Blog

  • नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाईनल सम्भावना जिवितै

    नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाईनल सम्भावना जिवितै


    काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियामाथि ३ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै नेपालले फाइनल पुग्ने संभावना जिवितै राखेको छ ।

    एक सय ८१ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रिएको  नामिबियाले ७ विकेट गुमाएर एक सय ७७ रन मात्र बनाउन सक्यो ।

    अन्तिम ओभरमा जितका लागि १२ रन मात्र आबश्यक रहेको नामिवियालई करण केसीले धारिलो बलिङ गर्दै मात्र ८ रन दिएपछि नेपाल ३ रनले विजयी भएको थियोे ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै एक सय ८० रन जोडेको थियो ।

  • सावित्रा भण्डारी साम्बाले फाईनल नखेल्ने

    सावित्रा भण्डारी साम्बाले फाईनल नखेल्ने


    काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी स्टार सावित्रा भण्डारी साम्बाले साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियन्सिपको फाईनल नखेल्ने भएकी छन्।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्पमा आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्धको फाईनल खेल नखेल्ने भएकी हुन्।

    उनी लिग खेल्न फ्रान्स जाने भएकोले साम्बा फाईनलमा नेपालको तर्फबाट मैदानमा उत्रिने छैनन् । जुन नेपालको लागि भारी सावित हुन सक्छ ।

    क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ।

    यसअघि समूह चरणका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेकि थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्।

    क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने एन्फाले उल्लेख गरेको छ।

  • पहिलो टी-२० मा नामिबियासँग नेपाल स्तब्ध

    पहिलो टी-२० मा नामिबियासँग नेपाल स्तब्ध


    काठमाडौं।  त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग स्तब्ध  भएको छ। नेपाल नामिबियासँग २० रनले स्तब्ध भएको हो ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

    विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ४८ रन बनाएका ऐरी १८.४ ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा क्याच आउट भएपछि नेपालको जितको आशा सकिएको थियो । उनी आउट हुँदा नेपाललाई जितका लागि ८ बलमा २० रन चाहिएको थियो । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियोे ।

  • भारतलाई पराजित गर्दै अस्ट्रेलिया यू-१९ विश्वकपको च्याम्पियन

    भारतलाई पराजित गर्दै अस्ट्रेलिया यू-१९ विश्वकपको च्याम्पियन


    काठमाडौं। साविक विजेता भारतलाई पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

    आइतबार दक्षिण अफ्रिकामा सम्पन्न खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो।

    अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।

    आइतबार अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो।

    भारतका लागि ओपनर आदर्श सिंहले ४७ रन जोड्दा उनका ओपनिङ पार्टनर अर्शिन कुलकर्नी ३ रनमा आउट भए।

    मुशीर खानले २२ रन जोड्दा भातरका त्यसपछिका चार ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मुरुगन अभिषेकले ४२ रन जोडे पनि भारतले जिततर्फ अघि बढ्न सकेन।

    भारतलाई सस्तैमा रोक्ने क्रममा अस्ट्रेलियाका महली ब्रेडम्यान र रफ म्याकमिलनले ३-३ विकेट लिए। कोलुम भिडलरले २ विकेट लिए।

    त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो।

    अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रनको योगदान गरे। उनले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

    ओपनर ह्यारी डिक्सनले ४२ रन र कप्तान ह्युज वेइबगेनले ४८ रन बनाए। यस्तै ओलिभर पिकले नटआउट ४६ रनको योगदान गरे।

    बलिङमा भारतका राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे।

  • सुजेन्द्र प्रसाद स्मृति चेस हुने

    सुजेन्द्र प्रसाद स्मृति चेस हुने


    काठमाडौ। नेपालमा बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठको स्मृतिमा यही माघ २७ गते एकदिने द्रुतगतिको खुल्ला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ।

    नेपालमा बुद्धिचाल खेलको विस्तार र विकासमा महत्त्वपूर्ण योगदानमा हुने सुजेन्द्र प्रसादको सम्झनामा मखन चेस क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो।

    मखन चेस क्लवका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय सुजेन्द्र प्रसाद श्रेष्ठको २०७९ चैतमा क्यान्सरको कारण दुखद निधन भएको थियो।

    स्विस लिग प्रणाली अनुसार नवौ चरण सम्म हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई कुल नगद पुरस्कार ५० हजार प्रदान गरिनेछ ।विजेतालाई १० हजार , उप विजेतालाई ८ हजार र तेस्रो स्थान रहनेलाई ६ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    काठमाडौको मखन स्थित तारिणी बहालमा हुने प्रतियोगितामा चौथो देखि दशौसम्मलाई र विभिन्न समुहगततर्फ पनि नगद पुरस्कार प्रदान गरिने कुरा आयोजक क्लवका अध्यक्ष सुरज प्रसाद श्रेष्ठले जानकारी गराए।

  • उर्लाबारी भेट्रान्सको उपाधि धरानलाई

    उर्लाबारी भेट्रान्सको उपाधि धरानलाई


    दमक। मोरङको उर्लाबारीमा सम्पन्न दोश्रो उर्लाबारी भेट्रान्स कप अन्तर पालिका फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ।

    उसले सुन्दरहरैँचा नगरपालिकालाई ३-० को फराकिलो अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।

    डिफेन्डिङ च्याम्पियन धरानको जितमा पदम राई र शतिस केशीले गोो गरे । पदमले पहिलो हाफको ७ औं  मिनेटमा गोल गरेका थिए भने शतिसले दोश्रो हाफको १७ औं र १८ औं मिनेटमा गोल गरेका थिए ।

    सुन्दरहरैँचाका सिताराम बास्तोलाको प्रहार गोल पोष्टमा लागेर बिफल भएको थियोे भने सुरज श्रेष्ठ, होमनाथ बराल र चन्द्रबहादुर लिम्बूले पनि पाएका अबसरलई सदुपयोग गर्न सकेनन् ।

    जितसँगै धरानले नगद ७५ हजार र ट्रफी हात पारेको छ। त्यस्तै उप-विजेता सुन्दरहरैँचाले नगद ५० हजार र ट्रफी हात पारेको छ। फाईनल खेलको म्यान अफ द म्याच धरानका संतोष राई भए ।

    त्यस्तै बेष्ट डिफेन्सको उपाधि सुन्दरहरैँचाका कप्तान दीपक कुमार भण्डारीले हात पार्दा बेष्ट फरवार्ड धरानका शतिस केसी, बेष्ट मिडफिल्डर सुन्दरहरैँचाका उत्तर कुमार खबास, उत्कृष्ट गोलकिपर धरानका विजय कट्वाल र सर्वोत्कृष्ट खेलाडी धरानका विष्णु सुनुवार भए। त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि सुन्दरहरैँचाका सुरज कुमार श्रेष्ठले हात परे उनले ४ गोल गरेका थिए ।

    प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरि ८ पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स फुटबल क्लबले गरेको थियो ।

  • बिर्तामोडलाई पाखा लगाउँदै ईटहरी सेमिफाइनलमा

    बिर्तामोडलाई पाखा लगाउँदै ईटहरी सेमिफाइनलमा


    दमक। उपाधि दाबेदार झापाको बिर्तामोड नगरपालिकालाई पाखा लगाउँदै ईटहरी उपमहानगरपालिका मोरङको उर्लाबारीमा जारी अन्तर पालिका दोश्रो उर्लाबारी भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ।

    उसले बिर्तामोडलाई एक शुन्यको झिनो अन्तरमा पाखा लगाएको हो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो हाफको १३ औं मिनेटमा निर्मल तामाङले फ्रिकीक मार्फत गोल गर्दै ईटहरीलाई अग्रता दिलाएका थिए ।

    एक शुन्यले पछिपरेको बिर्तामोडले आँफुले पाएका अबसर सदुपयोग गर्न नसक्दा खेलमा फर्कन सकेन्। ईटहरीले पनि आधा दर्जन अबसर खेर फालेको थियोे ।

    जितसँगै ईटहरीले फाईनल प्रबेशका लागि धरानसँगको भेट पक्का गरेको छ। मंगलबार उपाधि दाबेदार दुई टोली बिराटनगर र सुन्दरहरैँचा आमनेसामने हुनेछन् ।

    प्रतियोगिताको विजेताले नगद पचहत्तर हजार र उप-विजेताले नगद पचास हजार रुपैयाँ हात पार्नेछ । राधिका माविको खेल मैदानमा जारी प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स फुटबल क्लबले गरेको हो।

  • सुन्दरहरैँचा उर्लाबारी भेट्रान्सको सेमिफाइनलमा

    सुन्दरहरैँचा उर्लाबारी भेट्रान्सको सेमिफाइनलमा


    दमक। सुन्दरहरैँचा भेट्रान्स मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ।

    राधिका माविको खेलमैदानमा सम्पन्न खेलमा सुन्दरहरैँचाले कनकाई भेट्रान्स झापालाई २-० को स्पष्ट अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान शुरक्षित गरेको हो।

    खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको शुन्दरहरैँचाका लागि सिताराम बास्तोलाले खेलको ११ औं मिनेटमा दर्शनीय गोल गर्दै अग्रता दिलाएका थिए ।

    त्यसपछि झनै आक्रामक देखिएको उसका लागि २३ औं  मिनेटमा सुरज कुमार श्रेष्ठले ग‍ल गर्दै दुई शुन्यको जित दिलाए ।

    उर्लाबारी भेट्रान्सको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप-विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ ।

    सोमबार उपाधि दाबेदार सुनसरीको ईटहरी भेट्रान्स र विर्तामोड भेट्रान्स आमने-सामने हुनेछन् । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरि ८ टिमको सहभागिता रहेको छ।

  • उर्लाबारी भेट्रान्सलाई पाखा लगाउँदै बिराटनगर सेमिफाइनलमा

    उर्लाबारी भेट्रान्सलाई पाखा लगाउँदै बिराटनगर सेमिफाइनलमा


    दमक। बिराटनगर महानगरपालिका मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान्स कप अन्तर पालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ।

    शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक उर्लाबारी भेट्रान्स फुटबल क्लबलाई एक शुन्यको झिनो अन्तरले पराजित गर्दै बिराटनगरले अन्तिम चारमा स्थान शुरक्षित गरेको हो।

    खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको बिराटनगरका लागि म्यान अफ द म्याच प्रशान्त श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

    पराजयसँगै उर्लाबारी भने खेलबाट बाहिरिएको छ। उत्कृष्ट खेल प्रदर्शन गरेपनि आँफूले पाएका अबसर सदुपयोग गर्न नसक्दा आयोजक उर्लाबारी प्रतियोगिताबाट बाहिरिएको हो।

    शनिबार उपाधि दाबेदार धरान उपमहानगरपालिका सुनसरी र शिवसत्ताक्षी नगरपालिका झापा आमाेसामने हुनेछन् ।

    राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप-विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ।

  • नेपाल पाकिस्तानसँग पनि पराजित

    नेपाल पाकिस्तानसँग पनि पराजित


    एजेन्सी। आईसिसी यू – १९ विश्वकपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।

    बुधबार भएको समूह डी को आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो।

    नेपाल अघिल्लो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।