युथ च्याम्पियन पुरुषोत्तमको एकल अग्रता


काठमाडौं। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा संचालन भइरहेको नेेेशनल चेस च्याम्पियनसिप दोस्रो दिन युथ च्याम्पियन पुरुषोत्तम सिलवाल ३ अंक सहित एकल अग्रता लिएको छन्।
पुरुषोत्तमले दोस्रोपटक चरणको खेलमा पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारीलाई पराजित गरे भने तेस्रो चरणको खेलमा पनि पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठला माथी सहज जीत निकाले ।
त्यसैगरी अर्का युवा खेलाडी श्रुसुरत दाहलले पनि आफ्नो अपराजित यात्रा
जारी राख्दै साढे २ अंक सहित पुरुषोत्तमलाई पछ्याइ रहेका छन्।
पहिलो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई बराबरीमा रोकेका श्रुसुरतले दोस्रो चरणको खेलमा राजन सुबेदीलाई हराउन सफल भए भने तेस्रो चरणको खेलमा सिएम मिलान लामालाई प्रतिस्पर्धात्मक खेलमा बाजि मारे।
काठमाडौका मिलन लामा , क्षितिज भण्डारी , झापाका राजन सुवेदी र प्रकाशि नेपालको २ अंक रहेका छन्।
त्यसै काठमाडौका प्रेम महर्जन , ललितपुरका सुरोज महर्जन , धनुषाका सुशील चौधरी र दोलखाका राजीव कार्कीले १ अंक जोडेका छन्।
प्रतियोगितामा खराव प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल
दोस्रो चरणको खेलमा राजिव कार्की र तेस्रो चरणको खेलमा क्षितिजसंग पराजित भए। उको ०. ५ अंक रहेको छ भने केशव श्रेष्ठले खाता खोल्न सकेको छैन।
वोमेनतर्फ
राउन्ड रोविन प्रणालीमा भइरहेको प्रतियोगितामा महिलातर्फ काठमाडौकि सिन्दिरा जोशी, रिया श्रेष्ठ , मोरङकी शान्ति धिमाल र कास्कीकि पूजा भण्डारीले ३ अंक जोडेर संयुक्तरूपमा शिर्ष स्थानमा रहेका छन्।
सिन्दिराले दोस्रो र तेस्रो चरणको खेलमा पर्साका सुशीला गुरुङ र भक्तपुरका सविना गुजलाई निरास पारेका थिए भने रियाले तेस्रो चरणमा काठमाडौका विनिता कपालीलाई पन्छाए भने दोस्रो चरणको खेलमा भक्तपुरका प्रसन्न खोविनायोलाई हराउन सफल भए।
त्यसैगरी राम्रो प्रदर्शनी गरिरहेकी शान्तिले दोस्रो र तेस्रो चरणमा भक्तपुरका श्रया दुवल र सुशीला गुरुङलाई पराजित गरिन् भने पूजाले प्रसन्न खोविनाय र सुशीला गुरुङलई हराइन् ।
झापाकी पूनम प्रसाईं र कृतिसारा अधिकारी २ अेक रहेको छ भने विनिता कपाली, सुशीला गुरुङको १ अंक रहेका छन्।
लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध सुबोध शेर्पालीले हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. किर्तिपुर काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।
च्याम्पियनसिपमा खुल्लातर्फ तीन जना र महिलातर्फ उत्कृष्ट चार जना हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औ चेस ओलम्पियाडमा सहभागीता निश्चित गर्नेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *