Blog

  • लिभरपुल इएफएल कपको सेमिफाइनलमा

    लिभरपुल इएफएल कपको सेमिफाइनलमा


    एजेन्सी – लिभरपुल इएफएल कपको सेमिफाइनलमा पुगेको छ। घरेलु मैदान एनफिल्डमा बुधबार लिभरपुलले वेस्टह्यामलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरको हो।

    लिभरपुलका‌ लागि कार्टिस जोन्सले २, डोमिनिक सोबोस्लाइ, कर्टिस जोन्स, कोडी गाक्पो, मोहम्मद सलाहले समान १ गोल गरे ।

    सोबोस्लाइले २८ मिनेटमा करिब २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । जोन्सले ५६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा गाक्पोले गोल गरे । सिजनको गाक्पोको त्यो आठौं गोल हो ।

    जारोड बोवेनले ७७ औं मिनेटमा वेस्टह्यामका लागि गोल गोल गरे । ८२ औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अन्तर बढायो । ८४ औं मिनेटमा जोन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले ५–१ को जित निकाल्यो ।

    लिभरपुलले सेमिफाइनलमा फुलहमसँग पहिलो लेग जनवरी ८ मा खेल्नेछ ।