Blog

  • तीन नेपाली खेलाडी अग्रस्थानमा 

    तीन नेपाली खेलाडी अग्रस्थानमा 


    बेलबास। कर्णेल उरजिर सिंह थापा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन सम्पन्न चौथौं चरणको खेल सम्ममा नेपालका सुदिप तामाङ , एफएम रुपेश जैसवाल र सिएम पुरुषोत्तम चौलागाईं ४/४ खेलमा जीत निकाल्दै संयुक्त अग्रस्थानमा रहन सफल भएका छन्। ४ अंक हासिल गर्नेमा भारतका सुधिर कुमार सिन्हा, डब्लूएफएम बृष्टि मुखर्जी र रिसब निसद रहेका छन्।

    बुटवल उपमहानगरपालिकाको पुरस्कार राशी सहयोगमा सञ्चालन भइरहेको मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपालका सिएम सजिन महर्जन, भारतका दिव्याशं कुमार सिंह र भारतकै निलेश कुमार ३.५ अंक सहित संयुक्त दोश्रो स्थानमा उभिन सफल बनेका छन्।
    नेपालका प्रशान्त गौतम, तिर्थ बहादुर बिके, सिएक कृष्णथापा, आशिष् फूँयाल, गोविन्द खड्का, बिनोद नाल्मि, बिक्रम वैश्य, सुनिल बहादुर कोइराला, भिमदत्त पाण्डे, लक्ष्मण कुमार सेठ, सुदेश श्रेष्ठ, राम बहादुर क्षेत्री, सुरज महर्जन, शिवम् कुमार बिके, शिखर रेग्मी, चमन गहमगर, बिकास बराल, अशोकमोहन श्रेष्ठ, विशनमान थैव, धिरेन राई र बिजनमान थैवले ३/३ अंक जोड्दै संयुक्त तेश्रो स्थान ओगट्न सफल बनेका छन्।

    नेपालको बुटवल अर्घाखाँची पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा उच्च रेटेड बंगलादेशका खेलाडी सिएम एमडि जमाल उद्दिन, अमेरिकन खेलाडी वेभर सिया, भारतका सुभमषी विपुल, प्रखर त्रिपाठी, हिमांशु हर्ष,  दिलिप त्रिपाठी, आशुतोष कुमार लगायत ३३ जना खेलाडीहरुले ३ अंक बनाउदै तेश्रो स्थानमा भाग जमाउन सफल बनेका छन्।

    हिजोवाट शुरु रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल १५० अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ। प्रतियोगितामा पहिलो हुने खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए। त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।

    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्। मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल चैत २७ गते सम्पन्न हुनेछ भने उत्कृष्ट अंक हुनेलाई विजेत घोषणा गर्नेछन्।

  • बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल शुरु 

    बुटवलमा अन्तर्राष्ट्रिय बुद्धिचाल शुरु 


    बुटवल। बुटवल उपमहानगरपालिकाको सहयोगमा कोलोनेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता आजवाट शुरु भएको छ। रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप चेस खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका गरी १५० खेलाडीहरुको सहभागीता रहेको छ।

    बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै अमेरिकाको शैन्य समूहसंग सामान्य हतियार बोकि चतुर्‍याइँका साथ युद्ध गरेर अमरत्व प्राप्त गरेका कोलोनेल उजिन सिंह थापाको स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएकोमा बुटवल उपमहानगरपालिकाका साथीहरूलाई बधाई ज्ञापन गरेका छन्।

    उदघाटन समारोहका सभापति माधव प्रधानले लामो समय पछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुन: सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गरेका छन्। उनले प्रतियोगिताका विजयी खेलाडीले नगद रु २ लाख पुरस्कार प्राप्त गर्ने बताए।

    त्यसैगरी द्वितीय हुनेले रु. १ लाख १० हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार हात पार्ने छन्।

    अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौं स्थान र विभिन्न विधा अन्तर्गत जम्मा नगद १० लाख १ हजार नगद , आकर्षक ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन्।

    नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जनको उपस्थितिमा सम्पन्न पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्णथापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे,एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १ /१ अंक जोड्न सफल बनेका छन्।

    अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव,  सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १/१ अंक बनाई राम्रो शुरुवाट गरेका छन्।

    नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग खेल खेलाइने छ। २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरी विजेताको छनौट गर्नेछन्।

