Blog

  • पाँचथरको याङवरकमा तरुण दल गोल्डकप हुने

    पाँचथरको याङवरकमा तरुण दल गोल्डकप हुने


    पाँचथर। पाँचथरको याङवरक गाउँपालिकामा प्रथम तरुण दल गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।

    नेपाल तरुण दल याङवरक गाउँपालिका ३ कार्य समितिले आयोजना गरेको सो प्रतियोगिता यही असाेज १५, १६ र १७ गते हुने  खेल संयोजक अमित लिम्बूले जानकारी दिनुभयो ।

    गुप्तेश्वर खेलमैदानमा हुने प्रतियोगिताको खेल तालिका पनि आयोजकले सार्वजनिक गरिएको छ।

    एक लाख बराबरको जिबन बिमासहिद आयोजना गरिएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार ५ साथै उप-बिजेताले  नगद २५ हजारसँगै ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    त्यस्तै प्रतियोगिताको बेष्ट  गोलकिपर ,बेष्ट प्लेयर  , बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ताले पनि ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा पूर्वका नाम चलेका खेलाडीहरूको पनि सहभागिता रहनेछ ।

  • आईसीसी लिग २ मा ओमानसँग भिड्दै नेपाल

    आईसीसी लिग २ मा ओमानसँग भिड्दै नेपाल



    एजेन्सी। आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानको सामना गर्दैछ।

    क्यानडाको किङसिटीमा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

    सिरिजका तीनै खेलमा पराजित नेपाली क्रिकेट टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। पहिलो खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो।

    यस्तै घरेलु टोली क्यानडासँग पहिलो खेलमा १ सय ३ रनको फराकिलो अन्तरले हारेको नेपाल दोस्रो खेलमा ५ विकेटले पराजित भयो।नेपाली टोलीले लिग-२ का पछिल्ला ५ खेलमा लगातार हार भोगिरहेको छ।

    पछिल्लो समय खराब प्रदर्शन गरिरहेको नेपाली टोली लिग-२ मा दोस्रो जितको खोजीमा छ ।

    ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल आजको खेलमा सुरुवाती ११ मा आउन सक्नेछन्।

    लिग-२ त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी-२० आई सिरिज खेल्नेछ।

  • महिला लिगमा कोशीको शानदार जित

    महिला लिगमा कोशीको शानदार जित


    काठमाडौं। एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ ।

    ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आईतबार सम्पन्न खेलमा कोशीले कर्णाली प्रदेशमाथि ४-० को फराकिलो जित हात पार्यो। उसका लागि पूर्णिमा राईले दुई तथा समीक्षा मगर र प्रतीक्षा राईले एक/एक गोल गरे ।

    यो जीतसँगै कोशी ३ खेलमा ९ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत छ । कर्णाली भने ३ खेलमा १ अंकसहित पुछारबाट दोश्रो स्थानमा छ ।

    एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोली सहभागी छन् ।

  • एचके स्पोर्टिङ क्लब च्याम्पियन्स लिगको सेमिफाइनलमा

    एचके स्पोर्टिङ क्लब च्याम्पियन्स लिगको सेमिफाइनलमा


    दमक। एचके स्पोर्टिङ क्लब कमल, ईलामको चुलाचुलीमा जारी चुलाचुली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ।

    सिद्धार्थ एफसीलाई टाईब्रेकरमा ४-३ ले पाखा लगाउँदै एचके सेमिफाइनलमा प्रबेश गरेको हो।

    निर्धारित समय सम्म १/१ को बराबरी भएपछि खेलको निर्णय टाईब्रेकरमा लिईएको हो। एक शुन्यले पछिपरेको स्थितिमा दोश्रो हाफको २१ औं मिनेटमा हेमन तुम्बापोले गोल गर्दै एचके खेलमा फर्किएको थियोे ।

    खेलमा अग्रता भने पहिलो हाफको २२ औं मिनेटमा सिद्धार्थले लिएको थियोे । उसका मिग्मा गुरुङले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर सो अग्रता दोश्रो हाफको २१ औं मिनेटमा तोडिएसँगै उपाधि आशा जिवितै राखेको एचकेका लागि टाईब्रेकरमा आशिष् लाओती, संजय धिमाल, हेमन तुम्बापो र गोलरक्षक मौसम मगरले गोल गरेका थिए । उसका कप्तान अभिषेक फागोको प्रहार भने निसम दनुवारले बिफल तुल्याईदिएका थिए ।

    उता सिद्धार्थ एफसीका तर्फबाट भने कप्तान पुजन राई, सागर मगर र जोन लिम्बूले मात्रै गोल गर्न सके। सिद्धार्थका निर्मल राईको प्रहार मौसम मगरले बिफल बनाईदिएका थिए भने दिनेश थुलुङको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियोे ।

    यसअघि क्वाटरफाइनलको पहिलो लिग २-२ को बराबरीमा सकिएको थियो । आजको पराजयसँगै सिद्धार्थ एफसी प्रतियोगिताबाट बाहिरिएको छ।

     

  • बालोन डि ओर अवार्डको सूची सार्वजनिक

    बालोन डि ओर अवार्डको सूची सार्वजनिक


    काठमाडौं। यश वर्षको बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा विश्व चर्चित फुटबलर दोय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पर्न  सकेनन् ।

    अवार्डका लागि ३० खेलाडी मनोनयनमा पर्दा मेसी र रोनाल्डो उक्त सूचीमा नअटाएका हुन् ।

    मेसी किर्तिमानधारी आठ पटकको बालोन डी’ओर अवार्ड विजेता हुन् भने रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् । तर उस पटक दुबै नपर्दा विश्वभरका खेलप्रेमी अचम्मित भएका छन् ।

     

  • काठमाडौं महानगरले दियो पलेशालाई ५ लाख

    काठमाडौं महानगरले दियो पलेशालाई ५ लाख


    काठमाडौं। काठमाडौं महानगरपालिकाले पाराओलम्पिकमा कास्य पदक विजेत पलेशा गोवर्द्धनलाई ५ लाख र प्रशिक्षक कविराज नेगीलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

    महानगरका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोलले बुधबार विहान नगदसहित सम्मान गरेका हुन् ।

  • महिला लिग फुटबलमा कोशी प्रदेशको शानदार जित

    महिला लिग फुटबलमा कोशी प्रदेशको शानदार जित


    काठमाडौं। कोशी प्रदेशले एन्फा महिला लिग २०२४ मा शानदार  सुरुआत गरेको छ । 

    उसले उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकाविरुद्ध ४–० को शानदार जित निकालेेको हो ।

    आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा कोशीलाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् । सञ्जु तामाङले एक गोल गरिन। अर्को एक गोल आत्मघाती उपहार पाएको थियो ।

    खेलको १० औँ मिनेटमा सञ्जुको गोलमा कोशीले अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको कोशीले दोस्रो हाफमा तीन गोल गरेको थियोे ।

    आइतबारदेखि सुरु प्रतियोगितामा कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगमा तीन विभागीय – नेपाल पुलिस, एपीएफ र आर्मीसँगै कोशी, वाग्मती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको सहभागिता छ ।

    प्रतियोगिताको पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘डबल राउन्ड रोबिन’ पद्धतिमा उक्त पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो राउन्डबाट शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउनेछन् ।

     

  • सिटीको विजयी शुरुवात, चेल्सी पराजित

    सिटीको विजयी शुरुवात, चेल्सी पराजित


    लण्डन। इङलिस प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटीले नयाँ सिजन जितबाट शुरु गरेको छ। उसले पहिलो खेलमा चेल्सीलाई २-० ले पाख लगाउँदै उपाधि विजयी यात्रा प्रारम्भ गरेको हो।

    आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सिटीका लागि एर्लिङ हालान्ड र माटेओ कोभासिसले गोल गरे ।

    खेलको १८औं मिनेटमा हालान्डले बर्नार्डो शिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।  यस्तै कोभासिसले खेल सिकन ६ मिनेट बाँकी हुँदा सिटीका लागि दोस्रो गोल गरे । जितपछि सिटीले महत्वपूर्ण ३ अंक जोडेको छ ।

  • नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संघबिच सम्झौता

    नेपाल बुद्धिचाल महासंघ र काजकिस्तान चेस संघबिच सम्झौता


    काठमाडौं।  नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जनले काजकिस्तान चेस संघका कार्यकारी निर्देशक दौलेटोभा जि बि संग दुई पक्षीय हस्ताक्षर गरि नेपाली खेलाडीहरुलाई उच्चस्तरीय प्रशिक्षण दिने सम्झौता गरेका छन्।


