मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलमा मधेस तेश्रो


बिराटनगर। मोरङको बिराटनगरमा जारी दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मधेस प्रदेश तेश्रो भएको छ। बुधबार सम्पन्न खेलमा बागमती प्रदेशलाई तीन एकको सेटमा पराजित गरेसँगै मधेस प्रदेश तेश्रो भएको हो। लिग चरणमा कमजोर प्रदर्शन गरेको मधेसले तेश्रो स्थानका लागि भएको खेलमा बागमतीमाथि २५-२१,२५-१२,१९-२५ र २५-२० को जित निकालेको थियोे । जितसँगै मधेसले नगद पचहत्तर हजार हात पारेको छ।

सोही प्रतियोगिताको उपाधिका लागि बिहीबार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश आमने-सामने हुनेछन् । खेल विहान ८ बजेदेखि शुरु हुनेछ । सो खेलको विजेताले नगद तीन लाखसँगै ट्रफी हात पार्नेछ । प्रतियोगिताको आयोजना प्रदेश खेलकुद विकास बोर्डले गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *