

एजेन्सी। जर्मनी युइएफए महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सलाई पेनाल्टीमा ६-५ ले पराजित गर्दै जर्मनी युरो २०२५ को अन्तिम चारमा प्रबेश गरेको हो।
८ पटकको च्याम्पियन जर्मनी खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। क्याथ्रिन हेन्डरिचले ग्रिज एमबोकको कपाल तानेर पेनाल्टी बक्सभित्र फाउल गरिन्।
भिएआरको जाँचपछि हेनमडरिचले सिधै रातो कार्ड पाएकी थिइन्। फ्रान्सले पेनाल्टी पायो । जसलाई ग्रेस गेयोरोले गोल गरिन् र फ्रान्सले अग्रता लियो।
तर जर्मनी तुरुन्तै खेलमा फर्कियो। १५ औं स्जोके नुस्केनले हल्का हेडमार्फत गोल गर्दै टोलीमा आत्मविश्वास फर्काइन्।
जर्मनी टोली बाँकी खेलमा पनि संगठित र दृढ देखियो। केही समय फ्रान्सभन्दा उत्कृष्ट देखियो। फ्रान्सकी गेयोरोले दोस्रो गोल गरे पनि माएल लाक्रार अफसाइड भएकाले मान्यता पाएन ।
जर्मनी अर्को अवसरमा पनि चुक्यो । नुस्केनले पेनाल्टी सीधा फ्रान्सकी गोलकिपर पोलिन पेरोद-मान्याँको हातमा दिइन् । तजुल ब्रान्डलाई सेल्मा बाचाले फाउलगरेपछि दिइएको थियो।
बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटतर्फ गयो। जर्मनीले ७ मध्ये ६ पेनाल्टीमा गोल गर्यो। गोलकिपर एन-क्याथ्रिन बर्गरले उच्च प्रदर्शन गरिन्। उनले अमेल माझ्री र एलिस सोम्बाथको पेनाल्टी बचाएर जर्मनीलाई ६–५ को जित दिलाइन्।
जर्मनीले सेमिफाइनलमा बुधवार विश्व च्याम्पियन स्पेनको सामना गर्नेछ। युरो इतिहासमा फ्रान्सलाई सबैभन्दा धेरै ४ पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।