Blog

  • यू १५ चेस च्याम्पियनमा सिलवाललाई अग्रता 

    यू १५ चेस च्याम्पियनमा सिलवाललाई अग्रता 


    भक्तपुर। नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुल्ला तथा ९ औं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनौट प्रतियोगिताको दोश्रो दिन तेश्रो चरणको खेल सम्पन्न भएको छ । राष्ट्रिय ‘बी’ चेस छनौट  प्रतियोगितामा जम्मा ६० जना पुरुष खेलाडी र १८ जना महिला राष्ट्रिय शिर्ष खेलाडी बिच चौथो चरणको खेल प्रतिस्पर्धात्मक रुपमा चलिरहेको छ।

    भक्तपुर जिल्ला बुद्धिचाल संघको सह आयोजना एवं स्थानीय ब्यबस्थापनमा सञ्चालन भएको राष्ट्रिय ‘बी’ छनौट प्रतियोगिता मार्फत दुबै समूहका ९/९ जना खेलाडीहरु जेष्ठ १९ गते देखि काठमाडौंमा शुरु हुने राष्ट्रिय प्रतियोगितामाका लागि छनौट हुनेछन्।

    सूर्य विनायक रिसोर्ट गपलि भक्तपुरमा सम्पन्न तेश्रो चरणको खेल पश्चात् यू-१५ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम सिलवाल, पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठ र उदियमान खेलाडी सिएम मिलन लामा ३/३ अंक जोडेर अग्रस्थानमा उभिएका छन्। पुरुषोत्तमले जनकराज जोशी, नवीन तण्डुकार र राजन सुवेदी माथि विजय हासिल गरेका छन्। सिएम केशव श्रेष्ठले आशानारायण लवट, सुदिप तामाङ्ग र सोम आले माथि जित दर्ता गरेका छन् भने सिएम लामाले अविक शाह, गणेश दुवाल र सजिन महर्जनलाई माथ दिन सफल बनेका छन्।

    सूर्य विनायक नगरपालिकाको प्रायोजन रहेको राष्ट्रिय बी छनौट प्रतियोगितामा एआईएम शुश्रुत दहाल, प्रेमकृष्ण महर्जन, सिएम पुरुषोत्तम चौलागाईं, राजीव कार्की, आशिष् फूँयाल, निकेन कुसाथा, सिएम कृष्ण थापा र प्रकाशचन्द्र नेपाल २ जित र एक बराबर खेलवाट २.५ अंक प्राप्त गर्दै संयुक्त दोश्रो स्थानमा शुरक्षित भएर बसेका छन्।

    प्रतियोगिताको चौथो चरणमा मिलन र केशब, पुरुषोत्तम र निकेन, चौलागाईं र थापा, आशीश र शुश्रुत, प्रेम र प्रकाश, गणेश र राजीव प्रतिस्पर्धा गरिरहेका छन्।

    महिला तर्फ कोशी प्रदेश च्याम्पियन कृतिसरा अधिकारी र पोखराबी पूजा भण्डारी सतप्रतिसत जित निकाल्दै ३ /३ अंकका साथ पहिलो स्थानमा रहन सफल भएका छन्। कृतिसराले नमन सेढाई, लक्ष्मी कँडेल र सिन्दिरा जोशी माथि जित निकालेकी थिइन भने पूजा भण्डारीले एञ्जेल महर्जन, पुनम प्रसाईं र विनिता कपालीलाई पराजित गरेकी छिन्। चौथो चरणको खेल कृतिसरा र पूजाको बिचमा चलिरहेको छ।

    काठमाडौंकी उदीयमान रिया श्रेष्ठ २.५ अंकमा एकल दोश्रो, पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, झापाकी पुनम प्रसाईं, विनिता कपाली, भक्तपुरकी प्रश्ना किबानायोले २ अंक जोड्दा रुपन्देहीकि नमन सेढाई १.५ बोकेर राष्ट्रिय प्रतियोगितामा छनौट हुने वाटो पछ्याउँदै छिन्।

