मंगलादेवी सिंह स्मृति बुद्धिचालमा चार खेलाडीको अग्रता


काठमाडौ। मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा चार खेलाडीले अग्रता लिएका छन्।

पाँचौ चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ, सुमन लामा र भक्तपुरका बिजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा रहेका छन्।

सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै  काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए भने सुमनले तेस्रो र चौथो चरणमा कान्तिपुर चेस क्लवका  डिबि कार्की  र सतिष शाहलाई पन्छाउन सफल भए।

त्यसैगरी बिजेशले चौथो चरणमा ललितपुरका राजु ताम्रकार माथि जित निकाले भने तेस्रो चरणको खेलमा ललितपुरकै अशोक मोहन श्रेष्ठ पराजित गरे।

पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं, काठमाडौका मिलन लामा , ललितपुरका सरोज महर्जन , राजन पुरी र साढे ३ अंक जोडेर दोस्रो स्थानमा रहेका छन्।

प्रतियोगिताको उच्च वरियताका खेलाडी मिलन लामा तेस्रो चरणमा एक बहादुर वाइवा माथी सफलता हात पारे भने चौथो चणणको खेलमा सरोज महर्जनसंग बराबरी खेलेका थिए।

पुरुषोत्तमले तेस्रो चरणको खेलमा कपिल गुरुङलाई निरास पारे भने चौथो चरणको खेलमा राजन पुरीसंग बराबरी खेली अंक बाँडे। सरोजले तेस्रो चरणमा बिक्रम बैस्यलाई हराए।

त्यस्तै  काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा अन्नपूर्ण उच्च मावि ज्याठा कान्तिपथमा संचालन भईरहेको प्रतियोगितामा सतिय साह, नवीन तण्डुकार अशोक मोहन श्रेष्ठ , राजेन्द्रप्रसाद श्रेष्ठ ,रिया श्रेष्ठ , सुमन मोक्तान , रमेशवीर माली, डिवि कार्की सुशील सुवेदी बिक्रम बैस्या ३ अंक हात पारेका छन्।

बिजेताले २५ हजार उप बिजेताले १५ हजार तेस्रोले १० हजार गरि २३ जनालाई नगद पुरस्कार रहेको छ ।

स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा कुल नगद पुरस्कार १ लाख ८ हजार रहेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *