बार्सिलोनाले जित्यो ला लिगाको उपाधि


एजेन्सी। बार्सेलोनाले स्पेनिस प्रिमिरा ला लिगाको उपाधि जितेको छ। एस्पान्योललाई पराजित गर्दै बार्साले ला लिगाको उपाधि जितेको हो।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे ।

खेलको ५३ औं मिनेटमा यमालले ड्यानी ओल्मोको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । त्यसपछि ८० औं मिनेटमा यमालमाथि फल गरेका डिफेन्डर लुइस कार्बेराले रातो कार्ड पाए । इन्ज्युरी समयमा यमालकै पासमा फर्मिनले गोल गर्दै जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले लिगको २ खेल बाँकी रहँदा दोस्रो स्थानको रियल म्याड्रिडसँग ७ अंकको अग्रता कायम गरेको छ । यस सिजन कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको बार्साले स्पेनिस फुटबलमा खेलेको सबै ट्रफी कब्जा गर्यो । रियलविरुद्ध सिजनको सबै क्लासिको जितेको बार्सिलोनाले दुवै कप फाइनलमा रियललाई नै हराएको थियो ।

बार्सिलोनाले आइतबार हुने भिल्लारियलविरुद्ध खेलपछि लिगको ट्रफी प्राप्त गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *