धिचाल प्रतियोगितामा विधागत तर्फ युवा ८ वर्षमा महालक्ष्मी स्पोर्ट्स एकेडेमीका आदित्य न्यौपाने, युवा १० वर्षमा जिनियस आईबी स्कूलका अभियान राई, नमुना इङ्लिस सेकेन्डरी स्कूलका अश्विन श्रेष्ठ र बालकुञ्ज इङ्लिस स्कूलका इसान ओली उत्कृष्ट भए।

    युवा १२ वर्ष मुनि महालक्ष्मीका रियाज चौलागाईं, नेपाल डनबस्को स्कूलका अमुल्य राज श्रेष्ठ र नमुना इङ्लिस स्कूलका बोतल राई उत्कृष्ट तिनमा रहन सफल भएका छन्।

    तिलक मोहन श्रेष्ठ स्मृति महालक्ष्मीनगर अन्तर स्कूल बुद्धिचाल प्रतियोगितामा जम्मा ११० विद्यार्थी खेलाडीले कूल ३३ हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रका लागि १५ मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय नियन्त्रण प्रणाली अन्तर्गत प्रतिस्पर्धामा सहभागी भएको थियो।

    प्रतियोगिता सम्पन्न भए पश्चात् नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटले विजयी खेलाडीहरुलाई पुरस्कृत गरे।

    कार्यक्रममा ललितपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिक्रम श्रेष्ठ, संयोजक अशोक मोहन श्रेष्ठ, प्रमुख निर्णायक हरिकृष्ण श्रेष्ठ, भ्याली पब्लिक स्कुलका प्रशिक्षक एफए सोराज ताम्राकार, परिवार हरि मोहन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

  • दमकका दाहालले जिते र्यापिड चेसको उपाधि 

    दमकका दाहालले जिते र्यापिड चेसको उपाधि 


    ललितपुर। वामपन्थी नेता स्व. नरबहादुर कर्माचार्यको स्मृतिमा समाजवादी सिद्धान्तको रक्षा र विकासको लागि गठन भएको प्रतिष्ठान द्वारा आयोजित दुई दिने स्पर्धामा १८९७ रेटेड मिसन दाहाल विजयी भएका छन्।

    १९ सय रेटेड मुनिको चेस प्रतियोगितामा झापा जिल्ला दमकका मिसन दाहालले नौ चरणको खेल वाट ८.५ अंक जोडेर एकल अग्रता कायम राख्दै नगद रु. २५ हजार, ट्रफी, मेडल प्राप्त गरेका छन्।

    ललितपुरको इखाछेँ टोलमा सम्पन्न प्रतिस्पर्धामा साँखुका सन्देश श्रेष्ठ ८ अंक जोडेर द्वितीय बन्दै नगद रु. १५ हजार, विराटनगरका ज्वाला इम्बुङ्ग ७.५ अंकका साथ तृतीय बन्दै नगद रु. १० हजार प्राप्त गर्न सफल भएका छन्।

    यसैगरी ७.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो स्थानमा रहँदै ललितपुर लुभुका राजकुमार लामाले ८ हजार, ७ अंक जोडेर स्याङ्जा पुतलि बजारका प्रसान्त गुरुङ पाँचौं बन्दै नगद रु. ७ हजार पुरस्कार ग्रहन गरेका छन्।

    प्रतिस्पर्धामा छैठौं देखि दशौं स्थान ओगटेका खेलाडी क्रमश: काठमाडौँका विजेश राजकर्णीकार, मोरङका कसिभ कार्की, भारतीय शुभम कुमार, काडौँका हेमराज भण्डारी र धनुषाका राहुलकुमार गुप्ताले समान ७ अंक जोडेर जनही नगद रु. ६ हजार पुरस्कार प्राप्त गरेका छन्।

    विधागत उत्कृष्ट महिलातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, काठमाडौँकी राधिका पौडेल द्वितीय र खोटाङकी कुसुम घिसिङ्ग तृतीय बन्दै रु. १२ हजार प्राप्त गरेका छन्।

    ललितपुरका स्थानीयतर्फ उत्कृष्ट विजय महर्जन, सोम आले संजय महर्जन, अनरेटेड तर्फ महोत्तरीका राहुल दत्त, लपुका हरिकृष्ण श्रेष्ठ, काडौंका सुहितमान श्रेष्ठ, सिनियर ५५ वर्ष आशा नारायण लवट, ६० वर्ष भक्तपुरका गणेशमान दुवाल उत्कृष्ट बने।

    यस्तै रेटिङ १८,१७,१६ सय मुनि फिदिमका गगन लवट, मोरङका भरत धिमाल, सुर्खेतका वीरेन्द्र बहादुर शाही, युवा १६,१४,१२,१०,८ वर्ष छात्रतर्फ काभ्रेका मिसन पराजुली पाल्पाका अग्रिम सैंजु उत्कृष्ट ठहरिएका छन्।

    यसै विधा अन्तर्गत काडौंकी नेलिसा ओझा, नवलपुरका शुभेच्छा घिमिरे, महालक्ष्मी नगरपालिकावाट शुभश्री श्रेष्ठ उत्कृष्ट बन्दै नगद पुरस्कार प्राप्त गरेका छन्।

    खेल पश्चात प्रमुख अतिथि बागमती प्रदेश सभाषद् मा. रामकृष्ण चित्रकारले विजयी खेलाडीहरुलाई पुरष्कृत गर्दै आफ्नो सांसद कोषबाट बुद्धिचाल खेल आयोजना गर्न १० लाख बजेट विनियोजन गरेको जानकारी गराएका छन्।