    प्रतियोगिताका संयोजक एवं अन्तर्राष्ट्रिय निर्णायक निरञ्जन प्रजापतिका अनुसार ९० मिनेट ३० सेकेन्ड इन्क्रिजमेण्ट क्लासिकल खेलमा डाइरेक्ट इन्काउण्टर, बुचोल्स वान टु , मोष्ट वीन नियम लागु रहने जानाए। उनले पुरुष तर्फ ९ चरण र महिला तर्फ ७ चरणको खेल हुने बताए भने प्रतियोगिता १० गते सम्म सञ्चालन हुने जानकारी दिए।

  • काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ६ महिना प्रतिबन्ध

    काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ६ महिना प्रतिबन्ध


    झापा। काँकडभिट्टा फुटबल टे्निङ सेन्टरलाई फुटबल संघले फुटबलको सबै गतिविधिका लागि प्रतिबन्ध लगाईएको छ । झापा जिल्ला ए डिभिजन लिग फुटबलका दौरान सैनिक युथ क्लब बिरुद्धको खेलमा खेल भावना विपरित मिलेमतो भएको पाईएपछि १० हजार जरिमानासहित ६ महिनाको लागि प्रतिबन्ध लगाएको हो।

    लिगमा सैनिक विरुद्धको खेलमा काँकडभिट्टाले मिलेमतो गरेर ६-० ले खेल हारेको भन्दै शनिश्चरे फुटबल क्लबले छानबिनका लागि उजुरी दिएको थियोे । उक्त उजुरीपछि म्याच रेफ्री र म्याच कोअर्डिनेटरले पेश गरेको रिपोर्ट अनुसार खेल मिलेमतोमा पुष्टि भएसँगै काँकडभिट्टालाई यस्तो प्रतिबन्ध लगाएको हो।

    त्यस्तै सैनिक युथ क्लबलाई १० हजार जरिवाना गरेको छ। उसलाई ५ हजार अपशब्द बोलेकोमा र ५ हजार क्लबको लोगो बिनाको जर्सी लगाएर खेल खेलेको भन्दै जरिवाना तोकेको कोशी प्रदेश फुटबल संघका महासचिव तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिनुभयो ।

    त्यस्तै शनिश्चरेलाई पनि अपशब्द प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकिएको आलेले जानकारी दिनुभयो ।

    मिलेमतोकै कारण नेपाली फुटबलमा एक समय तहल्का मच्चिएको थियोे । मिलेमतोले नै खेलाडीमा खेल भावनाको विकास हुन सक्दैन । जसले गर्दा लिग फुटबल मात्रै नभएर अन्य प्रतियोगितामा समेत खेल स्तर ओरालो लागिरहेको कतिपयको भनाइ छ। यस्ता हर्कतले नेपाली फुटबल विकासतर्फ लम्कनु भन्दा ओरालो लाग्ने प्रष्ट छ ।

     

  • दोश्रो अभ्यास खेलमा पनि नेपाल विजयी

    दोश्रो अभ्यास खेलमा पनि नेपाल विजयी


    झापा। अभ्यास खेलमा व्यस्त रहेको नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै नेपालले एक खेल अगावै सिरीज हात पारेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

    एक सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८ ओभर ५ बलमा एक सय ३० रनमा अल आउट भएको थियो । उसका लागि ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाउन बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    उसलाई सस्तैमा समेट्ने क्रममा गुल्शन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अभिनाश बोहराले १/१ विकेट लिए ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले २७ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिँदा रोहित पौडेलले ३३ बलमा २ चौका र १ छक्कासहित ४१ रन बनाए । कुशल भुर्तेल २८ बलमा ४ चौका र १ छक्कासहित ३८, आसिफ शेख शून्य र दीपेन्द्र २६ रनमा आउट भए ।

    तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ ।नेपालले २२ र २३ मेमा ह्युस्टन हरिकेन्ससँग दुई खेल खेल्नेछ । त्यसपछि डालासमा आईसीसी टी-२० विश्वकप वार्मअप खेलमा २७ मे मा क्यानडा र ३० मेमा अमेरिकासँग खेल्नेछ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।

