रत्नराज्यलक्ष्मी स्कूलका अंकितको अग्रता

Logo
Khelkud Times बिहिबार, मंसिर २५, २०८२

काठमाडौं। जारी दोस्रो ट्रङ्ग्राम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूह तर्फ अंकित पौडेलले ६ अंक जोडेका छन्।

श्री रत्नराज्यलक्ष्मी सेकेण्डरी स्कूलका विद्यार्थी अंकित पौडेलले आफ्ना सबै प्रतिद्वन्द्वी माथि जीत दर्ता गर्दै एकल अग्रता कायम गर्न सफल भएका छन्।

बुढानिलकण्ठ स्थित स्कूलको प्राङ्गणमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा हिमालयन चेस एकेडेमीका आशिर्वाद थापा ५.५ अंक जोडेर दोस्रो स्थान कब्जा गरिरहेका छन्।

यस्तै डिएभि स्कूलका हर्षवर्धन राठी, मिनिल्याण्ड इङ्गलिस स्कुलका रिदिप सिम्खडा, बागेश्वरी सेकेण्डरीका सन्देश बरुवाल, ट्रंवेल शान्ति पाठशालाका सूर्यांशु कोइराला, मातृभूमि स्कूलका सबिद प्रजापति, नाइटिङ्गेल स्कूलका सुभनदिप थापा र हिमालयन चेस एकेडेमीका अनमोल राई समान ५ अंक बनाउदै संयुक्त तेस्रो स्थानमा रहेका छन्।

युवा १३ वर्ष समूहमा सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु, ग्लोबल एजुकेशन एकेडेमी दमकका श्रीयांश चौलागाईं, भारतका बग्रि कुशल र पुष्पसदन स्कूलका हार्दिक पन्त समान ५ अंक जोडी संयुक्त पहिलो स्थानमा कब्जा जमाएका छन्।

युवा १० वर्ष मुनि भारतीय हजेलउड स्कूलका मानस र नेपाली बालविकास इङ्गलिस स्कूलका हृदय बस्नेत समान ५ अंक बनाउदै संयुक्त पहिलो स्थानमा रहेका छन्।

यस्तै लाबोरेटोरि सेकेण्डरी स्कूलका अंकित पोखरेल ४.५ अंक जोडेर दोस्रो स्थानमा छन्। डाइनामिक चेस एकेडेमी झापाका अक्षांश घिमिरे सहित १० खेलाडी चार अङ्क जोड्दै संयुक्त तेस्रो स्थानमा रहेका छन्।

यसैगरी युवा १७ वर्ष छात्रा तर्फ नेपालका सनम श्रेष्ठ र श्रेषा दुवाल समान ४.५ अङ्क जोडेर संयुक्त अग्र स्थानमा छन् भने प्रज्ञा पन्त र जोत्सना महर्जन ४ अङ्क सहित दोस्रो स्थानमा छन्।

युवा १३ वर्ष छात्रा समूहतर्फ मार्वलस स्कुलका निहाना श्रेष्ठले ५ अङ्क जोड्दै एकल अग्रता बनाएका छन्। मार्वलस स्कूलकै सुहानी सिंह ४.५ अंक दोस्रो स्थानमा छन्।

ग्लोबल एजुकेशन एकेडेमी दमकका प्रविशा दवाडी सहित अन्य छ जना खेलाडीको समान ४ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्।
टंग्राम इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा कूल ५०४ जना विद्यार्थी खेलाडीहरू सहभागी छन्।

उक्त अन्तर्राष्ट्रिय चेस प्रतियोगिता जम्मा ६ विधाका खेलाडीहरूलाई अन्तिम दिन १९ गते शुक्रबार कूल ३ लाख नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क