    कार्यक्रममा ललितपुर महानगरपालिका वडा ११ अध्यक्ष अरोजकुमार खड्गीले खेल सामग्री हस्तान्तरण गर्दै आगामी संस्करण थप परिष्कृत गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

  • नेपाली चेस खेलाडी उपाधि चुम्न चुके

    नेपाली चेस खेलाडी उपाधि चुम्न चुके

    राजु ताम्राकार, काठमाडौं। प्रथम केएमसी २९ वार्ड चेयरम्यान कप ओपन फिडे र्‍यापिड रेटिङ चेस च्याम्पियनसिपको उपाधि जित्नबाट नेपाली खेलाडीहरू चुकेका छन्।

    काठमाडौंमा शनिबार सम्पन्न ३ लाख ३७ हजार नगद सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता रोमाञ्चक एवं प्रतिस्पर्धात्मक तवरले टुङ्गो लागेको छ।

    अनामनगर स्थित २९ नं. वडामा सञ्चालन भएको स्पर्धामा भारतका १९०९ रेटेड किसन कुमारले ८ अंक प्रोग्रेसिभ ५३.५ प्वाइन्टका आधारमा उपाधि जित्न सफल भएका छन्।

    प्रतियोगिताको अन्तिम नवौं चरण पूर्व ६ जना खेलाडीहरूको समान ७ अंक रहेको थियो। पहिलो वोर्डमा एफएम क्षितिज भण्डारीले १८३१ रेटेड महेन्द्रकुमार साम्बाहाम्फे विरुद्ध जीत दर्ता गरेका थिए।

    दोस्रो बोर्डमा प्रोग्रेसिभ प्वाइन्ट धेरै बनाएका राजन सुवेदी आशीष फूँयाल सँग पराजित हुन पुगे। तेस्रो वोर्डमा किसन कुमारले बढि प्रोग्रेसिभ प्वाइन्ट भएका आकाश सुवेदीलाई माथ दिदै उत्कृष्ट टाइब्रेक बनाई उपाधि कुम्ल्याउन पुगे।

    भारतका भाग्यमानी किसनले नगद रु. ३५ हजार प्राप्त गरेका छन्। नेपालका शीर्ष २११७ रेटेड क्षितिज भण्डारी समान ८ अंक जोडेर द्वितीय स्थान वापत नगद रु.३० हजार हात पारेका छन्। आठ अंक नै जोडेर नेपालका २०६९ रेटेड आशीष फूँयाल तृतीय बन्दै नगद रु. २५ हजार हक जमाए।

    यसैगरी समान ७ अङ्क जोडेर फिडे लज अफ रुल, डाइरेक्ट इन्काउन्टर, बुछोल्स कट वान टु र मोष्टवीन नम्बर अफ वीनका आधारमा क्रमशः स्याङ्जाका अनरेटेड आकाश सुवेदी चौथो हुदै नगद रु. २० हजार प्राप्त गरेका छन्।

    यस्तै उपाधिबाट चुकेका १९७३ रेटेड झापाली राजन सुवेदी पाँचौं, काठमाडौँका १८९८ रेटेड सीएम नवीन तन्डुकार छैठौं, झापाका २००२ रेटेड सीएम सुश्रुत दाहाल सातौं स्थान ओगटेर बराबर नगद रु. १७ हजार जितेका छन्।

    स्पर्धामा नवलपुरका १९७० रेटेड सुजन काफ्ले, चेकमेट चेस एकेडेमीका २०२४ रेटेड प्रकाशचन्द्र नेपाल र ललितपुरका १९११ रेटेड राजनपुरी क्रमश: आठौं, नवौं र दशौँ भए बापत नगद रु. १५ हजार जनही पुरस्कार थापेका छन्।

    खेलमा पाँचथरका १९३१ रेटेड महेन्द्र कुमार साम्बाहाम्फे, धरानका २०५७ रेटेड मुहान नरसिंह श्रेष्ठ, दोलखाका १८३२ रेटेड कविन्द्र शिवाकोटी, चितवनका १८३० रेटेड सन्तोष गौतम र झापाका १८६० रेटेड उमेश राईले पन्ध्रौं स्थानमा रहँदै नगद रु. ७ हजार जनही प्राप्त गरेका छन्।

    प्रतिस्पर्धामा महिला विधातर्फ झापाकी कृतिसरा अधिकारी प्रथम, राधिका पौडेल द्वितीय र उज्जीविनि कँडेल तृतीय बन्दै क्रमशः नगद ७ हजार, ६ हजार र ५ हजार ग्रहन गरिन्।

    कूल ४२ जना खेलाडीहरूले पुरस्कार बाँडेकोमा नवप्रवेशी संस्कार गुरुङ, सिनियर तर्फ अशोक मोहन श्रेष्ठ, युवा १० वर्ष प्रसुन मल्ल, १२ वर्ष हार्दिक पन्त, १४ वर्ष समृद्घ श्रेष्ठ, १६ सय रेटिङ मुनि स्पर्श अर्याल, १८ सय मुनि प्रतीक सुवेदी उत्कृष्ट रहे।

    काठमाडौँ महानगरपालिका वडा नम्बर २९ स्थानीय खेलाडीतर्फ अग्रिम संयुक्त प्रथम, दिपोन मैनालि द्वितीय र निहाना श्रेष्ठ तृतीय बनेर नगद पुरस्कार प्राप्त गरेका छन्।

    यसैबीच बागमती प्रदेश सभासद् मा. दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। विशेष अतिथि काठमाडौँ महानगरपालिका वडा नं. २९ का अध्यक्ष कुश ढकाल, सभापतित्व एवं संयोजक सन्तोष ढुंगेल, निर्देशक इन्द्रकुमार बस्नेत प्रमुख निर्णय सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।