  • बुटवलमा अन्तराष्ट्रिय बुद्धिचाल हुने

    बुटवलमा अन्तराष्ट्रिय बुद्धिचाल हुने


    बुटवल। बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ ।

    बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले यहि चैतको २४ देखि २७ गतेसम्म कर्णेण उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो ।

    संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म ११७ जनाले नाम दर्ता गराईसकेका छन् ।

    प्रतियोगितामा ४ सय जनासम्मलाई सहभागि गराउन सकिने बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले बताउनु भयो ।

    प्रतियोगितामा सहभागि हुनको लागि रुपन्देही जिल्लाका खेलाडिलाई ३ हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंया, रुपन्देही बाहेककालाई ७ हजार रुपैंया र नेपाल बाहिरका खेलाडिलाई १० हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक   माधवप्रसाद प्रधानले जानकारी गराउनु भयो ।

    नेपालमै अहिलेसम्मकै अत्यधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा क्याटागोरी अनुसार ५१ जना सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।

    त्यस्तै द्वितीय हुनेलाई १ लाख १० हजार रुपैंया, तृतीय हुनेलाई ६० हजार चौथो हुनेलाई ४० हजार, पाँचौं हुनेलाई ३० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।

    त्यस्तैगरी छैठौंदेखि दशौंसम्म आउनेलाई २० हजार, एघारौंदेखि १५ औंसम्म आउनेलाई १५ हजार र १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले जानकारी गराउनु भयो ।

    त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । विधागत रुपमा २० जनालाई ५१ हजार देखि १० हजार रुपैंया सम्म पुरस्कार प्रदान गरिने छ ।

    प्रतियोगितामा कुल १० लाख १ हजार रुपैंया पुरस्कार वितरण गरिने छ । प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । जसको लागि बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंया प्रदान गरेको छ भने १५ लाख रुपैंया खेलाडी दर्ताबाट संकलन हुने र बाँकी रकम प्रयोजक तथा सहयोग संकलन गरि प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष पुनले बताउनु भयो ।

    पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न खेलकुदका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय लगानी गरेको बताउनु भयो । उहाँले प्रतियोगिताले खेलाडि उत्पादनसंगै खेल पर्यटनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

  • धरानलाई पाखा लगाउँदै दमक लखनपुर नवीन स्मृति कपको सेमिफाइनलमा

    धरानलाई पाखा लगाउँदै दमक लखनपुर नवीन स्मृति कपको सेमिफाइनलमा


    दमक। उपाधि दाबेदार हाम्रो भेट्रान फुुटबल क्लब धरानलाई पाखा लगाउँदै दमक लखनपुर भेट्रान फुटबल क्लब झापाको झिलझिलेमा जारी नवीन स्मृति कप भेट्रान फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ।

    उसले धरानलाई एक शुन्यको झिनो अन्तरमा पाखा लगाएको हो । विजयी टिमका लागि सुबास आङथुपोले गोल गरे ।

    उनले पहिलो हाफको १४ औं मिनेटमा गोलकिपर अगाडि बढेको मौकाको फाईदा उठाउँदै गोल गरेका थिए ।

    शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा उपाधि दाबेदार विर्तामोड भेट्रानले सिबिसी चन्द्रगडीको सामना गर्नेछ भने दोश्रो खेलमा आयोजक निलोले पूर्वेली भेट्रान विर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतियोगिताको विजेताले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको आयोजना झिलझिले भेट्रान फुटबल क्लबले गरेको हो ।

  • आयोजक रातो विजयी

    आयोजक रातो विजयी


    दमक। उपाधि दाबेदार रामधुनी भेट्रान फुटबल क्लबलाई पराजित गर्दै आयोजक रातो झापाको झिलझिलेमा जारी नवीन स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको छ।

    विजयी टिमका लागि मित्र बस्नेतले गोल गरे । उनले दोश्रो हाफको दशौं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । खेलको म्यान अफ द म्याच विजयी टिमका अंकुर खड्गी भए । उनले नगद दुई हजार हात पारे ।

    शुक्रबार प्रतियोगिताको उपाधि दाबेदार दुई टोली हाम्रो भेट्रान फुटबल क्लब धरान र दमक लखनपुर भेट्रान क्लब आमनेसामने हुनेछन् ।

