वडा अध्यक्ष कप चेस हुने 

Logo
Khelkud Times बुधबार, पुष १५, २०८२

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ को आयोजनामा प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ।

वडा अध्यक्ष कुश ढकालले विज्ञप्ति जारी गर्दै माघ ९ र १० गते सञ्चालन हुने चेस प्रतिस्पर्धामा जम्मा ३३ जना खेलाडीहरूलाई कुल नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी गराए।

वडा अध्यक्ष कुश ढकालले सर्वाधिक नगद पुरस्कार प्रदान गरिने बुद्धिचाल प्रतियोगितामा नेपालका शीर्ष खेलाडी लगायत विदेशी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको जानकारी गराएका छन्।

वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कार रु.३५ हजार, द्वितीयले रु.३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु.२० हजार प्राप्त गर्ने छन्।

यस्तै पाँचौं स्थान देखि सातौं स्थान सम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन्। आठौं देखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौं देखि पन्ध्रौं सम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन्।

यसैगरी उत्कृष्ट महिला विधा तर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन्। बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ ।

उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेले पनि नगर पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्

अनामनगर स्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने स्पर्धाका निर्देशक इन्द्रकुमार बस्नेत रहेका छन् भने प्रतियोगिताको प्रमुख निर्णायक फिडे निर्णायक एफए सोराज ताम्राकारले स्वीस लिग नौ चरणको खेल १० मिनेट १० सेकेन्ड इनक्रिमेन्ट खेलाइने बताए।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क