झापाको शिवसताक्षीमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल हुने

Logo
Khelkud Times शुक्रबार, जेठ १६, २०८२

गोविन ल्वागुन, शिवसताक्षी। झापाको शिवसताक्षीमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल प्रयियोगिता हुने भएको छ ।

पाराबारी बजार ब्यबस्थापन समिति र ३ नम्बर वडा खेलकुद समितिको संयुक्त आयोजनामा हुने भलिबल प्रतियोगिता यहि जेष्ठ २१,२२ र २३ गते संचलन हुने आज पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ ।

शिवसताक्षी ३ स्थित पारबारी बजारको खेल मैदानमा हुने उक्त प्रतियोगितामा झापा र मोरङका गरी १२ टिम सहभागी हुने खेल संयोजक लासाङ्गदोर्जे तामाङ्गले जानकारी दिनुभयो।

उहाँका अनुसार झापाको ९ पालिका र मोरङको ३ पालिकाको टिम समाबेश हुनेछ्न् । जसअनुसार आयोजक शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका ,गौरादह नगरपालिका ,भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका त्यसैगरी झापा गाउँपालिका बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका रहेका छ्न ।

त्यस्तै मोरङको बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका समाबेश हुने खेल संयोजक तामाङ्ले खेलकुद टाइम्सलाई जानकारी दिनुभयो ।

३ दिवसीय पुरुष भलिबल प्रतियोगिताको बिजेताले नगद ५० हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेता टिमले नगद ३० हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी बिदागत पुरस्कार समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भलिबल खेलको सर्बाङ्गीण बिकास गर्दै यस क्षेत्रमा रहेका खेलाडी हरुको खेल कौशलको पहिचान र प्रवर्द्धनसंगै खेलकुदको माध्यमबाट युवालाई लागुऔषध दुर्ब्यसनीमा फस्न नदिनको लागि खेलकुदको ठुलो भुमिका हुने भएकोले पनि भलिबल खेलको आयोजना गरिएको पाराबारी बजार ब्यबस्थापन समिति तथा आयोजक समितिका अध्यक्ष मेगराज ओझाले बताउनुभयो।

प्रतियोगिता संचालन गर्नको लागि अनुमानित बजेट ३ लाख ३० हजार खर्च हुने बताइएको छ भने खर्च ब्यबस्थापन शिवसताक्षी नगरपालिका, ३ नम्बर वडा कार्यालय, खेल प्रेमी ब्यबसायीहरु, बिभिन्न संघ संस्थाहरु र बिभिन्न देश बिदेशमा रहेका खेल प्रेमी नेपालीहरुबाट आर्थिक संकलन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले भलिबल प्रतियोगितालाई सफल बनाउन सबै एक जुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले यसअघि प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुदै आएको अवस्थामा कोरना कहरका कारण खेलले निरन्तरता पाउन नसकेको बताउनुभयो। त्यस्तै वडाको पहिचान र गहनाको रुपमा रहेको भलिबल खेललाई निरन्तरता दिन वडाको तर्फबाट आवस्यक सहयोग रहने पनि उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका सल्लाहकार संयोजक चुडामणी बुडाथोकी,कार्यपालिका सदस्य मुनाकुमारी तामाङ, वडा सदस्य शंकर राई, प्रहरी चौकी मंगलबारेका इन्चार्ज गेहेन्द्र तिम्सिना लगायत पाराबारी बजार ब्यबस्थापन समिति र वडा खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

पत्रकार सम्मेलनमा भेट्रान भलिबल खेलाडी महेन्द्र सम्बाहम्फेको स्वागत मन्तब्य रहेको थियो भने संचालन आयोजक समितिका सचिब आर्जुन पोखरेलले गरेका थिए । प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलकुद टाइम्सबाट हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क