दमक। मोरङको उर्लाबारीमा सम्पन्न दोश्रो उर्लाबारी भेट्रान्स कप अन्तर पालिका फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ।
उसले सुन्दरहरैँचा नगरपालिकालाई ३-० को फराकिलो अन्तरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो।
डिफेन्डिङ च्याम्पियन धरानको जितमा पदम राई र शतिस केशीले गोो गरे । पदमले पहिलो हाफको ७ औं मिनेटमा गोल गरेका थिए भने शतिसले दोश्रो हाफको १७ औं र १८ औं मिनेटमा गोल गरेका थिए ।
सुन्दरहरैँचाका सिताराम बास्तोलाको प्रहार गोल पोष्टमा लागेर बिफल भएको थियोे भने सुरज श्रेष्ठ, होमनाथ बराल र चन्द्रबहादुर लिम्बूले पनि पाएका अबसरलई सदुपयोग गर्न सकेनन् ।
जितसँगै धरानले नगद ७५ हजार र ट्रफी हात पारेको छ। त्यस्तै उप-विजेता सुन्दरहरैँचाले नगद ५० हजार र ट्रफी हात पारेको छ। फाईनल खेलको म्यान अफ द म्याच धरानका संतोष राई भए ।
त्यस्तै बेष्ट डिफेन्सको उपाधि सुन्दरहरैँचाका कप्तान दीपक कुमार भण्डारीले हात पार्दा बेष्ट फरवार्ड धरानका शतिस केसी, बेष्ट मिडफिल्डर सुन्दरहरैँचाका उत्तर कुमार खबास, उत्कृष्ट गोलकिपर धरानका विजय कट्वाल र सर्वोत्कृष्ट खेलाडी धरानका विष्णु सुनुवार भए। त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि सुन्दरहरैँचाका सुरज कुमार श्रेष्ठले हात परे उनले ४ गोल गरेका थिए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरि ८ पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना उर्लाबारी भेट्रान्स फुटबल क्लबले गरेको थियो ।