राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता हुने

Logo
Khelkud Times शनिबार, जेठ २४, २०८२

काठमाडौँ। यही जेठ २९ गतेदेखि ३१ गतेसम्म प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ।

आयोजक बुढानिलकण्ठ नगर युवा परिषदले एक कार्यक्रमको आयोजना गरी आज यस विषयमा जानकारी गराएको हो।

प्रतियोगितामा २० वर्ष मुनिका खेलाडीहरूले कुल दुई लाख ३० हजार पुरस्कार राशीका लागि प्रतिस्पर्धामा उत्रनेछन्।

पुरुष तथा महिला दुवै समूहमा प्रथम हुनेले नगद ४० हजार, द्वितीयले २५ हजार, तृतीयले १० हजार, चौथोले ७ हजार ५ सय र पाँचौंले नगद ५ हजार प्राप्त गर्नेछन्।

सँगसँगै विधागत रूपमा वर्ष १८, १६, १४, १२, १० र ८ का उत्कृष्ट छात्र र छात्रा खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा आयोजित प्रेस सम्मेलन मार्फत परिषद्का कार्यकारी सदस्य एवं प्रतियोगिताका संयोजक दीपक तामाङले व्यवस्थापकीय सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालन हुने यस प्रतियोगिताको प्राविधिक पक्ष सहित महासङ्घको नियमित राष्ट्रिय प्रतियोगिताहरूको बारेमा महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी गराएका छन्।

कार्यपालिका सदस्य नेहा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष ताराबहादुर रानाभाट, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षहरू सुरेन्द्र लामा, ११ का वडा अध्यक्ष राजु अधिकारी र १२ का वडा अध्यक्ष शम्भु भट्टराईको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं -१२ मा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताको बारे जानकारी गरिएको कार्यक्रममा परिषदका सदस्य सचिव सुरेश कार्की र स्थानीय बुद्धिचाल प्रशिक्षक मिशन बास्कोटाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क