काठमाडौं। इन्डोर सुपर लिग (आईएसएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडी अक्सन सोमबार सम्पन्न भएको छ। काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने प्रतियोगितामा यस वर्ष १० फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
साेमबार अनमोल ब्याङ्क्वेट संखमुलमा सम्पन्न अक्सनमा सहभागि हुने टिमले मार्की खेलाडीसहित आफ्नाे टिम तयार गरेका हुन्।
पहिलो संस्करणमा आठ टोली सहभागी भएकोमा यस पटक दुई नयाँ टोली थपिएका छन्। साथै, टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको आयोजकले जनाएको छ।
आईएसएलका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले प्रतियोगिताप्रति दर्शक र क्रिकेटप्रेमीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्दै दोस्रो संस्करणलाई पहिलोभन्दा थप व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाइने बताए।
प्रतियोगिता आगामी भदौ १७ गतेदेखि सञ्चालन हुनेछ। पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो। आयोजकका अनुसार फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यका साथ दोस्रो संस्करण आयोजना गर्न लागिएको हो।
अक्सनपछि १० वटै टोलीले आफ्नो १० सदस्यीय अन्तिम टोली टुंग्याएका छन्। यस्तै साेहि अवसरमा काठमाडौं स्पोर्ट्स इभेन्ट्सले खेलकुद क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप काठमाडाैं जिल्ला क्रिकेट संघका सचिव किरण रानालाई लाइफटाइम अचीवमेंट अवार्डबाट सम्मान गरेको छ। साथै, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई एक बर्षका लागि संस्थाको ब्रान्ड एम्बेसडर घोषणा गरेकाे छ।
काठमाडौं कैलाश किंग्स
सुमित महर्जन (मार्की), गौतम केसी, बिपिन शाही, सूर्य तामाङ, रामसेवक यादव, मुकेश ओझा, अविराज रोय, शौरभ साखाकर्मी, रोनिम तिवारी र भूलन साहनी।
सुदूरपश्चिम टाइगर्स
रुपेशकुमार श्रीवास्तव (मार्की), शंकर राना, अभिषेक थापा, चन्द्रकान्त पौडेल, अमर रावल, सक्षम बस्ताकोटी, समीर कँडेल, आर्यन बिष्ट, अनुप श्रेष्ठ र नितेश कुमार।
पोखरा वारियर्स
अमित श्रेष्ठ (मार्की), राजेन्द्र बम, दीपेश श्रेष्ठ, आश्रय बस्नेत, मिलन क्षेत्री, हरिओम जोशी, अशोक पौडेल, मोहम्मद हुसेन, केशव साउद र महेश खत्री।
माया हेटौंडा रोयल्स
ऋत गौतम (मार्की), सोनु देवकोटा, दीपक बोहरा, रोहित शर्मा, प्रसिद्ध जैशी, सक्रियप्रताप कार्की, कृष कार्की, श्रवण यादव, विमल बीके र स्वरूप श्रेष्ठ।
मिक्समाण्डु
उत्तमरङ्गु थापा (मार्की), संगीत पन्त, रिङ्जिन लामा, विधान श्रेष्ठ, मिसन कार्की, निश्चल श्रेष्ठ, मनोज यादव, सन्दीप पराजुली, आशिम केसी र रबिन जोशी।
बुटवल एम्पायर
भुवन काक्री (मार्की), प्रणित थापा मगर, दिनेश अधिकारी, पवन कार्की, सचिन लेखक, दीपक जोशी, लक्ष्मण कार्की, तपेन्द्र बिष्ट, सुमन विश्वकर्मा र लक्की कडायत।
ललितपुर अलस्टार्ज
विवेककुमार राना मगर (मार्की), आशुतोष घिरैया, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी, मनीष थापा, कुशल खड्का, विश्व कार्की, विधान खटिवडा, अविनाश बस्याल र सारस खत्री।
लुम्बिनी योर्कर्स
रविकुमार साह (मार्की), दयानन्द मण्डल, नवीनकुमार यादव, तुलबहादुर थापा, आशिम श्रेष्ठ, अपराजित पौडेल, दीपक बोहरा, खगेन्द्रसिंह महरा, रोहनकुमार साह र रोशन झा।
जनकपुर किंग्स
आइश भट्टराई (मार्की), सुनील दौल्याल, सुमित श्रेष्ठ, दीपक चन्द, प्रसिद्ध श्रेष्ठ, नितेश पटेल, नितेश कुमार मोक्तान, हिक्मत खत्री, निखिल खत्री र रोमन बिष्ट।
विराटनगर ब्याटालियन
रुपेशकुमार सिंह (मार्की), खड्का बोहरा, चन्द्र बीसी, हिमाल चन्द, बिपिन आचार्य, सन्देश कार्की, अनिश धामी, सरोज खत्री, ट्राभिस जोशी र विवेक यादव।