Blog

  • ललितपुरका सुरोज महर्जनलाई र्यापिड चेसको उपाधि

    ललितपुरका सुरोज महर्जनलाई र्यापिड चेसको उपाधि


    काठमाडौ। ललितपुरका सुरोज महर्जनलाई र्यापिड चेसको उपाधि जितेका छन् ।
    टोखा युवा क्लबको आयोजनामा सम्पन्न दुई दिने दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका महर्जनले हात पारेका हुन्।

    केहीदिन अघि मात्र सम्पन्न भएको छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लव चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लवबाट खेलेका सुरोजले अन्तिम चरणको खेलमा काठमाडौका धिरेन राईलाई पराजित गरे।

    उत्कृष्ट लयमा रहेका सुरोजले आठ खेलमा जित निकालेका थिए भने छैटौं चरणको खेलमा शुुुसुरत दाहालसंग पराजित भए।
    उनले नगद १५ हजार हात पारे।

    काठमाडौका सुदिप तामाङ दोस्रो र धिरेन राई तेस्रो स्थानमा रहेर क्रमशः १० हजार र ७ हजार नगद पुरस्कार पाउन सफल भऐ।
    साढे ७ अंक जोडेका सुदिपले नवौ चरणको खेलमा बिनय राइलाई हराएका थिए।

    साढे ७ अंक नै भए पनि धिरेन सुदिपसंग प्रोग्रेसिभ अंकमा पछाडि परे। टोखा नगरपालिका वडा नं ३ को आर्थिक सहयोगमा संचालन भएको प्रतियोगितामा झापाका शुसुरत दाहाल चौथो र सुमन लामा पाँचौ स्थानमा रहे। शुसुरतले ५ हजार र सुमनले ४ हजार नगद पाए।

    दशौं सम्मलाई नगद पुरस्कार रहेको प्रतियोगितामा झापाका सुमन मोक्तान, काठमाडौका पुरुषोत्तम सिलवाल, धनुषाका सुशील चौधरी, काठमाडौका सुभाष गुरुङ र प्रेमकृष्ण महर्जन छैटौं देखि दशौसम्म रहन सफल भएका छन्।

    त्यसैगरी अनरेटेडतर्फ फुर्वा लामा उत्कृष्ट ठहरिए भने भेट्रानमा भक्तपुरका गणेशमान दुवाल पहिलो भए। महिलातर्फ काठमाडौका पुर्णिामा गुरुङ पहिलो भईन भने स्थानीय टोखामा जितेन्द्र डंगोल प्रथम भए।

    त्यसैगरी यु १४ मा छात्रातर्फ रिया श्रेष्ठ र छात्रमा अभिन पाण्डेले पहिलो स्थान हात पारे। प्रतियोगितामा विजेता खेलाडीहरुलाई टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पुरस्कृत गरे।

    अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुले संचालन गरेको दुई दिने प्रतियोगितामा १७८ जना खेलाडीहरुको सहभागी रहेको थियो।

     

  • मोरङको उर्लाबारीमा फुटबल प्रतियोगिता हुने

    मोरङको उर्लाबारीमा फुटबल प्रतियोगिता हुने


    दमक। मोरङको उर्लाबारीमा यहि माघ १२ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ।

  • बुद्धिचाल टिम च्याम्पियनसिपको उपाधि दोलखालाई

    बुद्धिचाल टिम च्याम्पियनसिपको उपाधि दोलखालाई


    ललितपुर।  नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।

    उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ५-३ र ५-० ले पराजित गर्यो। टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुसोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेले भने दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गरे । यस्तै आज नै भएको अर्को खेलमा कमवानपुर जिल्ला चेस संघलाई २-५ र १-५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेश्रो भएको छ ।

    प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

    यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको केशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

    त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ ।

    राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको थियो ।

     

  • उपाध्यक्ष कप भलिबलको उपाधि हिलिहाङलाई

    उपाध्यक्ष कप भलिबलको उपाधि हिलिहाङलाई


    पाँचथर। आयोजक याङवरक गाउँपालिकालाई पराजित गर्दै हिलिहाङ गाउँपालिकाले मुकुबुङमा सम्पन्न प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

    उसले याङवरकमाथि ३-१ को सेटमा जित हात पारेको थियोे । पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पारेको हिलिहाङले दोश्रो सेट भने २५-१५ को फराकिलो अन्तरमा गुमाएको थियोे ।

    यद्यपि म्यान अफ द म्याच युवराज वाग्लेको उत्कृष्ट प्रदर्शनसँगै तेश्रो सेटमा २५-२० र चौथो सेटमा २५-२३ को जित निकाल्दै हिलिहाङले याङवरकलाई घरेलु समर्थकको साथ पाएपनि निरास बनायो ।

    जितसँगै हिलिहाङले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेेको छ। त्यस्तै उपविजेता याङवरकले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिलिहाङका कप्तान उपेन्द्र उप्रेती भए । प्रतियोगितामा पाँचथरका ८ ओटै पालिकाको सहभागिता रहेको थियोे ।

