

झापा। झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा आजदेखि उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । आज सम्पन्न भएको पहिलो र दोस्रो चरणको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन रुपेश जैशवाल, पूर्व नेपाल च्याम्पियन नवीन तन्डुकार, राजन सुवेदी, पुरुषोत्तम चौलागाईं, झापाका प्रकाश नेपाल, ज्वाला लिम्बू , पाँचथरका रिसोन थापा, महेन्द्र साम्वाहम्फेले दुवै खेलमा सफलता हात पारेर २ अंक जोड्न सफल भएका छन्।
रुपेशले दोस्रो चरणको खेलमा सुनसरीका नारायण खतिवडालाई पराजित गरे भने नवीनले दिनेश भट्टराई माथी सफलता हात पारे।
त्यसैगरी राजनले सप्तरीका सुर्य नारायणदिस माथि जीत निकाले भने पुरुषोत्तमले प्रतिमा बासकोटालाई हराएका थिए।
दुबै खेलमा सफलता प्राप्त गर्ने खेलाडीहरुमा झापाका अविरल राई, विश्व बिजय घिमिरे, कृतिसारा अधिकारी , सुनसरीका राजेन्द्र राई, मुहान नर्सिङ श्रेष्ठ , राजन कुमार पोखरेल हिमाल राई ,चुडामणिा राई, ललितपुरका राजन पुरी, सरोज महर्जन ,झापाका सुमन श्रेष, मोरङका लोक सागर साम्वा, उमेश राई , तेह्रथुमका लक्ष्मीप्रसाद कङ्दङवा रहेका छन्।
यसअघि बिर्तामोड चेस क्लवका अध्यक्ष नारायण राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच करण राई र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले संयुक्तरूपमा चेस गोटी चालेर गर्नु भयो।
प्रमुख अतिथि पाँचकर्ण राई, बिर्तामोड नगरपालिकाका उप पमुख र महासंघका अध्यक्ष हेरकाजी महर्जनले प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राख्ने भयो भने प्रतियोगिताका निर्देशक ज्वाला लिम्बूले स्वागत मन्तव्य राख्नु भएको थियो।
स्वीस लिग प्रणालीमा हुने तीन दिने प्रतियोगितामा विजेताले ५१ हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले ३० हजार नगद हात पार्नेछन्।
कूल ३ लाख ३५ हजार पाँच सय नगद पुरस्कार रहेको प्रतियोगितामा ३७ जिल्लाका एकसय एकतिस जना खेलाडीहरुको सहभागीता रहेका छन्।