    विश्व बुद्धिचाल महासंघ र एशिएन चेस फेडेरेशनको तत्वावधानमा हुने उच्चस्तरीय चेस प्रशिक्षण कार्यक्रमले चेस खेलको प्रचारप्रसार , चेस खेलको बिकास र आपसि सहयोग स्थापाना हुने मूल उदेश्य बोकेको छ।

    नेपाल बुद्धिचाल महासंघले चेस खेलको उन्नति र प्रगतिकालागि दुई पक्षीय सम्झौता गरे अनुसार पहिलो चरणको चेस प्रशिक्षण श्रावण १७ गते देखि आउने पुष १६ गते सम्म सञ्चालन हुने भएको छ।

    आज भएको दुई पक्षीय सम्झौतामा काजकिस्तान चेस संघले अन्तर्राष्ट्रिय ग्रायण्ड मास्टरलाई प्रशिक्षकको रुपका पठाउने, ब्राण्डेड टी-शर्त प्रदान गर्ने, चस ईन स्कुल कार्यक्रममा सहयोग गर्ने, खेल सामग्री प्रदान गर्ने, साइमलटानियस खेल प्रदर्शन गर्ने, वेवसाइत मार्फत समाचार संप्रेषण गर्ने र भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने सहयोग प्रदान गर्ने उल्लेख गरिएको छ।
    यस्तै नेपाल बुद्धिचाल महासंघले प्रशिक्षण दिन राम्रो स्थानको व्यवस्था गर्ने, नेपाली शीर्ष खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराउने, विदेशी प्रशिक्षकको लागि बस्ने र खाने व्यवस्था गर्ने, राष्ट्रिय दैनिक समाचार पत्रिकामा प्रचारप्रसार गर्ने र नेपाल स्थित अभिभावकीय खेलकुद निकाय सँग समन्वयात्मक भुमिका खेल्ने कुरा उल्लेख गरिएको छ।

    नेपाल बुद्धिचाल महासंघले सेप्टेम्बर १० देखि हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडलाई लक्षित गरेर पहिलो पटक अन्तर्राष्ट्रिय ग्राण्ड मास्टरद्वारा उच्चस्तरीय चेस प्रशिक्षण शुरु गरेको हो। बुढापेष्टमा हुने खेल प्रतिस्पर्धा दौरान काजकिस्तानी ग्रायण्ड मास्टर जिएम मुर्तजा टोलि सँगै रहने भएको छ। नेपालले सहभागी जनाउने पुरुष र महिला दुवै विधामा महासंघले पदक प्राप्त गर्ने गरि तयारी शुरु गरेको छ।

    नेपाल बुद्धिचाल महासंघले चेस ओलम्पियाड तयारी सम्बन्धमा नेपाल च्याम्पियन राजन सुबेदीले सन्तुष्ट जानएका छन्। महासंघले बाहिर जिल्लाका खेलाडीलाई होटलमा राखेर सुपर ग्रायण्ड मास्टरले प्रशिक्षण प्रदान गर्नु हाम्रो लागि गौरवको बिषय हो। हामी खेलाडीलाई यसले ठूलो उत्प्रेरणा मिलको छ । हामी पदकको लागि खेल्ने छौं।

  • ४५ औं चेस ओलम्पियाडमा सहभागी खेलाडीका लागि क्लोज क्याम्पको तयारी

    ४५ औं चेस ओलम्पियाडमा सहभागी खेलाडीका लागि क्लोज क्याम्पको तयारी


    काठमाडौं। विश्व बुद्धिचाल महासंघले आगामी सेप्टेम्बर ९ देखि २३ सम्म यूरोपको हंगेरी स्थित बुढापेष्टमा ४५ औं चेस ओलम्पियाडको आयोजना गर्ने तय गरेकोछ।         

    नेपाल बुद्धिचाल महासंघले पुरुष तर्फ कोषाध्यक्ष तारा बहादुर रानाभाट र महिला तर्फ केन्द्रीय सदस्य राजु ताम्राकारको नेतृत्वमा दुई टोलिको सहभागीता गराउने निश्चित गरेका छन्।

