राष्ट्रिय बुद्धिचालमा फिडे माष्टर जैशवालको एकल अग्रता

Logo
Khelkud Times शनिबार, जेठ ०३, २०८२

झापा। झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा जारी उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँचौ चरणको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले ५ अंक सहित एकल अग्रता लिएका छन्।

उनले चौथो चरणको खेलमा झापाका सुमन श्रेष्ठलाईलाई हराए भने पाँचौ चरणको खेलमा पुर्व नेपाल च्याम्पियन क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाईं माथी संघर्षपुर्ण जित निकाले।

झापाका पुर्व नेपाल च्याम्पियन राजन सुवेदी , प्रकाश नेपाल , पाँचथरका रिसोन थापा र सुनसरीका राजेन्द्र राई साढे ४ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन्।

राजनले आयोजक क्लबका ज्पाला लिम्बुलाई चौथो चरणको खेलमा निरास पारेका थिए भने पाँचौ चरणको खेलमा प्रकाश नेपालसंग बराबरी खेली अंक बाँडे। प्रकाशले चौथो चरणको खेलमा मोरडका लोक सागर साम्वालाई हराएका थिए।

त्यसैगरी उत्कृष्ट प्रदर्शन गरि पाँचौ चरणसम्म अपराजित रहेका युवा खेलाडी रिसोनले ललितपुरका राजन पुरीलाई पाँचौ चरणको खेलमा हराउन सफल भए भने चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई पन्छाएका थिए।

राम्रो खेल प्रदर्शन गरेका राजेन्द्र चौथो खेलमा झापाका विक्रम जीत लिम्बुसंग बराबरी खेले भने पाँचौ चरणको खेलमा ललितपुरका सुरज महर्जन माथि जित निकाले।

सिएम पुरुषोत्तम चौलागाईं , समन श्रेष्ठ , खोटाङका धिरेन राई, ज्वाला लिम्बू, राजन कुमार पोखरेल, सुनसरीका हिमाल राई , चुडामणि राई कुलुङ,नवीन तण्डुकार, सुरज राय, मणीराज डाँगी ,राज लिम्बू ,सचिन कुमार चौधरी र।किरण लिम्बूले ४ अंक जोडेका छन्।

स्वीस लिग प्रणाली अनुसार तीन दिन सम्म संचालन हुने प्रतियोगिताका विजेतालेफ ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार हात पार्नेछन्।

प्रतियोगिताको कूल पुरस्कार राशी ३ लाख ३५ हजार रहेकोछ। प्रतियोगिता बिर्तामोड चेस क्लवको आयोजना तथा किराँत याक्थुम चुम्लुङको सह आयोजनामा भईरहेको हो।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क