     

  • लिभरपुलको प्रदर्शन सम्भावित च्याम्पियन जस्तो

    लिभरपुलको प्रदर्शन सम्भावित च्याम्पियन जस्तो


    एजेन्सी। लिभरपुल यसपल्टको इंग्लिस प्रिमियर लिगमा उपाधिका लागि साँच्चै बलियो प्रत्यासी बनेको छ । यसका दुई स्पष्ट कारण छन् । पहिलो, यसपल्ट लिभरपुलले लिगमा सर्वाधिक बढी गोल गरेको कीर्तिमान बनाउन सक्छ । दोस्रो, यो सिजन लिभरपुलले पोस्टमा सर्वाधिक आक्रमणको कीर्तिमान बनाएको छ ।

    पछिल्लो ‘ट्रान्सफर विन्डो’ मा लिभरपुल अलिकति बढी नै ब्यस्त रह्यो । अनि त्यसकै आधारमा टिमको पुर्ननिर्माण गर्न सफल रह्यो ।

    कप्तान जोर्डन हेन्डरसन र फाबिन्होको बिदाइपछि व्यवस्थापक योगर्न क्लोपसामु टिम पुर्ननिर्माण गर्नु पर्ने आवश्यकता थियो । तर उनले पनि सोचेका थिएनन होला, सन् २०२४ को पहिलो दिन लिभरपुल नै अंक तालिकाको शीर्षमा हुनेछ भनेर ।

    लिभरपुलले पछिल्ला २० खेलमा एकै खेल मात्र गुमाएको छ, त्यसैले त यो टिम साँच्चै लिग तालिकाको शीर्षमै छ । लिभरपुलले आफ्नो पछिल्लो खेलमा मज्जाले सजिलै न्युकासल युनाइटेडलाई ४–२ ले हरायो ।

    एनफिल्डमा भएको यस खेलमा क्रममा भारी वर्षा र तीव्र हावा पनि देखियो । यही खेल जितेर लिभरपुलले लिग तालिकाको शीर्षमा तीन अंकको अग्रता राखेको हो ।

  • भारतीय क्लब नोयडाको प्रो क्लब टि-२० मा पहिलो जित

    भारतीय क्लब नोयडाको प्रो क्लब टि-२० मा पहिलो जित


    बिरगंज। भारतीय क्लब वोन्डर्स नोयडाले प्रो क्लब टि-२० च्याम्पियनसिपमा शसस्त्र प्रहरीको एपीएफ क्लबमाथि ८ विकेटको जित हात पारेको छ ।

    एपीएफले दिएको १ सय ४५ रनको लक्ष्य नोयडाले १६.२ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो । नोयडाको जितमा ऋतिक भत्सले २१ बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको योगदान दिए भने हर्षित सेठी ३५ बलको सामनामा ३ चौका र ३ छक्काको सहायतामा ४५ रनमा अविजित रहे ।

    त्यस्तै सिद्धार्थ गोस्वामी ३४ बलमा ४ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहे । ऋतिक आरोराले १२ रन बनाए । बलिङतर्फ एपिएफका कमल खत्री र विपिन खत्रीले एक-एक विकेट लिए ।

    त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियोे ।

    एपिएफका लागि प्रदीप ऐरीले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २४ रन बनाउँदा आसिफ शेख १९, हरिशंकर शाह २३, सन्दीप जोरा २०, लोकेश बम १९ र अमर सिंह राउटेलाले १७ रन बनाए।

    बलिङतर्फ नोयडाका एलिप्त गुप्ताले २ तथा ऋतिक भत्स, सन्जीव चतुर्बेदी र हर्षित सेठीले एक-एक विकेट लिए । जितसँगै वण्डर्सले महत्वपूर्ण २ अंक जोडेको छ। यो उसको पहिलो जित हो। वण्डर्स चौथो स्थानमा छ।

  • त्रिभुवन आर्मी क्लबद्वारा पर्सा ६६ रनले पराजित

    त्रिभुवन आर्मी क्लबद्वारा पर्सा ६६ रनले पराजित


    झापा। सेनाको त्रिभुवन आर्मी क्लब बीरगञ्जमा जारी प्रो टि-२० क्लब च्याम्पियनसिपमा विजयी भएको छ।  उसले पर्सालाई ६६ रनले पराजित गरेको हो ।

    अलराउण्डर कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि प्रो क्लब टि-२० च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लबले पर्सालााई एक सय ६० रनको लक्ष्य दिएको थियो ।

    एक सय ६० रनको लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको पर्साले ९ विकेटको क्ष्यतिमा मात्र ९३ रन बनााउन सक्यो । पर्साका कप्तान संदीप लामिछानेले सर्बाधिक अविजित ३२ रन बनाएपनि अन्यले खासै प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आर्मीका सहाब आलम र बसिर अहमदले समान ३ विकेट लिए ।

    यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियोे।

    उसका लागि कुशल मल्लले बिष्फोटक ब्याटिङ गरे । उनलेे ३९ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यस्तै विनोद भण्डारीले १६ बलमा ३ चौका र १ छक्कासहित २६ रा बनाउँदा सन्तोष कार्की १६ रनमा आउट भए ।

    त्यस्तै रोहित पौडेलले १४ बलमा २ चौकासहित १३ रन बनाउँदा विवेक यादवले १२, राजेश पुलामीले ९ र  भीम सार्की ३ रनमा चित्त बुझाए ।

    बलिङतर्फ पर्साका कप्तान सन्दीप लामिछाने, पवन सरार्फ, नसारुदीन अन्सारी, रन्जित कुमार र रुपेश सिंहले समान १-१ विकेट लिए । जितसँगै आर्मीको तीन खेलबाट ६ अंक भएको छ। आर्मी शिर्ष स्थानमा छ।

  • मल्ल चम्किएपछि एपिएफमाथि पुलिसको शानदार जीत

    मल्ल चम्किएपछि एपिएफमाथि पुलिसको शानदार जीत


    वीरगन्ज। शेर मल्लले २ ओभर २ बलमा ३ रन खर्चेर ५ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रो क्लब टि-२० च्याम्पियनसिपमा एपीएफमाथि ८९ रनको शानदार जित निकालेको छ। मल्लसँगै ललित राजवंशीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट तथा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिदा एपीएफ मात्रै ५१ रनमा अल आउट भएको थियोे ।

    एक सय ४१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमा समेटिएको थियोे। एपिएफका प्रदीप ऐरीले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाए भने १० खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    उसका आसिफ शेख र हरिशंकर शाह ८, सुमित महर्जन ९, सन्दीप जोरा र अमर सिंह राउटेला १–१ रनमा पेवेलियन फर्किदा लोकेश बम, विपिन खत्री, अभिनाश बोहोरा, कमल खत्री र रमेश कुर्मी डक आउट भए ।

    त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

  • ललितपुरमा तुल्सिलाल स्मृति बुद्धिचाल हुने

    ललितपुरमा तुल्सिलाल स्मृति बुद्धिचाल हुने


    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना रहेको छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यहि पुस २३ देखि २८ गतेसम्म हुने भएकोछ।

    ललितपुरको च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान हलमा लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार २ लाख , उपविजेताले १ लाख २० हजार , तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

    त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०/१० हजार पुरस्कारको व्यवस्था गरिएकोछ। जस अनुसार कूल पुरस्कार राशी ४ लाख ७० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्।

    विगत भन्दा फरक शैलीमा खेलाइने प्रतियोगिताका प्रत्येक टिममा वैकल्पिक सहित ५ जना खेलाडीहरुको सहभागीता रहनेछ। जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई A, B, C र D गरि चार समूह वर्गीकरण गरिएको छ।

    जस अनुसार समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहने छन्।

    समूह बि मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सि मा यु २० र मूह डि मा यु १६ वा महिला खेलाडी रहने छन् । वैकल्पिक खेलाडीमा जुन समुहको खेलाडी हो त्यही ठाउँमा प्रतिस्पर्धा गर्न पाउने छन।
    प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब , ललितपुर स्पोर्ट्स क्लब, गजुरमुखी चेस क्लब, गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, हिमालयन चेस क्लब लगायत सातै प्रदेशका टिमहरुको सहभागीता रहने महासचिव धरम बहादुर लामाले प्रेस विज्ञप्ति मार्फत जानकारी गराए।

    यस प्रतियोगिता सञ्चालन गर्न कूल अनुमानित खर्च नगद ३१ लाख लाग्ने जानकारी गराएका छन्। उक्त रकमको ब्यवस्था बाग्मति प्रदेश खेलकुद परिषद् हेटौंडा , राष्ट्रिय खेलकुद परिषद , स्थानीय तह , सुभेच्छुक संघ संस्था र प्रतिष्ठित ब्यक्तिहरुको सहयोग रहने कावा अध्यक्ष हेराकाजि महर्जनले जानकारी गराएका छन्।

  • ओपोकुको ह्याट्रिकसँगै काठमाडौँ रेन्जर्सविरुद्ध वीरगन्जको शानदार जित

    ओपोकुको ह्याट्रिकसँगै काठमाडौँ रेन्जर्सविरुद्ध वीरगन्जको शानदार जित


    काठमाडौं। विदेशी खेलाडी विलियम ओपोकुको ह्याट्रिकसँगै वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्समाथि सानदार जीत निकालेको छ।

    उसले  जारी नेपाल‌ सुपर लिगमा बिहीबार पहिलो हाफ १-१ को बराबरीमा खेलेपनि दोस्रो हाफमा तीन गोल गर्दै वीरगन्जले ४-१ को जित हात पारेको हो।

    जित पछि वीरगन्जले पनि प्लेअफमा पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ। वीरगन्जको ६ खेलमा ८ अंक भएको छ। पाँचौं स्थानमा रहेको पराजित काठमाडौंको भने ७ खेलमा ९ अंक भएको छ।