    ४५ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली खेलाडीका लागि नेपाल बुद्धिचाल महासंघले बुधबार देखि ठमेल स्थित होटल सत्कारमा बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रवन्ध मिलाएको छ। बन्द प्रशिक्षण मार्फत नेपाली टोलिको खेल स्तर उन्नति गर्न काजकिस्तानका ग्राण्ड मास्टर (जिएम) अजिब क्याक्ट काजिलेभ मंगलबार काठमाडौ आइपुगेका छन्।

    आफ्नो जीवनको एक समय २७ सय रेटिङ्ग नघाएका सुपर जिएम अजिब क्याक्ट काजिलेभलाई आज विहान नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई, महासचिव धरम बहादुर लामा, उपमहासचिव मोनालिसा खम्बू र कोषाध्यक्ष ताराबहादुर रानाभाटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

    विश्व भरका एक सय १९१ राष्ट्रहरुको सहभागीता रहने चेस ओलम्पियाडमा नेपाली पुरुष टोलिले समूह डि मा रहेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी जनाउने छन्। उक्त समुहमा नेपालले पदक हासिल गर्ने लक्ष्य सहित श्रावण २३ गते देखि भदौ ५ गते सम्म १५ दिन विशेष स्तरको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस लगत्तै नेपाली चेस टोलिलाई  थप १५ दिनको अनलाइन प्रशिक्षणको व्यवस्था गरिएको छ।

     

    गत बैशाखमा सम्पन्न २४ औं  नेशनल चेस च्याम्पियनसीप तथा ओलम्पियाड छनौटमा उत्कृष्ट खेलाडी झापाका नेपाल च्याम्पियन २०१९ रेटड  राजन सुवेदी , २००५ रेटेड सि एम शुश्रुत दाहाल , काभ्रेका फिडे मास्टर २०९० रेटेड क्षितिज भण्डारी , रौतहटका २०३९ रेटेड रुपेश जैशवाल र नेपाली उच्च वरियता खेलाडी  सि एम २२८२ रेटेड विवेक थिङ खुल्ला तर्फको टोलीमा रहन सफल भएका छन्।

    त्यसैगरी महिला नेशनल च्याम्पियनसिपमा उत्कृष्ट भएका पाँच खेलाडी मध्ये काठमाडौकी १७०८ रेटेड सिन्दिरा जोशी ,  झापाकी १७४६ रेटेड कृतिसारा अधिकारी , कास्किकी १६८४  रेटेड  पूजा भण्डारी , मोरङकी १६७८ रेटेड  शान्ति धिमाल र काठमाडौकी युवा १६ राष्ट्रिय च्याम्पियन १६४० रेटेड रिया श्रेष्ठले उक्त क्लोज क्याम्पमा सहभागीता जनाउनेछ।

    विश्व बुद्धिचाल महासंघको निमन्त्रणामा हंगेरी टोलिको नेतृत्व गर्दै चिफ डेलिगेटका रुपमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र फिडे डेलिगेटका रुपमा महासचिव धरम बहादुर लामा बुढापेष्ट जाने भएका छन्। डेलिगेट्सले नेपालमा  बुद्धिचाल खेलको बृहत्तर बिकासका लागि महत्त्वपूर्ण भेटघाट गर्नेछन्।


    चेस खेल महाकुम्भको रुपमा रहेको उक्त ४५ औं हंगेरी चेेेस  ओलम्पियाडमा पुरुषतर्फ संयुक्त राज्य अमेरिकालाई पहिलो वरियता प्रदान गरिएको छ । प्रतिस्पर्धामा भारतीय टोली दोश्रो, चीन तेस्रो, उज्बेकिस्तान चौथो र नेदरल्याण्डलाई पाँचौ वरियता प्रदान गरिएको छ । त्यस्तै महिला तर्फ जर्जियालाई शिर्ष वरियता प्रदान गरिएको छ भने भारत दोश्रो स्थान, पोल्याण्ड तेस्रो, चीन चौथो र अजरबैजानलाई पाँचौं वरियता प्रदान गरिएको छ ।
    अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पुरुष टिमले ११५ औं वरियता र महिला टिम ११७ औं  स्थानमा रहेर खेलको शुरुआत गर्नेछन् । नेपालले पहिलोपटक ओलम्पियाडमा अन्तर्राष्ट्रिय स्तरको कोच व्यवस्था गरि ग्रायण्ड मास्टर अजिब क्याक्ट काजिलेभलाई टिम सँगै हंगेरी लग्ने भएको छ। यसपटक नेपालले दुवै विधामा पदकको लक्ष्य राखेको छ।