  • सन्दिपको आज पनि भएन फैशला, मुद्दा हेर्दाहेर्दैमा

    सन्दिपको आज पनि भएन फैशला, मुद्दा हेर्दाहेर्दैमा


    काठमाडौं। क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो ।


    क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

  • बुद्धिचालको उपाधि फिडे माष्टर जैशवाललाई

    बुद्धिचालको उपाधि फिडे माष्टर जैशवाललाई


    ललितपुर। नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग  बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले जितेका छन्। उनले  फाइनलमा   क्याण्डीडेट  मास्टर मिलन लामासंगको  क्लासिकलतर्फको  पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए।

    क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिए। दुर्तगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको  दुबै खेलका मिलनलाेेई पराजित गरि २ – ० को नतिजा आत्मसात गर्दै यामाहा सेलुटो २ लाख ५३ हजार बराबरको मोटरसाइकल हाात पारे।

    लामो समय पछि खेलमा फर्केका युवा खेलाडी मिलन लामाले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म स्थान बनाए पनि उप- बिजेतामा नै चित्त बुझाउन बाध्य भए। उनले नगद पुरस्कार ८० हजार पाए।

    अर्का   फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । उनले नगद ५० हजार हात पार्न सफल भए  । क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा यु- १६ का राष्ट्रिय बिजेता पुरुषोत्तम सिलवाललाई १.५ – ०.५ को सोझो सेटमा पन्छाएका थिए।

    चौंथो स्थानमा रहेका पुरुषोत्तमले नगद ३० हजार हात पारे नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लवका सजिन महर्जन प्रथम स्थान ओोगटे । उनले नगद २५ हजार पाउन सफल भए भने दोस्रो हुन सफल भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार पुरस्कार हात पारे। तेस्रो स्थान हात पारेका निकेश कुशाथा १० हजार पाए।

    कुल नगद पुरस्कार ६ लाख ३५ हजार भएको प्रतियोगितामा चौंथौ स्थानमा शैलेन्द्र कुमार न्यौपाने र  झापाका राजन सुवेदी  पाँचौमा  रहे।

    छैटौं देखि दशौंमा क्रमशः तनहुँका सविनचन्द्र घिमिरे, काठमाडौका राजेन्द्र बज्राचार्य , बद्रीलाल नेपाली ,सुदिप तामाङ र केशव श्रेष्ठ रहेका छन्।

    महिलातर्फको उपाधि पूर्व महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले हात पारिन् । उनले १० हजार नगद हात पारे।

    दोस्रो र तेस्रो स्थानमा मोरङकी शान्ति धिमाल र काठमाडौकि पुर्णिामा गुरुङ रहिन्।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको  प्रतियोगितामा ४० जिल्लाका ११२  जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी रहेको थियो।

    लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोहमा

    विजेता खेलाडीहरुलाई पुर्व अर्थमन्त्री ङा. प्रकाश शरण महत, बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे।

    यो प्रतियोगिताको दशौं संस्करण  २०८२ बैशाख महिनामा आयोजना गर्ने कार्यक्रमका संयोजक राजु ताम्राकारले जानकारी दिए। प्रतियोगिताको आयोजना नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको थियोे ।

     

  • गणेशमान सिंह स्मृति चेसको फाईनल भेट तय

    गणेशमान सिंह स्मृति चेसको फाईनल भेट तय


    ललितपुर।  काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल    नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको अबसरमा आयोजित नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका छन्। सर्वाधिक पुरस्कार राशीको चर्को दबाब झेल्दै दुबैले उत्कृष्ट खेल मार्फत उपाधि नजिक पुगेका हुन्।

    मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारी संग सेतो गोटीवाट शुरु गरेका थिए। खेल प्रतिस्पर्धात्मक बन्यो । सो खेल सानो गल्तीका कारण हार्न पुगे। दोश्रो खेल कालो गोटीवाट शुरु गरेका उनलाई जित्नै पर्ने दबाब थियो। चलाखिपूर्ण चाल चाल्दै जित दर्ता गरे र अंक बराबर गरे। त्यसपछि ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिज खेलमा पहिला हार आत्मसाथ गरे भने दोश्रो खेल आफ्नो पक्षमा पार्दै पुन: बराबर स्कोर खडा गरे।

