झापाकी कृतिसरा अधिकारी महिला राष्ट्रिय खेलमा छनौट 


भक्तपुर। भक्तपुरको सूर्य विनायक नगरपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता अन्तर्गत महिला तर्फ झापाकी कृतिसरा अधिकारी राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएकी छन् । उनी  यही जेठ १९ गते देखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन । उनी ६ चरणको खेलवाट ५ जित र १ मा बराबरी नतिजा निकाल्दै ५.५ अंकका साथ १ खेल अगावै छनौट हुन सफल भएकी छिन्।


त्यस्तैगरी ५ अंक बनाएकी पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, ४ अंक बनाएका पोखराकी पूजा भण्डारी र काठमाडौंकी युवा रिया श्रेष्ठ पनि छनौटमा परेका छन्। कूल ९ जना छनौट हुने महिला खेलाडीहरुमा बिनिता कपाली, रुपन्देहकि नमन सेढाई र झापाकी पुनम प्रसाईं ३.५ अंक जोडेर छनौटको नजिक पुगेका छन्। ३ अंक हुनेमा भक्तपुरका अन्सु दिल प्रजापती , प्रश्ना किबानायो र चितवनकी लक्ष्मी कँडेललाई भोलि हुने अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ।
नेपाल बुद्धिचाल महासंघको क्यालेण्डर राष्ट्रिय छनौट नेशनल बी प्रतियोगितामा काठमाडौका युवा तथा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल सतप्रतिसत जित निकाल्न सफल भएका छन्। उनले ६ चरणको खेलवाट ५.५ अंक हासिल गर्दै खुल्ला तर्फ एकल अग्रता कायम गरेका छन्। यससंगै राष्ट्रिय प्रतियोगिताका लागि सिलवाल निश्चित छनौटमा परेका छन्।
भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापन एवं सहआयोजनामा चलिरहेको पुरुष समूह तर्फ दोलखाका राजीव कार्की, झापाका प्रकाशचन्द्र नेपाल, कोसि प्रदेश च्याम्पियन एआईएम शुश्रुत दहाल, लोकसागर साम्भा, काभ्रेका सिएम मिलन लामा, रौतहटका सुशील चौधरी, काठमाडौंका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी र झापाकै भुपेन्द्र निरौला ४.५ अंक संकलन गर्न सफल भएका छन्। खुल्ला तर्फ ९ चरणको खेल पश्चात् छनौट हुने ९ जना खेलाडीहरुको निर्णय हुनेछ।
प्रतियोगिताका संयोजक एवं निर्णायक निरञ्जन प्रजापतिले क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट सातौं चरणको खेल भोलि बिहान ९ बजे शुरु हुने र १० गते समापन हुने जानकारी गराएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *