ललितपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा श्रेष्ठ

Logo
Khelkud Times सोमबार, जेठ ०५, २०८२

ललितपुर। नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्लामा रहेका जिल्ला बुद्धिचाल संघको अवधि समाप्त भए पश्चात् जेष्ठ ७ गते भित्र अधिवेशन सम्पन्न गर्न परिपत्र गरेको थियो।

महासंघको परिपत्रका आधारमा ललितपुर जिल्ला बुद्धिचाल संघले सोमबार ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा साधारणसभा सम्पन्न गर्दै नयाँ कार्य समिति चयन गरेको छ ।

ललितपुरको ६ वटा पालिकाका प्रतिनिधि एवं कार्य समितिले बिक्रम श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको चयन गरेको छ। विधानत चयन भएको समितिले दुई वर्षका लागि जिम्मेवारी प्राप्त गरेका छन्।

नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभावाट उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रञ्जन घोषाल निर्विरोध निर्वाचित भएका छन्।

ललितपुर जिल्ला खेलकुद बिकास समितिका कर्मचारी कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठको रोहवरमा चुनिएका महिला सदस्यमा मनु सिं दानी, सदस्यमा समीर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठलाई निर्वाचन संयोजक सुश्री निशा महर्जनले प्रमाणपत्र प्रदान गरेका छन्।

ललितपुर जिल्ला बुद्धिचाल संघको साधारण सभामा महासंघका केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, केन्द्रीय सदस्य सुशील चौधरी, केन्द्रीय सदस्य रमिला पोखरेल लगायतले बधाई तथा शुभकामना ज्ञापन गरेका छन्।

नेपाल बुद्धिचाल महासंघले अपील गरेको जिल्ला अधिवेशनलाई अनुशरण गर्दै आजै काठमाडौं जिल्ला बुद्धिचाल संघले केशव श्रेष्ठको नेतृत्वमा साधारणसभा सम्पन्न गरेको छ। भोलि नुवाकोट, भक्तपुर लगायतका जिल्लाहरुमा अधिवेशन हुने तय भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क