तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी अगाडी 

Logo
Khelkud Times सोमबार, मंसिर २२, २०८२

ललितपुर। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन्।

महालक्ष्मी नगरपालिकाको चेस टिमले पहिलो चरणमा पूर्वेली ब्रदर्श टिमलाई ४-० ले पञ्छाएका थिए भने दोस्रो खेलमा पेभिलियन चेस एकेडेमी माथि ४-० को जीत नतिजा आत्मसाथ गरेका छन्।

महालक्ष्मीका एफएम क्षितिज भण्डारीले गणेशबहादुर थापा र प्रत्युस श्रेष्ठलाई, सुरोज महर्जनले कविन्द्र शिवाकोटी र सोहम श्रेष्ठलाई, अशोक मोहन श्रेष्ठले प्रेम खड्का र अंकुर पोखरेल द्वयलाई पराजित गरेका छन्।

महालक्ष्मीकै शैलेन्द्र न्यौपानेले श्रीयस दाहाल र कमल श्रेष्ठले गगन लावती माथि जीत दर्तागरि टोलीको ४ अंक बनाएर टाइब्रेक प्वाइन्ट ८ जोडी शीर्ष स्थानमा कब्जा जमाएका छन्।

यस्तै साबिक बिजेता थापाथली चेस पार्कले समान ४ अंक टाइब्रेक प्वाइन्ट ७.५ जोडेर दोस्रो स्थान सुरक्षित गरेका छन्। पार्कले पहिलो चरणमा सुदूरपश्चिम चेस संघलाई ४-० तथा कास्की जिल्ला संघलाई ३.५ – ०.५ ले पञ्छाएका छन्।

थापाथली टिमका सुश्रुत दहालले महेश खड्का र सुनिल बहादुर कोइरालालाई, आशिष फुयालले भीमदत्त पाण्डे र सुशील सुवेदीलाई, सबिन चन्द्र घिमिरेले जित बहादुर कक्षपति र सागर शाहीलाई हराउन सफल भएका छन्। पार्कका सुजन काफ्लेले शिवप्रसाद पौडेल माथि जीत दर्ता गर्दै राजन पुरि सँग बराबरी खेलेका छन्।

यसैगरी ललितपुर महानगरपालिका टिमले ४ अंक जोडेर टाइब्रेक ७ प्वाइन्टका आधारमा तेस्रो स्थान सुरक्षित गरेका छन्।

ललितपुर महानगरपालिका टोलीले पहिलो चरणमा भक्तपुर जिल्ला संघलाई ३-१ तथा दोश्रो चरणमा आयोजक ललितपुर स्पोर्ट्स क्लबलाई ४-० ले पराजित हराउन सफल भए।

महानगरपालिकाका सिएमए पुरुषोत्तम सिलवालले विनय थापा र अमिन शाक्यलाई, प्रकाशचन्द्र नेपालले झिल्के मोक्तान र सानोभाइ महर्जनलाई, मोहन नरसिंह श्रेष्ठले अभय सिंह थापा र रत्न व्यञ्जनकारलाई पराजित गरे ।

महानगरका धिरेन राईले विजय महर्जनलाई पराजित गरेका छन् भने सकिन महर्जन अभिक साहसँग हार ब्यहोरेका छन्।

प्रतिस्पर्धामा दोलखा जिल्ला संघले समान ४ अंक जोडेर टाइब्रेक ६.५ प्वाइन्टका आधारमा चौथो स्थानमा रहे भने दोलखा चेस होम्स् ४ अंक टाइब्रेक ५ प्वाइन्टका आधारमा पाँचौं स्थानमा छन्।

दोलखा जिल्ला संघले कोशी प्रदेशलाई ४-० तथा मध्यपुर थिमिलाई २.५ – १.५ स्कोरमा हराए भने दोलखा होम्सले गोदावरी नगरपालिकलाई कठिन २.५ – १.५ तथा काठमाडौं जिल्ला संघलाई २.५ – १.५ स्टोरमा पराजित गरेका छन्।

प्रतियोगिता अघि बाग्मती गाउँ पालिकाका अध्यक्ष बीरबहादुर लामा र महानगरपालिका वडा नं २० का अध्यक्ष चन्द्र महर्जनले खेल आरम्भ गरेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क