सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने

Logo
Khelkud Times आइतबार, जेठ १८, २०८२

एजेन्सी। इङ्लिस क्लब टोटनह्यामले युरोपियन सुपर कपको फाइनलमा फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)को सामना गर्ने छ।

यो खेल अगस्ट १३ मा इटालीको उडनिसको घरेलु मैदानमा हुनेछ। यो खेल इङ्लिस प्रिमियर लिग सिजन सुरु हुनुभन्दा दुई दिन हुनेछ। सुपर कप खेल सधैं युरोपको दुई प्रमुख क्लब प्रतियोगिताका च्याम्पियनबीच हुने गर्दछ। यसपटक २०२४/२५ सिजनका च्याम्पियन्स लिग विजेता पिएसजी र युरोपा लिग विजेता टोटनह्यामबीच भिडन्त हुने निश्चित भएको हो।

टोटनह्यामले यस महिनाको सुरुमा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सुपर कपमा स्थान बनाएको थियो। ब्रेनेन जोनसनले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो। योसँगै क्लबले १७ वर्षपछि कुनै मुख्य उपाधि जित्न सफल रह्यो।

अब टोटनह्यामसँग तीन महिनाभित्र दोस्रो मुख्य उपाधि जित्ने अवसर हुनेछ। तर, विपक्षी पिएसजी प्रिमियर लिगका क्लबहरूविरुद्ध उत्कृष्ट फर्ममा रहेको टोली हो।

यस सिजनको च्याम्पियन्स लिग जित्ने क्रममा पिएसजीले लिभरपुल, एस्टन भिल्ला र आर्सनललाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। अन्तिम खेलमा इन्टर मिलानमाथि ५–० को प्रभावशाली जित निकाल्दै क्लबले इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग उपाधि जित्यो।

हाल सुपर कपको उपाधि रियल मड्रिडसँग छ। सुपर कप जित्ने अन्तिम इङ्लिस क्लब सिटी थियो। यद्यपि, अहिलेसम्म कुनै पनि फ्रेन्च टोलीले यो प्रतियोगिता जित्न सकेको छैन। अब सबैको नजर अगस्त १३ मा हुने रोमाञ्चक भिडन्तमा केन्द्रित हुनेछ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क