    अन्तिम खेल अझ कौतुहलपूर्ण बन्यो। अर्मागेडन नियम अनुसार क्षितिजलाई सेतोगोटी ५ मिनेट अनि मिलन लाई कालो गोटी ४ मिनेट (नो इन्क्रिमेन्ट) समय दिएको थियो। सेतोले जित्नै पर्ने र कालोले कमसेकम बराबर गर्दा फाइनल प्रवेश हुने थियो। उक्त निर्णायक खेलमा क्षितिजको हरेक चाललाई सटिक प्रतिचाल चाल्दै मिलनले बराबरीमा रोकि फाइनलमा प्रवेश गर्न सफल बने।
    पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल जित्ने दाउमा रहेका रुपेशले युवा पुरुषोत्तम सिलवाल संग ब्लिज खेल दुबैमा बराबरी खेलेका थिए । नेपाल च्याम्पियन रुपेश जैसवाल अर्मागेडन सेतो गोटीवाट जित्नै पर्ने खेलमा बराबरी गरे पुग्ने पुरुषोत्तमलाई पराजित गर्न सफल भए। यससंगै फाइनलमा प्रवेश गरेका रुपेशले अन्तिम भिडन्त मिलन लामा संग खेल्ने पक्का गरेका हुन्।

    उता सुपर लिग तर्फ काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष एवं महानगरपालिका सामाजिक बिकास समितिका संयोजक रामकुमार केसि र नेकोस समाजवादीका उपमहासचिव अनिल रिजालले संयुक्त आरम्भ गरेको आठौं चरणको खेल अन्तर्गत आयोजक क्लबका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अंक सहित संयुक्त पहिलो स्थानमा उभिएका छन्। सजिनले आशिष् फूँयाल र निकेनले सुदिप तामाङ्ग माथि जित निकालेका छन्।

    प्रतियोगितामा काठमाडौंका नवीन तण्डुकार, ललितपुरका कमल श्रेष्ठ र अनरेटेड शैलेन्द्र न्योपानेको समान ६/६ अंक रहेको छ। हेटौंडाका कृष्णथापा देखि झापाका राजन सुवेदी सम्म १४ जना ५.५ अंक प्राप्त गरि विविध विधागत पुरस्कारका लागि पछ्याइ रहेका छन्।

    राष्ट्रिय रेटिङ्ग क्लासिकल प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार भोलि अन्तिम दिन ४ बजे नेपाली काँग्रेस पार्टीका प्रवक्ता मा. प्रकाशशरण महतले ६ लाख ३७ हजार ९ सय नगद ४० जना शिर्ष खेलाडीलाई पुरस्कार वितरण गर्ने तय भएको जानकारी गराएका छन्। नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चालन भइरहेको प्रतियोगिता फाइनल खेल बिहान ८ बजे हुनेछ।

  • चार खेलाडी सेमिफाइनलमा प्रवेश 

    चार खेलाडी सेमिफाइनलमा प्रवेश 


    ललितपुर।  नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको चौथो दिन सात चरणको लिग खेल सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत शिर्ष चार खेलाडीहरु प्रथम पुरस्कार रु. २ लाख ५४ हजार ९ सय मूल्य बराबरको यामाहा सलुटो मोटरसाइकलका लागि छनौट भएका छन्।


    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगिताका चार खेलाडी पुरुषोत्तम सिलवाल र रुपेश जैसवाल अनि मिलन लामा र क्षितिज भण्डारी बिच भोलि खेल चल्नेछ। जित्ने खेलाडीले कमसेकम दोश्रो पुरस्कार नगद रू. ८० हजार दाबि प्रस्तुत गर्ने छन्। हारेका खेलाडीले तेश्रो परस्कार नगद रु.५० हजार र चौथो पुरस्कार नगद रु. ३० हजारका लागि प्रतिस्पर्धा गर्ने छन्।


    सेमिफाइनल खेलमा मिलन लामा, क्षितज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल प्रवेश गरेका छन्। बहुप्रतिक्षित रु. ६ लाख ३७ हजार ४ सय पुरस्कार राशी रहेको नवौं चेस प्रतियोगितामा आठौं संस्करणका विजेता सिएम मिलन लामा ६.५ अंक लिएर एकल अग्रताका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्। मिलनले अन्तिम लिग खेलमा क्षितिज भण्डारी संग १६ चाल चलि सहज समझदारी बराबर गरेका थिए।

     मिलनको बराबर प्रस्ताव १५ चाल खेलि स्वीकार गरेका सिएम क्षितिज भण्डारी ६ अंक बनाउदै सेमिफाइनल प्रवेश गरेका हुन्। यसअघि उनले ४.५ अंकवाट खेल्दै गरेका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई पराजित गरेका थिए।
    दोश्रो वोर्डमा सेतो गोटी ई फो वाट खेल शुरु गरेका झापाका राजन सुवेदीलाई सिफाइभ सिसिलियन जवाफ फर्काएका नेपाल च्याम्पियन रुपेश जैसवाल जित्नै पर्ने दबाबमा थिए। राजन सुवेदी ५ अंकवाट खेल्दै रुपेश संग .५ अंक खोसेर डाइरेक्ट इन्काउन्टर बुचोल्ज कटवान कटटु  प्रोग्रेसिभको आधारमा छनौट हुन चाहन्थे। तर रुपेशले चार घण्टा लामो खेलमा राजन सुवेदीलाई पराजित गर्दै ६ अंक जोडेर सुपर नकआउट सेमिफाइनल प्रवेश गर्न सफल भएका छन्।
    केही समय अगाडि प्रथम वडा अध्यक्ष कप चेस खेलका आयोजक जयकृष्ण बोगटीले शुभारम्भ गरेको छैटौं खेलमा सातौं संस्करणका विजेता केशव श्रेष्ठ संग बराबर गरि ५ अंक बनाएका युवा च्याम्पियन पुरुषोत्तम सिलवालले अन्तिम लिगमा पूर्व तिन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई कठिन खेलमा पराजित गर्दै ६ अंकका साथ  सेमिफाइनलको स्थान सुरक्षित गर्न सफल बनेका छन्।
    कूल ११५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिर्षस्थ खेलाडीको सहभागीता रहेको सातौं चरणको बुद्धिचाल खेल ललितपुर जिल्लाका युवा नेता सानुबाबु महर्जनले शुरु गरेका थिए। सातौं चरणको खेल पश्चात् नकआउट प्रवेश गरेका चार खेलाडी बाहेक बाकीले सुपर लिग खेल खेल्ने छन्।
    प्रतियोगिता आयोजक लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष देवेन्द्र कुमार शेरचनका अनुसार नौं चरणको लिग खेलका विजेताले नगद रु. २५ हजार, उप विजेताले १५ हजार, तेश्रो हुनेले १० हजार गरि पन्ध्र खेलाडीले पुरस्कार  लिने छन्। यसैगरी विभिन्न विधामा थप २१ जना खेलाडीहरुले समेत पुरस्कार पाउने छन्। प्रतियोगिताको सुपर नकआउट खेल बिहान र सुपर लिग दिउँसो २ बजे नेपाली काँग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा हुनेछ।

  • नेपाल र रसियाबीच मैत्रीपूर्ण चेस प्रतियोगिता हुने

    नेपाल र रसियाबीच मैत्रीपूर्ण चेस प्रतियोगिता हुने


    काठमाडौ।  नेपाल र  रसिया बीच एक दिने मैत्रीपूर्ण बुद्धिचाल  खेल मंगलबार काठमाडौ दरवारमार्ग  स्थित होटल  याक एण्ड यतिमा हुुने छ।

    नेपाली समय अनुसार साँझ छ बजे हुने  नेपाल र रसियाका ५/५ जना खेलाडी हरु सहभागी हुने एभरेस्ट मैत्रीपुर्ण प्रतियोगिता २०२४ मा  नेपालको तर्फबाट नेपाल च्याम्पियन रुपेश जैशवाल , फिडे मास्टर क्षितिज भण्डारी , पुर्व नेपाल च्याम्पियन केेेशव श्रेष्ठ , क्याण्डिडेट मास्टर मिलन लामा र सजिन महर्जनले प्रतिश्पर्धा गर्नेछन् ।

    सोमवार नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन महासचिव  धरम बहादुर लमा र प्रतियोगिताका चिफ आर्विटर मिसोम सर्गि विचको भेटवार्तामा प्रतियोगिता संचालन सम्बन्धी खाका तयार गरेको थियो।

