 
   
काठमाडौ। नेपालमा बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठको स्मृतिमा यही माघ २७ गते एकदिने द्रुतगतिको खुल्ला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ।
नेपालमा बुद्धिचाल खेलको विस्तार र विकासमा महत्त्वपूर्ण योगदानमा हुने सुजेन्द्र प्रसादको सम्झनामा मखन चेस क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो।
 मखन चेस क्लवका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय सुजेन्द्र प्रसाद श्रेष्ठको २०७९ चैतमा क्यान्सरको कारण दुखद निधन भएको थियो।
मखन चेस क्लवका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय सुजेन्द्र प्रसाद श्रेष्ठको २०७९ चैतमा क्यान्सरको कारण दुखद निधन भएको थियो।
स्विस लिग प्रणाली अनुसार नवौ चरण सम्म हुने प्रतियोगितामा विजेता खेलाडीहरुलाई कुल नगद पुरस्कार ५० हजार प्रदान गरिनेछ ।विजेतालाई १० हजार , उप विजेतालाई ८ हजार र तेस्रो स्थान रहनेलाई ६ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
 काठमाडौको मखन स्थित तारिणी बहालमा हुने प्रतियोगितामा चौथो देखि दशौसम्मलाई र विभिन्न समुहगततर्फ पनि नगद पुरस्कार प्रदान गरिने कुरा आयोजक क्लवका अध्यक्ष सुरज प्रसाद श्रेष्ठले जानकारी गराए।
काठमाडौको मखन स्थित तारिणी बहालमा हुने प्रतियोगितामा चौथो देखि दशौसम्मलाई र विभिन्न समुहगततर्फ पनि नगद पुरस्कार प्रदान गरिने कुरा आयोजक क्लवका अध्यक्ष सुरज प्रसाद श्रेष्ठले जानकारी गराए।