    प्रतियोगिताको विजेताले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको आयोजना झिलझिले भेट्रान फुटबल क्लबले गरेको हो ।

  • वीर गणेशमान सिंह स्मृति बुद्धिचाल बैशाख १४ गतेदेखि

    वीर गणेशमान सिंह स्मृति बुद्धिचाल बैशाख १४ गतेदेखि


    ललितपुर। नेपाली राजनीतिका वरिष्ठ राजनितिज्ञ , प्रजातन्त्रका अमर योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर वीर गणेशमान सिंहको स्मृतिमा नवौं राष्ट्रिय खुल्ला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता यहि बैशाख १४ देखि १९ गते सम्म हुने भएको छ।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताका विजेताले एमएडब्लू ईन्टरप्राइजेज प्रा.लि.को उत्पादन सलुटो यामाहा मोटरसाइकल प्राप्त गर्नेछन्।

    उपविजेताले रु. ८० हजार , तेश्रो हुनेले रु. ५० हजार र चौथो हुनेले रु. ३० हजार नगद प्राप्त गर्नेछन्। विश्व बुद्धिचाल महासंघ (फिडे), राष्ट्रिय खेलकुद परिषद, बाग्मती खेलकुद बिकास परिषद् , नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा सञ्चालन हुने प्रतियोगितामा ३४ जना राष्ट्रिय शिर्षस्थ खेलाडीहरुले सर्वाधिक पुरस्कार नगद राशी रु. ६ लाख ५३ हजार ९ सय हात पार्नेछन्।

    लौह पुरुषको नामवाट सञ्चालन हुने बुद्धिचाल खेल लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। सात चरणको लिग खेल पश्चात शिर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् भने बाकी खेलाडीहरु लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    सुपर लिगमा पहिलो हुनेले नगद रु. २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ८ हजार, पाँचौले ७ हजार, छैटौं देखि दशौं हुने ६/६ हजार, एघारौं देखि पन्ध्रौं हुनेले जनही ५ हजार ५ सय र सोह्र देखि बिसौं स्थानमा रहनेले जनही ५/५ हजार प्राप्त गर्नेछन्।

    त्यसैगरी , महिला प्रथम हुनेले रु. १० हजार, द्वितीयले ८ हजार, तृतीयले ७ हजार, चौथोले ६ हजार र पाँचौले ५ हजार नगद प्राप्त गर्नेछन्। साथसाथै उत्कृष्ट भेट्रान,उत्कृष्ट रेटड विलो १८००, २००० , उत्कृष्ट युवा-१९ , उत्कृष्ट लोकलले समान ५/५ हजार पाउने भएका छन् भने उत्कृष्ट अनरेटेड पहलोले ७ हजार र दोस्रोले ५ हजार नगद प्राप्त गर्नेछन्।

    नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामा सञ्चालन हुने नवौं वीर गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ् बुद्धिचाल प्रतियोगितामा एफएम, एएफएम, एआईएम, सिएम, एसिएम ,डब्लू एफएम, वर्तमान नेपाल च्याम्पियन, पूर्व नेपाल च्याम्पियनहरु, महिला नेपाल च्याम्पियन लगायत नेपाली शिर्ष रेटेड खेलाडी र नयाँ गरि २०० जना खेलाडीहरुको सहभागीता रहने ताम्राकारले जानकारी गराएका छन्।

    नेपाल काँग्रेस पार्टीका सभापतिले उदघाटन गर्ने प्रतियोगितामा नेपाली चेस खेलमा लामो समय योगदान पुर्‍याएका दुई जना खेलकर्मीलाई सम्मान गरिने खेलका निर्देशक हेराकाजि महर्जनले जानकारी गराएका छन्।

  • जय हुमागाई मेमोरियल कप

    जय हुमागाई मेमोरियल कप


    दमक। झापाको दमक-२ स्थित भुटानी शरणार्थी शिविरमा जारी जय हुमागाई मेमोरियल कप ईन्टर सेक्टर फुटबल प्रतियोगिताको उपाधिका लागि सेक्टर बी र डि भिड्ने भएका छन् ।

    सोमबार सम्पन्न खेलमा जित हात पार्दै दुबै टोली फाईनल प्रबेश गरेसँगै उपाधिका लागि यी दुई टिम भिड्ने निश्चित भएको हो ।

    सेक्टर बीले उपाधि दाबेदार मानिएको सेक्टर सिको टिम बी लाई २-१ ले पाखा लगाएको हो । उसको जितमा बिन्दास क्षेत्री र कप्तान शुक्र तामाङले गोल गरे । क्षेत्रीले पाँचौं र तामाङले अठारौं मिनेटमा गोल गरेका थिए ।

    पराजित सेक्टर सिका लागि पुरन तामाङले गोल गरेका थिए । उनले दोस्रो हाफको आठौं मिनेटमा गोल गरेका थिए ।

    उता सेक्टर डिको टिम एले सेक्टर सिको टिम एलाई २-१ ले नै पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको थियोे । फाईनल खेल मंगलबार हुनेछ । खेल दिउँसो ३ बजे शुरुहुने तारा कालिकोटेले जानकारी दिनुभयो ।

    प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले नगद १२ हजार रुपैयाँ प्रप्त गर्नेछ । प्रतियोगिताको आयोजना शिव हुमागाई र गोमा हुमागाईले गरेका हुन ।

  • रुपेश जैशवाललाई उपाधि

    रुपेश जैशवाललाई उपाधि


    ललितपुर।  महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा सम्पन्न प्रथम वडा अध्यक्ष कप रापिड बुद्धिचाल प्रतियोगिता २०८० को उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेस जैशवालले हात पारेमा छन्।

    ललितपुर महानगरपालिका वडा नम्वर ११ बाट प्रतिनिधित्चव गरेका रुपेसले नवौं चरणको खेलमा पुर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली संग बराबरी खेलि सात खेलमा जीत र एक खेलमा बराबरी खेलेर साढे ७ अंक जोडेका थिए।

    आठौ चरणको खेलमा कमल श्रेष्ठलालाई पराजित गरेका रुपेश पाँचौ चरणको खेलमा शुसुरत दाहलसंग पराजित भएता पनि खेलमा फर्किएका थिए। उनले २५ हजार नगद पुरस्कार पाउन सफल भए।
    त्यसैगरी बद्रीलाल नेपाली दोस्रो र  थापाथली चेस पार्क क्लवका सुशील चौधरी तेस्रो स्थानमा रहे। बद्रीले १५ हजार र सुशीलले १० हजार नगद प्राप्त गरे।

    त्यस्तै झापाका बिजेश राजकर्णिकार चौथो स्थानमा र श्रुरत दाहाल  पाँचौ स्थानमा आफुहरुलाई  उभ्याउन सफल भए। महालक्ष्मी नगरपालिकाको कभर्डहलमा आयोजित दुई दिने प्रतियोगितामा काभ्रेका फिडे मास्टर क्षितिज भण्डारी, झापाका राजन सुवेदी मकवानपुरका मिलन लामा, ललितपुरका सुरोज महर्जन क्रमश छैटौं देखि दशौ स्थानमा रहन सफल भएका छन्।

    ३७ जना खेलाडीहरुलाई नगद पुरस्कार व्यवस्था गरिएको प्रतियोगितामा सजिन महर्जन र संजय महर्जन ललितपुर विजेता र उपविजेता भए।

    महालक्ष्मी नगरपालिका तर्फ कमल श्रेष्ठ र अशोकमोहन श्रेष्ठ प्रथम  र दोस्रो स्थानमा रहे। भेट्रानमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकार उत्कृष्ट ठहरिए चने जगन्नाथ ताम्रकार दोस्रो भए।

    त्यसैगरी महिलातर्फ श्रीलंकाका सचिने रणासिंगे प्रथम  भईन भने  सिन्दिरा जोशी र पुनम प्रसाईं तेस्रो भईन।

    अनरेटेडमा शैलेश श्रेष्ठ र यु १२ मा अग्रता  आचार्य  उत्कृष्ट भए।
    महालक्ष्मी महानगरपालिकाको नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उप मेयर लक्ष्मी महर्जन नेपाल बुद्धिचाल महासंघका कावा अध्यक्ष हेराकाजी महर्जन र महालक्ष्मी नगरपालिका ९ का अध्यक्ष जयकृष्ण बोगटीले  पुरस्कृत गरे।