    रसियाको तर्फबाट अलेक्जेन्दर राइज्नासेभ, भ्याल्दिमर सुमिलिन, आन्द्रि मिन्कोभ , एनातासा कालिन्चेको र युना कोलोदिन्भाले नेपाली खेलाडीहरुसंग खेल्नेछ।

    २० जनाको टोलि रहृको रसियनहरु मैत्रीपूर्ण खेलपछि  सगरमाथा बेसक्याम्पमा गिनिज बुकमा  वर्ल्ड रेकर्डको लागि बुधबार ट्रेकिङ मार्फत त्यसतर्फ प्रस्थान गर्नेछन् भने  2024 मे 8 मा वर्ल्ड रेकर्ड रसियाको दुई टिम बीच खेले राख्ने छ।

  • गणेशमानसिंह स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

    गणेशमानसिंह स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिता


    ललितपुर। झापाका राजन सुवेदी र काभ्रेका मिलन लामा पहिलो स्थानमा रहन सफल भएका छन्। सातौं संस्करणका विजेता लामा र आयोजक क्लबका सुवेदी ५ खेलमा ५ जित निकाल्दै नकआउट तर्फ नजिक भएका छन् ।

     नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको अबसरमा आयोजित नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा उनीहरूले संयुक्त अग्रता कायम गरेका हुन्।

    सिएम लामाले ललितपुरका सुरोज महर्जन र पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली माथि जित दर्ता गर्दा राजन सुवेदीले भक्तपुरका निकेन कुसाथा र ललितपुरका सोम आलेलाई माथ दिए।

    क्लासिकल खेलको रोमाञ्चक खेलमा भर्खर मात्र युवा १६ को राष्ट्रिय उपाधि पाएका पुरुषोत्तम सिलवालले कालोगोटी वाट खेल्दै एफएम क्षितिज भण्डारी संग बराबरी गर्न सफल भए ।

    उनले यस अघि ललितपुरका कमल श्रेष्ठलाई हराएका थिए। सिनियर खेलाडी क्षितिजले सजिन महर्जनलाई पराजित गर्दै सिलवाल संग प्रतिस्पर्धा गरेका थिए।

    मिलन लामा संग पराजित हुनु पूर्व रुपेश जैसवाललाई हराएका बद्रीलाल नेपालीले ४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल बनेका छन्। बद्रीलाल संगै अन्य सात जना खेलाडी ४ अंकमा छन्। सिएम सजिन महर्जन, एफएम रुपेश जैसवाल, अनरेटेड टोरन भण्डारी, क्षितिज पराजुली, सिएम केशब श्रेष्ठ र जनार्दन श्रेष्ठ संयुक्त तश्रो स्थानमा उभिएका छन्।

    महिला खेलाडी तर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अंकमा फरक प्रतिद्वन्द्वी संग प्रतिस्पर्धा गरिरहेका छन्। सिन्दिराले दोश्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरि अप्रत्याशित नतिजा निकाल्न सफल भएकी थिइन। उनी अहिले युवा सुभम न्यौपाने संग खेलिरहेकी छिन्। शान्ति धिमाल भने भक्तपुरका हर्क बहादुर चोङ्वाङ संग प्रतिस्पर्धामा छिन्।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति चेस खेलका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटर साइकल हात पार्ने जानकारी गराएका छन्। जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन्।

            (D-Max दमकमा भब्य प्रदर्शन भईरहेको छ)

    प्रतियोगिताका निर्णायक सोराज ताम्राकारले भोलि हुने दुई चरणको लिग खेल पश्चात् माथिल्लो ४ जना खेलाडीहरु लाई सेमिफाइनल खेलाइने जानकारी गराएका छन्। उनका अनुसार नकआउटमा एकपटक सेतो र अर्कोपटक कालो गरि दुई खेल वाट फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गराइनेछ।

    आज भएको पहिलो चरणको खेल बागमती प्रदेशका महिला सभाषद मा.उर्मिला केसि नेपाल र मा. शान्ता ढकालले शुभारम्भ गरेका थए भने दोश्रो खेल दोलखाका मा. कुन्दन राज काफ्ले र काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले आरम्भ गरेको थियो। भोलि लिग तर्फको पहिलो खेल बिहान ९ बजे र दोश्रो खेल २ बजे शुरु हुनेछ।

  • झापाका सुवेदी र काभ्रेका लामाको संयुक्त अग्रता

    झापाका सुवेदी र काभ्रेका लामाको संयुक्त अग्रता


    ललितपुर। नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको अबसरमा आयोजित नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा झापाका राजन सुवेदी र काभ्रेका मिलन लामा पहिलो स्थानमा रहन सफल भएका छन्। सातौं संस्करणका विजेता लामा र आयोजक क्लबका सुवेदी ५ खेलमा ५ जित निकाल्दै नकआउट तर्फ नजिक भएका छन्।

    सिएम लामाले ललितपुरका सुरोज महर्जन र पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपाली माथि जित दर्ता गर्दा राजन सुवेदीले भक्तपुरका निकेन कुसाथा र ललितपुरका सोम आलेलाई माथ दिए।

    क्लासिकल खेलको रोमाञ्चक खेलमा भर्खर मात्र युवा १६ को राष्ट्रिय उपाधि पाएका पुरुषोत्तम सिलवालले कालोगोटी वाट खेल्दै एफएम क्षितिज भण्डारी संग बराबरी गर्न सफल भए ।

    उनले यस अघि ललितपुरका कमल श्रेष्ठलाई हराएका थिए। सिनियर खेलाडी क्षितिजले सजिन महर्जनलाई पराजित गर्दै सिलवाल संग प्रतिस्पर्धा गरेका थिए।

    मिलन लामा संग पराजित हुनु पूर्व रुपेश जैसवाललाई हराएका बद्रीलाल नेपालीले ४ अंक बटुल्दै तेश्रो स्थानमा रहन सफल बनेका छन्। बद्रीलाल संगै अन्य सात जना खेलाडी ४ अंकमा छन्। सिएम सजिन महर्जन, एफएम रुपेश जैसवाल, अनरेटेड टोरन भण्डारी, क्षितिज पराजुली, सिएम केशब श्रेष्ठ र जनार्दन श्रेष्ठ संयुक्त तश्रो स्थानमा उभिएका छन्।

    महिला खेलाडी तर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अंकमा फरक प्रतिद्वन्द्वी संग प्रतिस्पर्धा गरिरहेका छन्। सिन्दिराले दोश्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरि अप्रत्याशित नतिजा निकाल्न सफल भएकी थिइन। उनी अहिले युवा सुभम न्यौपाने संग खेलिरहेकी छिन्। शान्ति धिमाल भने भक्तपुरका हर्क बहादुर चोङ्वाङ संग प्रतिस्पर्धामा छिन्।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गणेशमान सिंह स्मृति चेस खेलका संयोजक राजु ताम्राकारले ११० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी मध्येका विजेताले नगद रु. २ लाख ५४ हजार ९ सय बराबरको यामाहा सलुटो मोटर साइकल हात पार्ने जानकारी गराएका छन्। जस मध्ये ४० जना खेलाडीले कूल पुरस्कार नगद रू. ६ लाख ३७ हजार ४ सय पाउने छन्।

            (D-Max दमकमा भब्य प्रदर्शन भईरहेको छ)

    प्रतियोगिताका निर्णायक सोराज ताम्राकारले भोलि हुने दुई चरणको लिग खेल पश्चात् माथिल्लो ४ जना खेलाडीहरु लाई सेमिफाइनल खेलाइने जानकारी गराएका छन्। उनका अनुसार नकआउटमा एकपटक सेतो र अर्कोपटक कालो गरि दुई खेल वाट फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गराइनेछ।

    आज भएको पहिलो चरणको खेल बागमती प्रदेशका महिला सभाषद मा.उर्मिला केसि नेपाल र मा. शान्ता ढकालले शुभारम्भ गरेका थए भने दोश्रो खेल दोलखाका मा. कुन्दन राज काफ्ले र काठमाडौं जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकीले आरम्भ गरेको थियो। भोलि लिग तर्फको पहिलो खेल बिहान ९ बजे र दोश्रो खेल २ बजे शुरु हुनेछ।