    दुई दिने प्रतियोगितामा ११६ जना खेलाडीहरुको सहभागी  रहेको थियो।

  • वडा अध्यक्ष कप चेस प्रतियोगितामा आशिषको अग्रता  

    वडा अध्यक्ष कप चेस प्रतियोगितामा आशिषको अग्रता  


    ललितपुर। महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन्।

    आज सम्पन्न भएको सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल, ललितपुरका बद्रीलाल नेपाली, रौतहटका रुपेश जैसवाल, ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस एकेडेमीका शुश्रुत दहालले समान ४/४ अंक सहित पहिलो स्थानमा उभिन सफल बनेका छन् ।

    झापाका मिसन दहाल ३.५ अंक जोड्दै एकल दोश्रो स्थानमा रहन सफल भएका छन्।

    ललितपुरको महालक्ष्मी नगर बुद्धिचाल संघको समन्वयमा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा ललितपुरका राजु ताम्राकार, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पुरुषोत्तम चौंलागाई, काठमाडौंका मिलन लामा, ललितपुरका सजिन महर्जन, काठमाडौं चेस क्लबका केशव श्रेष्ठ लगायत २५ जना राष्ट्रिय खेलाडीहरुले ३/३ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन्।

    महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्दै स्थानीय पालिकाको प्रयासमा खेल आयोजना गर्नु सह्राननीय कार्य भएको बताउदै देश भरिका पालिकाहरुलाई खेलकुद गतिविधि गर्न सहयोगका लागि अनुरोध समेत गर्नु भएको छ।

    महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीको प्रयासमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता सहित ३५ जना खेलाडीहरुले पुरस्कार स्वरुप नगद १ लाख २३ हजार प्राप्त गर्नेछन्। भोलि शनिबार पाँच चरणको खेल हुने प्रतियोगिताका प्रमुख निर्णायक एनए सोराज ताम्राकारले जानकारी गराएका छन्। सोराजका अनुसार भोलि पहिलो खेल बिहान ९ बजे देखि शुरु हुनेछ।

  • मंगलादेवी सिंह स्मृति बुद्धिचालमा चार खेलाडीको अग्रता

    मंगलादेवी सिंह स्मृति बुद्धिचालमा चार खेलाडीको अग्रता


    काठमाडौ। मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा चार खेलाडीले अग्रता लिएका छन्।

    पाँचौ चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ, सुमन लामा र भक्तपुरका बिजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा रहेका छन्।

    सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै  काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए भने सुमनले तेस्रो र चौथो चरणमा कान्तिपुर चेस क्लवका  डिबि कार्की  र सतिष शाहलाई पन्छाउन सफल भए।

    त्यसैगरी बिजेशले चौथो चरणमा ललितपुरका राजु ताम्रकार माथि जित निकाले भने तेस्रो चरणको खेलमा ललितपुरकै अशोक मोहन श्रेष्ठ पराजित गरे।

    पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, काठमाडौका मिलन लामा , ललितपुरका सरोज महर्जन , राजन पुरी र साढे ३ अंक जोडेर दोस्रो स्थानमा रहेका छन्।

    प्रतियोगिताको उच्च वरियताका खेलाडी मिलन लामा तेस्रो चरणमा एक बहादुर वाइवा माथी सफलता हात पारे भने चौथो चणणको खेलमा सरोज महर्जनसंग बराबरी खेलेका थिए।

    पुरुषोत्तमले तेस्रो चरणको खेलमा कपिल गुरुङलाई निरास पारे भने चौथो चरणको खेलमा राजन पुरीसंग बराबरी खेली अंक बाँडे। सरोजले तेस्रो चरणमा बिक्रम बैस्यलाई हराए।

    त्यस्तै  काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा अन्नपूर्ण उच्च मावि ज्याठा कान्तिपथमा संचालन भईरहेको प्रतियोगितामा सतिय साह, नवीन तण्डुकार अशोक मोहन श्रेष्ठ , राजेन्द्रप्रसाद श्रेष्ठ ,रिया श्रेष्ठ , सुमन मोक्तान , रमेशवीर माली, डिवि कार्की सुशील सुवेदी बिक्रम बैस्या ३ अंक हात पारेका छन्।

    बिजेताले २५ हजार उप बिजेताले १५ हजार तेस्रोले १० हजार गरि २३ जनालाई नगद पुरस्कार रहेको छ ।

    स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख ८ हजार रहेको छ।